शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाज

न्याय माग्दै सार्वजनिक सवारी साधनमा अभियान्ताले टाँसे  स्टिकर, पोस्टर

न्याय माग्दै सार्वजनिक सवारी साधनमा अभियान्ताले टाँसे स्टिकर, पोस्टर

समाचार, समाज
काठमाडौं, मंसिर १७ । कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका निम्ती न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका साना_ठुला स्टिकर र पोस्टरहरु टाँसिएको छ । काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा पुगेर युवाहरुले स्वस्फूर्त रुपमा सवारी–साधनमा स्टिकर र पोस्टर टाँसेका हुन् । ‘निर्मला पन्तका निम्ति न्याय’ अभियानका एक अभियन्ता प्रितम सुवेदीले न्यायका लागि देशभरबाट आवाज उठाउन यो अभियान सुरु गरेको जानकारी दिए । सवारी–साधनका साथै टोलटोलमा समेत यो अभियान चलाएर सरकारलाई दबाब दिइने जनाए । यस्ता स्टिकर र पोस्टर छपाउन, बनाउनका लागि स्वस्फूर्तरुपमा सामाजिक सन्जालबाट रकम जम्मा भइरहेको पनि सुवेदीले बताए । केहि दिन अघि, ‘नयाँ युगको सुरुवात’ भन्दै प्रधानमन्त्री केपी शर्म...
६ ओटा मोटरसाइकलमा तोडफोड तथा आगजनी

६ ओटा मोटरसाइकलमा तोडफोड तथा आगजनी

अपराध, समाचार, समाज
लमही, मंसिर १७ । दाङको राजपुर गाउँपालिका- ४, जहरेघाटमा ६ ओटा मोटरसाइकलमा तोडफोड तथा आगजनी गरिएको छ । गोरु तस्कर र स्थानीयबीच सामान्य बिषलाई लिएर विवाद हुँदा स्थानीयले मोटरसाइकलमा तोडफोद तथा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानीयवासीकाअनुसार गोरु तस्करी भइरहेका अवस्थामा गाउँलेले रोक्न खोज्दा भएको विवादले उग्र रुप लिएपछि स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा स्थानियवासीले तोडफोड तथा आगजनी गरेका हुन । यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले जनाए ।...
नेपाल टेलिकम, डेढ महिनामा चारपटक समस्या

नेपाल टेलिकम, डेढ महिनामा चारपटक समस्या

समाचार, समाज
काठमाडौं, मंसिर-१७ । आइतबार दिउँसो करिव २ बजेदेखि सवा ५ बजे सम्म नेपाल टेलिकमका मोबाइल तथा ल्यान्डलाइन सेवामा समस्या देखियो । जसले गर्दा फोन लाग्दै नलाग्ने, लागेपनि आवाज नै नसुनिने, कुरा गर्दागर्दैै बीचमै कल काटिनेजस्ता धेरै समस्या टेलिकमका प्रयोगकर्ताले व्योहोर्नुपरेको थियो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको उपभोक्ता शाखाको तथ्यांकअनुसार पछिल्लो डेढ महिनाको अवधिमा हेर्दा टेलिकमको नेटवर्कमा हिजोसम्म गरी चारपटक यस्तो समस्या देखिएको छ । यसअघि पनि ४ मंसिरमा सिस्टमको समस्याका कारण टेलिफोन सेवा प्रभावित भएको कम्पनीले जानकारी दिएको थियो । त्यस्तै, आइतबार भने सुन्धारा क्षेत्रमा अप्टिकल फाइबर चुँडिँदा काठमाडौंका केही क्षेत्रमा सेवा अवरुद्ध हुन पुगेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाईन  ।...
साथिसंग फोनमा कुरा गर्दै अमेरिकामा एक नेपालीले गरे आत्महत्या

साथिसंग फोनमा कुरा गर्दै अमेरिकामा एक नेपालीले गरे आत्महत्या

समाचार, समाज
साथीसँगको फोनमा कुरा हुदाहुदै कसैले आत्महत्या गर्न सक्ला ? साथिसंग फोन गरेर कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या नै गरेका छन् । सन्नीभेल सहरमा बस्दै आएका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरे । उनी नवलपरासी स्थायि घर भएर अमेरिका बस्दै आएका थिए । आत्महत्या गर्नुअघि गणेशले आफु नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । परीक्षा दिन हतारमा तयारी गर्दै गरेकिन ती साथीले जिस्किएको ठानिन् । तैपनि बुझ्नको लागि आफ्नु एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य पो सावित भयो,’ उनका साथीले भने । गणेश हाइल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग रहदै आएका थिए । ती साथीहरूका अनुसार उनि अरू वेला पनि आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्य...
सिक्टा सिँचाइ आयोजनाको निर्माण नसक्दै कसरी भत्कियो नहर ?

सिक्टा सिँचाइ आयोजनाको निर्माण नसक्दै कसरी भत्कियो नहर ?

समाचार, समाज
काठमाडौं, मंसिर १६। राष्ट्रिय गौरवको भनिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य नसक्दै मूल नहर भत्किएपछि सम्पूर्ण काम अहिले रोकिएको छ । पानी पठाएर परीक्षण गर्ने क्रममा गत असारमा मूल नहर भत्किएको थियो । त्यसको कारण पत्ता नलाग्दाआझैसम्म निर्माण कार्य रोकिरहेको जनाइएको छ । गल्ती पत्ता नलाग्दा मूल नहरको बाँकी रहेको सम्पुर्ण काम ठप्प भएको छ । अहिले नहर भत्किनुको कारण पत्ता लगाउन इन्जिनियरिङ विज्ञ र माटो विशेषज्ञसँग छलफल तथा निरीक्षण भने भइरहेको छ । धेरै प्र्रयास गर्दा पनि गल्तीको कारण पत्ता लगाउन नसकिएको्ले पुल्चोक क्याम्पसका इन्जिनियर र अस्ट्रेलियन विज्ञलाई समेत निरीक्षण गरी समस्या पत्ता लगाउन अनुरोध गरिएको जनऐएको छ  । मूल नहरदेखि झन्डै ३० किलोमिटर दूरीमा समस्या देखिएको हो । त्यसमध्ये तीन किलोमिटर दूरीमा अझै बढी समस्या देखिएको छ तर कारण पत्ता नलागे सम्म मर्मत र सम्भारका कुनै काम अघि बढ...
निर्मला काण्डबाट नेपाल सरकारकाे परीक्षण हुन्छ : सिमोनोभिक

निर्मला काण्डबाट नेपाल सरकारकाे परीक्षण हुन्छ : सिमोनोभिक

समाचार, समाज
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा नेपाल सरकारले कसरी काम गर्छ भन्ने आधारमा संयुक्त राष्ट्रसँगले आफ्नो धारणा बनाउने संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर दुब्राभ्का सिमोनोभिक जनाएकि छिन् । उनले निर्मला पन्तको हत्या प्रकरणको छानबिन संयुक्त राष्ट्र संघले कायम गरेको मापदण्ड अनुसार नभएकाे बताइन् । महिलामाथि हुने हिंसा अध्ययन गर्ने संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर दुब्राभ्का सिमोनोभिक मंसिर ३ गते नेपाल अाएकी थिइन् । अाफ्नाे नेपाल बसाइकाे अन्तिममा बिहीबार पत्रकार सम्मेलन गरि निर्मला पन्त प्रकरणबाट नेपाल सरकारको परीक्षण हुने बताइन् । पत्रकार सम्मेलनमा उनले भनिन्, ‘१३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नेपाल सरकारको परिक्षण हुने घटना हो । नेपालले अंगिकार गरेका मानवअधिकारका मापदण्डका आधारमा यो प्रकरणलाई सरकारले ठीकसँग टुंगो लगाउने छ भन्ने विश्वासका साथ म सबै घटनाक...
बलात्कारीलाई कारबाहीको माग गर्दै सिरहामा जनप्रदर्शन र धर्ना

बलात्कारीलाई कारबाहीको माग गर्दै सिरहामा जनप्रदर्शन र धर्ना

अपराध, समाचार, समाज
सिरहा, मंसिर-१४ । सिरहाको सुखिपुर नगरपालिकामा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय पतारीमा धर्ना दिएका छन् । घटनाको दुईसाता बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्न नसकेको भन्दै आक्रोशित स्थानीय र अधिकारकर्मीको समूहले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् । गाउँमा छठको अवसरमा नाटक (ड्रामा) भइरहेको बेला गत कात्तिक २७ गते राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए । मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका पारेर उनीहरुले महिलामाथि कर...
बेवारिसे अवस्ठामा इलाममा नवजात शिशुको शव फेला

बेवारिसे अवस्ठामा इलाममा नवजात शिशुको शव फेला

अपराध, समाचार, समाज
इलाम, मंसिर १४। इलाम नगरपालिका–३ पुवाझुवाको अधेरे गाउँमा नवजात शिशुको शव फेला परेको छ । भर्खरै जन्माएर फालिएको अवस्थामा शुक्रबार बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्याल इलामले बताएको छ । शिशु जन्माएर फालेको शंकामा प्रहरीले इलाम नगरपालिका–९ फिक्कलकी २५ वर्षीया सावित्रा मुखियालाई नियन्त्रणमा लिएको जनाएको छ । फिक्कलबाट पुवामझुवा आफन्तकोमा गएको बेला जन्मिएको शिशु बारिमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मुखियालाई रत्तश्राव भइरहेकाले उपचारको लागि अस्पताल भर्ना गरिएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जनाए । मुखियाको स्वास्थ्य अवस्था कमजोर भएकाले प्रहरीले प्रारम्भीक बयान मात्रै लिएको जनाए । शिशु जिवितै जन्मिएको हो या मृत जन्मिएको हो भन्ने पत्ता लगाउन विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको उनले बताए ।...
माइतीघरबाट निर्मलालाई न्याय माग्दै प्रदर्शन गर्ने  १२ जना पक्राउ

माइतीघरबाट निर्मलालाई न्याय माग्दै प्रदर्शन गर्ने १२ जना पक्राउ

समाचार, समाज
निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले 'माथिको आदेश' भन्दै पक्राउ गरेकाे छ । प्रदर्शनकारीले चार महिना नाघिसक्दापनि दोषि पक्राउ गर्न नसकेको भन्दै विरोधमा माइतीघर मण्डलामा नाराबाजी र पोष्टर टाँसेका थिए । अाफूहरूमाथि धरपकड भएपनि पोष्टर टाँस्नेक्रम जारी रहेको प्रदर्शनमा सहभागीले बताएका छन ।...
राजधानीमा लागुऔषधसहित दुई भारतीय नागरीक पक्राउ

राजधानीमा लागुऔषधसहित दुई भारतीय नागरीक पक्राउ

अपराध, समाचार, समाज
काठमाडौँ, मङ्सिर १४ । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार सुरक्षा जाँचको क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति समातेको हो । महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिइन् । कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको बताइन । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको समेत प्रवक्ता सिंहले बताइन् ।...