डेभिड शंकर पछिल्लो समयमा चलचित्रको पाश्र्वगायनमा सक्रिय छन् । २०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर साङ्गीतिक क्षेत्रमा सक्रिय गायक शंकरले २०६४ सालमा पूर्वाञ्चलको आइडलको उपाधि जितेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । ‘माई ड्रिम्स’, ‘इन्टिमेट’ र ‘दशैं’ जस्ता एल्वम दर्शक/स्रोतामाझ ल्याएका उनले थुप्रै चलचित्रका गीत गाएका छन् । गायन, गीत लेखन, सङ्गीत र अभिनयलाई पनि सँग-सँगै लगेका डेभिड शंकरसँग गीता अधिकारीले गरेको कुराकानीमा यसो भन्छन्ः-

अहिले के गर्दै हुनुहुन्छ ?
मेरो स्वरमा रहेका केही गीतहरुको रेकडिङको कार्य भइरहेको । चलचित्रका केही गीतहरु सार्वजनिक हुन क्रमममा छन् । एउटा गायकका दिनचर्या जसरी बितछन् मेरा पनि त्यस्तै त्यस्तै हो । स्टुडियो, रियाज, यस्तै यस्तै । फेरि केही मेरा व्यक्तिगत कार्यहरुमा पनि व्यस्त छु भन्नु पर्ला ।

पछिल्लो समयमा पाश्र्व गायनमा व्यस्त हुनुहुछ नि ?
व्यस्त भन्दा पनि मलाई मन पराइएको छ भन्नु पर्ला । पचास भन्दा बढी चलचित्रमा मैले काम गर्ने मौका पाए छोटो समयमै यस मानेमा म आफूलाई भाग्यमानी ठान्छु । मलाई मन पराइदिनु भएको म सबै प्रति आभारी छु ।

तपाईं कसरी आउँनु भयो यो क्षेत्रमा ?
मेरो सानै देखिको लगाव हो गीत सङ्गीतमा भन्नु पर्ला । त्यसैले त अहिले यो क्षेत्रमा छु । मेरो पारिवारिक पृष्ठभूमि पनि गीत सङ्गीतप्रति लगाव भएको हुनाले पनि म यो क्षेत्रतर्फ आर्कषित भएको हुँ जस्तो लाग्छ । वातावरणले पनि मान्छेलाई फरक पार्दो रहेछ सायद । मैले सानो देखि नै गीत गाउँथे । मलाई बच्चामा नै सबैले कलाकार भन्थे । त्यो सबैको आसिश लागेको पनि हो कि । २०६२ सालमा पाँचथर आइडल र ०६४मा मेची आइडलको उपाधि जिते पछि म अझ बढी सक्रिय भए यो क्षेत्रमा ।

यो क्षेत्रमा आउँन मोटिभेट गर्ने कोही थिए कि ?
पहिला त मेरो परिवार नै हो । माथि पनि भने पारिवारिक वातावरणले नै मलाई यो क्षेत्रमा डो¥याएको हो । म उमेरमा सानै भए पनि गीत चाहिँ नारायण गोपाल, प्रेमध्वज प्रधान, रामकृष्ण ढकालका गीत गाउँथे । ति गीतहरु सुन्दै गाउँदै गर्दा एक दिन म पनि यस्तै बन्छु भन्ने हुन्थ्यो । अनि मेरो दिदी एकदम राम्रो डान्सर हुनुहुन्छ उहाँले गर्दा म कलाकार हुन्छु भन्ने लाग्थो । उहाँ पनि मलाई हौसला प्रदान गर्नुहुन्थ्यो ।

आजका दिनसम्म आउँदा कतिको सङ्र्घष गर्नु पर्यो डेभिड शंकरले ?
कुनै पनि क्षेत्रमा संघर्ष नगरीकन सफलता त हात लाग्दैन । गीत सङ्गीतको क्षेत्र पनि त्यस्तै हो । सुरुका दिनमा त सङ्घर्ष गर्नु नै पर्छ । फेरि जीवन नै सिकाइ हो, हरेक समय नयाँ नयाँ केही सिकिरहेका हुन्छौ हामी । मलै यो ११, १२ वर्षको अवधिमा धेरै सिक्ने मौका पाए । अहिले पनि सिकिरहेको हुन्छ । अझ कसरी मेरा स्रोता÷दर्शकलाई उत्कृष्ट रचना पस्कन सकु भन्ने नै लाग्छ हरदम । सुरुका दिन सबै विधामा कष्टकर नै हुन्छ त्यसलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

स्रोता दर्शकमाझ यहाँका कति कृति आएका छन् ?
एल्वमको कुरा गर्नु पर्दा मैलै २०६८ सालमा ‘ड्रिम्स’ ल्याएको थिए भने गत साउन १० गते मेरो जन्मदिनको अवसर पारेर ‘इन्टिमेट’ एल्वम ल्याए । यसै बीचमा ‘दशैं’ एल्वम आयो ।

लामो समयको अन्तरालमा एल्वम ल्याउनु भयो नि ?
मेरो पहिलो एल्वम र दोस्रो एल्वको बीचको समय लामो पक्कै भएको हो । मैले यो बीचमा थुप्रै कलेक्सन एल्वमहरुमा स्वर दिएको छु भने चलचित्रमा पनि त्यतिकै रहेको छ । डेभिड शंकरले अर्को एल्वम ल्याउनु पर्छ भन्ने दर्शक स्रोताको चाहनालाई मध्यनजर गर्दै नै अरु एल्वम लिएर आएको हुँ ।

केही गीतहरुको नाम लिनु पर्दा ?
थुप्रै गीत छन् । म तिम्रो यादमा रुन पनि नसक्ने, तिमीले सुन्यौ र, आज आफ्नै जिन्दगीमा, आईकम बीकम, छम् छम् पाउजुको तालैमा, घिन घिन मादल मुरली को तीर, लिटरका लिटर पोखियो माया, कसले भन्यो तिमीलाई माया गर्दिन रे, क्रिम पाउँडर, सेकेन्ड हेन्ड जवानी, बीच बाटोमा, उ बिनाको म, मनको कुरा मनैमा, चलेछ बतास सुस्तरी, थाह छैन जिन्दगीमा, …….।

कस्ता गीत बढी गाउँनु भएको छ ?
मैले सबै प्रकारका गीत गाएको छु । चलचित्रका गीत अलिक बढी होला तर सबै प्रकारका गीत गाएको छु । भजन, आधुनिक, मैथली, भोजपुरी सबै प्रकारका गीत गाएको छु ।

तपाईं पर्दामा पनि देखिनुहुन्छ नि ?
हो, केही म्युजिक भिडियोहरुमा अभिनय गरेको छु । त्यस्तै केही सर्ट मुभीहरुमा पनि छु ।

अनि कलाकारिता तिरको मोह कसरी जाग्यो ?
म्युजिक भिडियो छायाँकन गर्ने क्रममा मैले अझ राम्रो गर्न सक्छु कि भनेर प्रयास गरे । धेरैले तारिफ गर्नु पनि भयो । अनि चलचित्र, केही छोटा चलचित्र र डकुमेन्ट्रीमा पनि अभिनय गरे ।

तपाईं सफल गायक कि ब्यस्त गायक ?
सफलताको कसी के हो भन्ने कुरा हो । आफूले सबै भन्दा राम्रो गर्ने प्रयास गरीरहेको हुन्छु म । मेरो क्रिएशनलाई मन पराईदिनु भएको छ त्यसैमा मैले आफ्नो सफलता देखेको छु । फेरि मलाई के लाग्छ भने चर्चामा आउँदा बितिकै सफलता पाइयो भन्ने होइन । म निरन्तर सक्रिय नै छु त्यही नै मेरो सफलता हो । काम पाइरहेको हिसावले ब्यस्त पनि छु भन्नु पर्ला ।

गीत सङ्गीतको यात्रामा रहिरहँदा जीवन यापन गर्न कतिको गाह्रो छ ?
सुरुका दिनहरुमा निक्कै गाह्रो थियो । म त्यसलाई शब्दमा ब्यक्त गर्न सक्दैन । पछि पछि केही सहज हँुदै गयो । अहिले राम्रै छ ।

केही गीत आफैँले लेख्नु पनि भएको छ, सङ्गीत पनि गर्नु भएको छ र स्वर पनि । त्यस्तै अभिनयतिर पनि हुनुहुन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ आफूलाई ?
म जुन क्षेत्रमा छु यि सबै एक–अर्कासँग सम्बन्धित हुन भन्ने लाग्छ मलाई । भगवानको कृपा, साथी भाईहरुको माया र दर्शक÷स्रोताको हौसला नै हो भन्छु म । मलाई हौसला दिनु भयो फेरि म आफूलाई गर्छु जस्तो पनि लाग्थ्यो अनि यो सबै सम्भव भयो । मन पनि पराईदिनु भएको छ यहाँहरु सबैलाई आभार व्यक्त गर्छु तपाईंहरुको यो सञ्चारमाध्यम मार्फत । जहाँसमय व्यवस्थापनको कुरा छ त्यो त मिलाउनु पर्छ सबैभन्दा ठूलो इच्छाशक्ति र चहाना हो । मैले चलेछ बतास सुस्तरी चलचित्रमा पनि अभिनय गरेको छु । मेरो कोशिष हो ।

तपाईं गायकबाट चिनिनुहुन्छ । अभिनय पनि गर्नु भएको छ, कुन सजिलो हो जस्तो लाग्छ ?
मेरो सानै देखिको गायक बन्ने इच्छा चाहना हो भने अभिनय रहर । मलाई गायन नै सजिलो लाग्छ । अभियनमा पनि कोशिष गरिरहेको छु ।

विहे गर्ने प्रस्ताव कतिको आउँछन्, विशेष कोही छ कि ?
मेरा धेरै साथिहरु छन् । म धेरैलाई मन पराउँछु मलाई पनि धेरैले मन पराउँनुहुन्छ । तपाईंले सोधे जस्तै त्यस्तो विशेष केही छैन् । समय आएपछि तपाईंहरु सबैलाई जानकारी गराउँने नै छु । अझै २, ३ वर्ष हेरौ भन्ने लाग्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here