आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चारजना घाइते

सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चारजना घाइते

अपराध, समाचार, समाज
काठमाडौं, पुस– २३ । सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सोमबार बिहान ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध–जोरपाटी चल्ने बा१ज ९७६६ नम्बरको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जेजंग कार्कीले बाटो काट्नेक्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारकाक्रममा अल नेपाल अस्पताल सामाखुसीमा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत् नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् । घाइतेमध्ये सापकोटा गम्भीर भएको कार्कीले बताए । दुर्घटना गराउने माइक्रोबस र त्यसका चालक रामेछापका ४० वर्षीय टंकराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस...
गएराति देखि देशभरका पहाडी जिल्लामा हिमपात, जनजीवन अत्यन्तै प्रभावित

गएराति देखि देशभरका पहाडी जिल्लामा हिमपात, जनजीवन अत्यन्तै प्रभावित

समाचार, समाज
काठमाडौं, पुस– २३ । बैतडीसहित सुदूरपश्चिमको अधिकांश पहाडी जिल्लामा गएराति देखि हिमपात सुरु भएको छ । बैतडी जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्चपहाडि क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे बझाङ क्षेत्रमा पनि हिमपात भएको छ । त्यसैगरी दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्कर लगायतका स्थानमा समेत हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका ठाउँमा पनि हिमपात भएको हो । हिमपात सँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन धेरै प्रभावित भएको छ । हिमपातले गहुँलगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने भएकाले लामोसमयको खडेरीपछि हिमपात हुँदा किसानहरु भने खुसी भएका छन् । हिमपातका कारण हिमाली जिल्ला हुम्लाको जनजीवन धेरै नै...
लागूऔषध खैरो हेरोइन र चरेससहित सहित एक भारतीय नागरिक पक्राउ

लागूऔषध खैरो हेरोइन र चरेससहित सहित एक भारतीय नागरिक पक्राउ

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस– २३ । लागूऔषध खैरो हेरोइन र चरेससहित कपिलबस्तु प्रहरीले एक जना २७ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ ग्राम चेतराका मुकेश चौरसिया छन् । चौरसियाको साथबाट प्रहरीले ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेश बरामद गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ कृष्णनगरबाट यु पी ५५ आर ७५२० नं.को मोटरसाइकलमा गोरुसिंगेतर्फ जाँदै गरेको बेला चौरसियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जनाए ।...
डडेल्धुराको अमरगढी–५, बागबजारमा आगलागी, ९ वटा पसल जलेर नष्ट

डडेल्धुराको अमरगढी–५, बागबजारमा आगलागी, ९ वटा पसल जलेर नष्ट

समाचार, समाज
डडेल्धुरा, पुस- २३ । डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ को बागबजारमा गएराति भिषण आगलागी भएको छ । बागबजारस्थित बगरकोटमा गएराति भएको आगलागीमा ९ वटा पसल जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । केहि समयअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । उक्त स्थानमा लगातार आगलागी हुन थालेपछि स्थानीय भने त्रसित हुन थालेका छन् । गएराति भएको आगलागी भने अमरगढी नगरपालिकाको दमक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । प्रहरीले आगलागीको घटनामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । पक्राउ परेका व्यक्तिले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जनाए । उनका बारेमा विस्तृत छानबिन भइरहेको प्रहर...
कक्षा ३ पास गर्दा प्रतिविद्यार्थी ३६ हजार भत्ता प्रदान

कक्षा ३ पास गर्दा प्रतिविद्यार्थी ३६ हजार भत्ता प्रदान

शिक्षा, समाचार, समाज
पर्वत- पुस २२ । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामाग्रीबाहेक विद्यार्थीलाई भत्ता समेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा संचालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो । प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत बर्षदेखि प्रतिविद्यार्थी बार्षिक ३६ हजार ४ सय रुपैंयाँ भत्ता दिन थालिएको हो । यसबर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत आसोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् । भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन् । कान्तिपुर दैनिक...
अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क प्रदान

अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क प्रदान

समाचार, समाज, स्वास्थ्य
सोलुखुम्बु- पुस २२ । जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । “स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको छ”, अध्यक्ष राईले भने, “हामी उक्त जग्गामा सुविधासम्पन्न ५० श्ययाको अस्पताल निर्माणको अभियानमा छौं ।” सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ । कुनै प्रकारको दुर्घटना तथा बिरामी हुँदा महङ्गो रकम खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई मध्यनजर गर्दै अस्पताल निर्माण गर्न लागिएको होे । अध्यक्ष राईले भने, “सोलुखुम्बुसहित आसपासका जनतालाई समेत सहज...
परपुरुषसित ज्यादा बोलचाल गरेको आशंकामा श्रीमतीको हत्या

परपुरुषसित ज्यादा बोलचाल गरेको आशंकामा श्रीमतीको हत्या

अपराध, समाचार, समाज
परासी, पुस २० । आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४, लक्ष्मीनगरका सुनिल चौधरी छन् । प्रहरीकाअनुसार गएको पुस ४ गते सुनिलले आफ्नी श्रीमती २२ वर्षीया कमला चौधरीको हत्या गरेर जंगलमा फालेका थिए । हत्या गरेकै दिनदेखि सुनिलले श्रीमती हराएको भन्दै खोजीका लागि स्थानीय सन्चारमाध्यम र प्रहरीकहाँ निवदेन दिएका थिए । हत्या गरेर फालेको १४ दिनपछि पुस १८ गते बर्दघाट नगरपालिकाको चिसापानी जंगलमा शव फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । कमलाको शव पुस १८ गते राति नग्न अवस्थामा प्रहरीले फेलापारेको जनाइएको छ । घाँस–दाउरा खोज्न जानेक्रममा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस्तो छ घटना प्रहरीकाअनुसार दाउरा खोज्न जाने बहाना...
पानीजहाज चलाउने प्रक्रिया अघि बढि सकेको छ, यो कुनै मजाकको विषय होइन : प्रधानमन्त्री के.पी. ओली

पानीजहाज चलाउने प्रक्रिया अघि बढि सकेको छ, यो कुनै मजाकको विषय होइन : प्रधानमन्त्री के.पी. ओली

आर्थिक, समाज
पाँचथर, पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणलाइन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिकरूपमा काम हुँदै आएको बताए । ‘मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ । बिजुलीबाट मुलुक उज्यालो बन्दैछ’–प्रधानमन्त्री ओलीले भने–‘सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँ–गाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।’ निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताए । मुलुकमा भूकम्पपछिको पुनःनिर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै उनले ...
रवि लामिछानेकी पुर्वपत्नी ईशाको आर्तनादः मलाई २५ बर्षसम्म रविले धोकामा राख्यो

रवि लामिछानेकी पुर्वपत्नी ईशाको आर्तनादः मलाई २५ बर्षसम्म रविले धोकामा राख्यो

समाचार, समाज
काठमाडौं—पुस २० “नमस्कार म ईशा लामिछाने, रवि लामिछानेको पुर्वपत्नी ।” म्यासेन्जरको आवाजसंगैको म्यासेज थियो । परिचयसहित रिप्लाई नहुँदै ईशाको म्यासेज आयो, “मसंग रविका बारेमा केही भन्नुछ तपाईले मिडियामा छापेर सहयोग गरीदिनुहुन्छ भने ।” तुरुन्तै ईशाको फेसबुक वालमा नजानुको विकल्प थिएन् । केही पोष्टहरु थिए जस्ले ईशा र रवि लामिछानेको सम्बन्धलाई प्रष्ट्याउथे । रवि अर्थात उनै रवि जो अहिले सामाजीक सञ्जालमा छाईरहेका छन् । सिधा कुरा जनतासंग प्रशारणसंगै बेथीति र समाजका कर्तुतबारे चर्को आवाज गर्ने कार्यक्रम प्रस्तोता । ३ करोड नेपालीका भगवान भनेर सामाजीक सञ्जाल फेसबुकतिर बनेका उनका नामका पेजबारे पनि अनविज्ञ छैन् । ईशा लामिछाने नाम गरेको केटीले एउटा म्यासेज गर्दैमा पत्याईहाल्ने कुरा पनि भएन । उनको म्यासेज यसरी आएको थियो कि त्यसको रिप्लाई मैले एउटा गर्न नपाउदै अरु थुप्रै कुरा उनले लेखीसकेकी हुन्थीन...
पूर्वपत्नी ईशाबाटै सञ्चारकर्मी रवि लामिछानेको चरित्रमाथि प्रश्न,  विदेशी प्रेमिकातर्फ एक सन्तान रहेको खुलासा

पूर्वपत्नी ईशाबाटै सञ्चारकर्मी रवि लामिछानेको चरित्रमाथि प्रश्न, विदेशी प्रेमिकातर्फ एक सन्तान रहेको खुलासा

समाचार, समाज
काठमाडौं—पुस २० धेरैको परिवार बनाएका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने स्वयमको घर भने राम्रोसँग अघि बढ्न नसकेको रहस्य खुलेको छ । रविले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएपश्चात ईशाले आफुले न्याय पाउन नसकेको र रवि बाहिर देखिए जस्तो राम्रो नभएको भन्दै विभिन्न पत्रकारहरुलाई त्यसवारे रिपोर्टिङ गर्न मेसेज गर्ने गरेको खुलासा भएको छ । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेको कुरा आँफैले समेत फेसबुक स्टाटसमा लेखेका छन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको आरोप लगाउदै उनले आफ्नो वैवाहिक जीवनका बारेमा भित्री दुख र अप्ठ्यारो बाहिर ल्याउँदै फेसबुकमा लामो स्टाटसनै लेखेका छन । उनले भनेका छन्, ‘मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै सम्बन्ध विच्छेद ...