आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

डडेल्धुरास्थित अमरगढीमा आगलागी, तीन पसल जलेर नष्ट

डडेल्धुरास्थित अमरगढीमा आगलागी, तीन पसल जलेर नष्ट

समाचार, समाज
डडेल्धुरा—पुस २० । डडेल्धुरा सदरमुकाम अमरगढीस्थित बागबजारमा गएराति आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएका छन् । अमरगढी–५ बागबजारमा आगलागी हुँदा पनेरु तरकारी पसल, एक होटल र स्काई फोटो स्टुडियो जलेकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आगलागीको कारण भने अझैसम्म खुल्न सकेको छैन । करिब १ घन्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
उद्योग वाणिज्य संघका कर्मचारी माथि काठमाडौं मलमा कुटपिट, केशब सापकोटाको संलग्नता

उद्योग वाणिज्य संघका कर्मचारी माथि काठमाडौं मलमा कुटपिट, केशब सापकोटाको संलग्नता

अपराध, समाचार, समाज
काठमाडौं—पुस २० काठमाण्डौं मलमा उद्योग वाणिज्य संघ काठमाण्डौँका कर्मचारी माथि आक्रमण भएको छ । ब्यवसाय माथि भईरहेको दमन र समस्या विषयमा काठमाण्डौं मलका व्यापारीहरुले पहल गर्दिन अनुरोध गरेपछि शुक्रवार उद्योग वाणिज्य महासंघमा छलफलका लागि कार्यक्रम तय गरिएको थियो । सोहि कार्यक्रमको निमन्त्रणा दिन गएका उद्योग वाणिज्य संघ काठमाण्डौंका कर्मचारीलाई काठमाडौं मल कब्जा गरेर बेसेका गुन्डाहरुले आक्रमण गरेका हुन । मलका कार्मचारीका अनुसार मललाइ अनिर्णयको बन्दि बनाएर मल कब्जा गरेर बसेका नाईके केशब सापकोटाको ठाडो निर्देशनमा उद्योग वाणिज्य संघका कार्मचारी माथि आक्रमण भएको हो । सन्चयकोषले काठमाण्डौ मलका व्यापारीहरुलाई पुस देखि पैसाको कारोवार कोहि संग नगर्नु भन्ने सुचना गोर्खा पत्र मार्फत जारी गरीसके पनि पुस महिनाको भाडा राजु गोर्खाली लाई दिनु पर्छ भन्दै आफैले बनाएको समितिको खातामा पैसा हाल्न थर्काउदै...
स्पष्ट कानुन नहुदा मापसे अभियानको औचित्यमा प्रश्न चिन्ह

स्पष्ट कानुन नहुदा मापसे अभियानको औचित्यमा प्रश्न चिन्ह

समाचार, समाज
काठमाडौं—पुस २० । २०६८ देखि मापसे गरी सवारी साधन चलाउनेप्रति ट्राफिक प्रहरी कठोर बन्यो जसको फलस्वरुप मापसे गरी सवारी साधन चलाउनेको लाइसेन्समा प्वाल पारिने र ५ पटकसम्म प्वाल परे लाइसेन्स खारेज नै हुने नियम लागू भयो। महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार २०६८ यता काठमाडौं उपत्यकामा मात्र ४ सय २३ जनाको लाइसेन्स मपसेको कारण खारेज भइसकेको छ। यसरी लाइसेन्स खारेज हुनेहरूले फेरि प्रक्रिया पूरा गरेर लाइसेन्स लिनुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जनाए। मापसे अभियान सडक दुघर्टना कम गर्ने उद्धेश्यले थालिएको भएता पनि ऐनमा भएको अस्पष्टताको कारण यसको दीर्घकालिन प्रभाव भने खासै देखिएको छैन । लाइसेन्स खारेज हुनेहरूले पुनः प्रक्रिया पूरा गरेर सजिलै नयाँ लाइसेन्स बनाउन सक्छन् र नयाँ लाइसेन्स आएपछि फेरि ५ पटकसम्म मापसे गरेर सवारी चलाउँदा मात्र लाइसेन्स पुन: खारेज...
चितवनमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

चितवनमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

अपराध, समाचार, समाज
चितवन, पुस २० । चितवन जिल्लाको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमामा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीले दिएको जाहेरी अनुसार ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जनाए । किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको पारिदिने आश्वासन दिदै तामाङले घरमा बोलाउने र जबर्जस्ती गर्नुको साथै एउटा जन्तरसमेत लगाउन दिएको र त्यो लगाएपछि आफू उसैप्रति आकर्षित हुँदै आएको भन्दै प्रहरी कार्यालयमा आएर जाहेरी दिएको प्रहरी नायब उपरीक्षक ज्ञवालीले बताए । पीडित किशोरीले बुधबार आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्दै उजुरी दिएपछि वृद्धलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
धादिङको गजुरीमा चार किलाे सुनसहित तीनजना पक्राउ

धादिङको गजुरीमा चार किलाे सुनसहित तीनजना पक्राउ

अपराध, समाचार, समाज
धादिङ—पुस २० । रसुवा हुँदै भारततर्फ लैजान लागेको ४ किलाे सुनसहित गजुरीबाट प्रहरीको प्रदेश ३ इकाइले तीनजनालाई पक्राउ गरेकाे छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बुद्धिराम थारुसहितको टोलीले धादिङ प्रहरीको सहयोगमा विशेष सूचनाको आधारमा बिहीबार राति गजुरी–१ बजारस्थित सिद्धेश्वर महादेव मन्दिर नजिक मोटरसाइकलबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले ४ किलो सुनसहित नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ, २४ वर्षीय विकास तामाङ र रसुवाकाे उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबालाई पक्राउ गरेको हाे । उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित राजश्व अनुसन्धान कार्यालय पठाइने प्रहरी प्रमुख डम्बरबहादुर विकले जनाएका छन ।...
धादिङको गजुरीमा २३५ किलो चरेससहित दुई भारतीय पक्राउ

धादिङको गजुरीमा २३५ किलो चरेससहित दुई भारतीय पक्राउ

अपराध, समाचार, समाज
धादिङ, पुस- १९ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजारनजिकैबाट बिहीबार बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्रसिंह बेघल र पटेवा, सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेका हुन् । एचआर ३ एसएस ९३७१ नम्बरको कन्टेनरमा लुकाइ–छिपाइ चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोको टोलीले पिछा गर्दै गजुरीबजारनजिकै जिल्ला प्रहरी...
आफ्नै श्रीमानले माइत बसेकी श्रीमतीमाथि एसिड प्रहार गरे

आफ्नै श्रीमानले माइत बसेकी श्रीमतीमाथि एसिड प्रहार गरे

अपराध, समाचार, समाज
भरतपुर, पुस १९ । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ ध्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पोखराबाट ग१य ५४३ नम्बरको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर आएका थिए । घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हे...
कैलालीमा गैंडाको खागसहित एक तस्कर पक्राउ

कैलालीमा गैंडाको खागसहित एक तस्कर पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस-१९ । जिल्ला प्रहरी कार्यालय कैलालीले गैंडाको खाग तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ जाइका बस्दै आएका ५१ वर्षीय चक्र भण्डारीलाई गैंडाको खागसहित प्रहरीले पक्राउ गरेको हो । भण्डारी बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ३ का स्थायीवासी रहेको प्रहरीले जनाएको छ । भण्डारीले कारोबार गर्ने उद्देश्यका साथ गैंडाको खाग राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जनाए । भण्डारीले भारतबाट गैंडाको खाग ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । खागसहित पक्राउ परेका भण्डारीलाई थपआनुसन्धानको लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको छ । दुर्लभ वन्यजन्तु अङ्गको अवैध ओसारपसारमा संलग्न व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना हुने वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने वा दुवै सजाय हुने कानुनी...

आनीमा किन बढ्यो आकर्षण ?

समाचार, समाज
काठमाडौं, पुस-१८ । रामबहादुर बम्जनको जघन्य आपराधिक क्रियाकलापबारे सेतोपाटीले समाचार प्रकाशन गरेको एक साता भयो । समाचार तीन महिना लगाई सर्लाही, रौतहट, मकवानपुर, बारा, सिन्धुली र नुवाकोट पुगेर तयार गरिएको थियो । केही दिनपछि काठमाडौं पोस्ट र कान्तिपुरको सम्पादकीयले त्यसलाई जोड दिएको छ । ती सामग्रीले धर्मका नाममा समाजमा हिंसा फैलाउने जो कोही खरानी घसेकाहरूलाई कानुनको दायरामा ल्याएर सजाय तोकिनुपर्छ भन्ने सन्देश दिन खोजेका छन् । समाचारअनुसार गंगामाया र अन्य आनी बम्जनको सिकार भएको देखिन्छ । आनीहरूमाथि बलात्कार, कुटपिट र हिंसा भएको तथा आनीहरू र पीडितको बाउसमेत बेपत्ता भएको पहिलोपटक सुनिँदै छ । समाजमा विशेष गरी हिमाली तथा अरू उत्पीडित समुदायबाट महिला किन आनी बन्न प्रोत्साहित हुन्छन् भन्ने विषयमा यो लेख केन्द्रित छ । आनी बन्न चाहने महिलाको सामाजिक पक्षलाई विश्लेषण गर्न आवश्यक छ । यसमा वि...
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राष्ट्रपति भण्डारीसंग लिए पद तथा गोपनियताको सपथ

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले राष्ट्रपति भण्डारीसंग लिए पद तथा गोपनियताको सपथ

समाचार, समाज
काठमाडौं, पुस-१८ । चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदमा नियुक्त भएका छन् । संवैधानिक परिषदको सिफारिस र संसदीय सुनुवाइ विशेष समितिको अनुमोदन पछि राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई प्रधानन्यायाधीशको पदमामा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बुधबार विहान पद तथा गोपनियताको सपथ दिलाएकी छिन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, लगाएत संवैधानिक निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । नवनियुक्त प्रधानन्यायाधीश राणाले आजै पदभार ग्रहण गर्दैछन् ।...