बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाचार

निरु खड्का अभिनित तथा निर्देशित ,‘बिछोडको पीडालाई भुलेर’  म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

निरु खड्का अभिनित तथा निर्देशित ,‘बिछोडको पीडालाई भुलेर’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
निरु खड्का निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ बोलको गीतको  म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोरम दृश्यहरु कैद गरिएको भिडियोको गीतमा सुशिला सावदेनको आवाज रहेको छ भने शब्द मणी आर बस्नेत  र संगीत बालन्द राईको रहेको छ । धेरै पछि नामक एल्बममा समावेश उक्त गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन । साथै उनीसँगै अभिनयमा कलाकार श्रीराम र राघवले साथ दिएका छन् । भिडियोमा माधव बेल्वासेको सम्पादन, सागर गौतमको छायांकन रहेकोछ । थुप्रै चलचित्र टेलिसिरियल तथा विज्ञापनहरुमा अभिनय गरेर सफलता कमाएकी निरु खड्का पछिल्लो पटक निर्देशनमा समेत व्यस्त हुन थालेकी छिन । भिडियो : https://youtu.be/kDMsZRutgYU...
चर्चामा आउँदा बितिकै सफलता पाइयो भन्ने होइन : गायक डेभिड शंकर

चर्चामा आउँदा बितिकै सफलता पाइयो भन्ने होइन : गायक डेभिड शंकर

अन्र्तवार्ता, समाचार
डेभिड शंकर पछिल्लो समयमा चलचित्रको पाश्र्वगायनमा सक्रिय छन् । २०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर साङ्गीतिक क्षेत्रमा सक्रिय गायक शंकरले २०६४ सालमा पूर्वाञ्चलको आइडलको उपाधि जितेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । ‘माई ड्रिम्स’, ‘इन्टिमेट’ र ‘दशैं’ जस्ता एल्वम दर्शक/स्रोतामाझ ल्याएका उनले थुप्रै चलचित्रका गीत गाएका छन् । गायन, गीत लेखन, सङ्गीत र अभिनयलाई पनि सँग-सँगै लगेका डेभिड शंकरसँग गीता अधिकारीले गरेको कुराकानीमा यसो भन्छन्ः- अहिले के गर्दै हुनुहुन्छ ? मेरो स्वरमा रहेका केही गीतहरुको रेकडिङको कार्य भइरहेको । चलचित्रका केही गीतहरु सार्वजनिक हुन क्रमममा छन् । एउटा गायकका दिनचर्या जसरी बितछन् मेरा पनि त्यस्तै त्यस्तै हो । स्टुडियो, रियाज, यस्तै यस्तै । फेरि केही मेरा व्यक्तिगत कार्यहरुमा पनि व्यस्त छु भन्नु पर्ला । पछिल्लो समयमा पाश्र्व गायनमा व्यस्त हुनुहुछ नि ? व्यस्त भन्दा पनि...
माग पुरा गर्न सरकारलाई डा. गोविन्द केसीको तीन हप्ताको समय

माग पुरा गर्न सरकारलाई डा. गोविन्द केसीको तीन हप्ताको समय

Featured, समाचार, स्वास्थ्य
काठमाडौं- डा. गोविन्द केसीले माग पुरा गर्न सरकारलाई तीन हप्ताको समय दिएका छन्। उनले पुस २ गतेसम्म पनि माग पुरा नभए अनसन बस्ने चेतावनी दिएका हुन्। त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले उक्त समयसहितको चेतावनी दिएका हुन्। डा. केसीले तीन बुँदे माग राखेका छन : १. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् । क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् । ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस्।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस्। ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम ...
न्यूजील्यान्डमा एकैसाथ १४५ वटा ह्वेल मृत पाईए

न्यूजील्यान्डमा एकैसाथ १४५ वटा ह्वेल मृत पाईए

अन्तराष्ट्रिय, समाचार
वेलिङटन । न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा फेला परेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री (हाइकर) ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताए । ‘धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्किदो अवस्थामा सहज मृत्युवरण गराउनुबाहेक अरु विकल्प थिएन ।’ उनले भने, ‘तर, यो निर्णय मुटुमाथि ढुङ्गा राखेर गर्नु परेको थियो ।’ एक साताभित्रै न्यूजील्यान्डमा ह्वेलको यो चौथो सामूहिक मृत्यु थियो । न्यूजील्यान्डका सामुद्रिक किनारामा ह्वेलहरु अलपत्र भेटिनेक्रम सामान्य झैं हो । संरक्षणकर्मीहरुका अनुसार वर्षमा औसतमा ८५ वटा घटना ह्वेलसँग जोडिएका हुन्छन् । आइ...
राजपा विवाद चुलियो, एकाएक स्थगित ठाकुर भयो पक्षको बैठक

राजपा विवाद चुलियो, एकाएक स्थगित ठाकुर भयो पक्षको बैठक

राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा रहेका तत्कालीन तमलोपाका नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको छ । राजपा नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई नयाँ संयोजक बनेपछि सो पार्टीमा विवाद चुलिएकै बेला आन्तरिक छलफलका लागि भन्दै ठाकुर पक्षले अलग्गै बैठक बोलाएको थियो । राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको विषेश सक्रियतामा बैठक बोलाइएको थियो । तर, उनै लालले विजुलीवजार स्थित तत्कालीन तमलोपाको कार्यालयमा विहान ११ बजे बोलाइएको बैठक स्थगित भएको भन्दै नेताहरुलाई फोन गरेर जानकारी गराएको पार्टीका एक नेताले जनाए । यसबारे उपाध्यक्ष लाले बृहद रुपमा छलफल गर्न लागेको तर गुटको भेला भन्दै गलत प्रचार भएकाले तत्कालका लागि बैठक स्थगित भएको प्रतिक्रिया दिए । ...
प्रधानमन्त्री ओलीलाई कमल थापाले भने, तपाई सफल भएको देख्न चाहन्छु

प्रधानमन्त्री ओलीलाई कमल थापाले भने, तपाई सफल भएको देख्न चाहन्छु

राजनीति, समाचार
काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच वैचारिक भिन्नता हुनु स्वाभाविक हो । तर प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा सत्ता साझेदार बनेर एउटै मन्त्रिपरिषदमा रहेर काम गरिसकेका थापाले वैचारिक मतभेदका बाबजुद प्रधानमन्त्री ओली सफल भएको हेर्ने आफ्नो चाहना रहेको जनाएका छन् । थापाले प्रधानमन्त्री ओलीलाई ‘मेन्सन’का साथ सोमबार ट्वीट गर्दै भनेका छन्, ‘तपाईसँग काम गर्दा तपाईको नेतृत्वमा जुन प्रभावकारिता पाएको थिएँ, आजभोलि बाहिरबाट हेर्दा तपाईलाई निरीह/प्रभावहीन देखिरहेको छु ।’ उनले निर्मला हत्याकाण्ड, सुन तस्करीलगायत सबै क्षेत्रमा उदासिनता देख्दा दुःख लागेको समेत उल्लेख गरेका छन् ।...
चन्द्रमामा पाइला टेक्ने पहिलो मानवबारे अझै आशंका !  रुसले विस्तृत छानविन गर्दै

चन्द्रमामा पाइला टेक्ने पहिलो मानवबारे अझै आशंका ! रुसले विस्तृत छानविन गर्दै

अन्तराष्ट्रिय, समाचार
मस्को, मंसिर १० । सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधि रहने प्रश्न होः- चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानिस को हुन् ? वर्षौंदेखि जवाफ एउटै हुने गरेको छः– नील आर्मस्ट्रंग । सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला र ? रुसले थालेको अनुसन्धानप्रति चासो राख्दै धेरैको मनमा यो प्रश्न अब उब्जिन थालेको छ । २० जुलाई १९५९ मा त्यो इतिहास बनेको हो, जब नील आर्मस्ट्रंगसहितको टोलीले पहिलोपटक चन्द्रमाको धरातलमा पहिलो पाइला राखेका थिए । अमेरिकाको एयरोनटिकल इन्जिनियर तथा सेनाका पाइलट नील आर्मस्ट्रंगले पहिलो पटक चन्द्रमाको धरातलमा पाइला टेकेर इतिहास रचेको मानिन्छ । सोही मिसनको सफलताका कारण अमेरिकाले अन्तरिक्ष अध्ययन तथा अनुसन्धानको दिशामा आफूलाई अग्रणी बनाउन सफल भएको छ । वर्षौंपछि इतिहासको उक्त घटनाका बारेमा भने अनेक प्रश्न उब्जिन थालेका छन् । केही प्रश्न आज ...
नेपाल वुमन च्याम्बरको आयोजनामा बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न

नेपाल वुमन च्याम्बरको आयोजनामा बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न

Featured, आर्थिक, समाचार
 काठमाडौं, ०९ मङ्सिर- नेपाल वुमन च्याम्बरको आयोजनामा अाइतबार बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र बैंकका डिपुटि गभर्नर चिन्तामणी शिवाकोटीको प्रमुख आतिथ्यता माझ जमल स्थित च्याम्बर भवनमा अायोजित कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वुमन च्याम्बरका अध्यक्ष डा. अन्जान शाक्य लगायत उल्लेख्य संख्यामा महिला उधेमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा बित्त साक्षरता कार्यक्रमको सान्दर्भिकता माथि प्रकाश पार्दै वित्त कारोवारमा अनुशासनहिनतालाई निरूत्साही गर्न पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको बताए । उनले खाता, बचत र रिणका बिषयमा सबै जना सचेत रहनुपर्ने तर्फ पनि जोड दिए । कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तुलनात्मक रुपमा महिला ब्यवसायीहरु बित्त अनुशासनमा अगाडी रहे...
‘पेजेन्ट बुटवल फेसन शो’ मा झुम्यो बुटवल

‘पेजेन्ट बुटवल फेसन शो’ मा झुम्यो बुटवल

Featured, मनोरन्जन, समाचार
मङ्सिर ९, बुटवल। पेजेन्ट नेपालले शुक्रवार प्रदेश नं. ५ को राजधानी बुटवलमा पहिलो पटक 'पेजेन्ट नेपाल बुटवल फेसन शो' सम्पन्न गरेको छ । बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्‍याम्पमा उत्रिएका थिए । एकहप्ता सम्मको प्रशिक्षण पश्चात मोडलहरुलाइ र्याम्प वाक सम्बन्धि विविध जानकारी प्रदान गरिएको थियो । आविष्कार खनाल र स्मारीका तामाङले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर स्वस्तिका कार्कीको कोरीयोग्राफीमा र्याम्पमा उत्रिएका मोडलहरुबिच नायक श्रीदेव भट्टराई, नायिका पूर्णिमा लामा र कलाकार दिपक लक्की फेशन शो टपर भएका थिए । कार्यक्रममा नेपालका चर्चीत फेसन डिजाइनरहरुको डिजाइनहरु प्रस्तुत गरिएको थियो । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाईएको उक्त फेसन शो मा कल्चलर ...
ताइवानमा समलिंगी विवाहका बारेमा जनमत संग्रह

ताइवानमा समलिंगी विवाहका बारेमा जनमत संग्रह

अन्तराष्ट्रिय, समाचार
काठमाडौं । ताइवानमा समलिंगी विवाहलाई मान्यता दिने वा नदिने भन्ने विवादको टुंगो लगाउन आज जनमत संग्रह हुदै छ । ताइवानको सर्वोच्च अदालतले समलिंगी विवाहको पक्षमा फैसला दिँदै दुई वर्षभित्र कानुन संशोधन तथा नयाँ कानुन बनाउन निर्देशन जारी गरेको थियो । तर यो विषय निकै विवादमा परेपछि त्यसलाई निर्णय गर्न जनमत संग्रह नै गर्न लागिएको हो । अदालतले फैसला गरे पनि जनमत संग्रहमा समलिंगी विवाहको विपक्षमा नतिजा आउने सर्वेक्षणहरुले देखाएको छ ।(एजेन्सी)...