को हुन त आखिर निजी जहाज लिएर काठमाडौं आएकी मुन ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज तीन वटा चार्टड विमान राखिएको छ। तीमध्ये दुईटा सरकारी हुन जसमा म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन जहाज चार्टर्ड गरी बिहीबार काठमाडौं आएका थिए।
उनीहरू आएकै दिन निजी जहाज ल्याएर आउने अर्की एक मान्छे भने सरकारी होइनन्। न त उनी उद्योगी वा व्यापारी नै हुन्। तर यी दुबै जना उनको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका पाहुना हुन्।
बमबार्डिएर सिआरजे सिरिजको निजी जहाज ल्याएर काठमाडौं ओर्लने ती महिला कोरियाली नागरिक हाक जा हान मुन हुन्। उनको संस्था युनिभर्सल पिस फेडेरेसनको नेपाल शाखाले आजदेखि होटल हायातमा ४ दिने समिट आयोजना गरेको छ। जहाँ विभिन्न देशका बहालवाला र पूर्वसरकार र राष्ट्रप्रमुख सहभागी छन्। त्यसमा ओसिनिया तीन टापु राष्ट्रका प्रमुख पनि रहेका छन्।
यिनै भिभिआइपीको सवारीका लागि ट्राफिक प्...









