काठमाडौं ।
ताइवानमा समलिंगी विवाहलाई मान्यता दिने वा नदिने भन्ने विवादको टुंगो लगाउन आज जनमत संग्रह हुदै छ ।

ताइवानको सर्वोच्च अदालतले समलिंगी विवाहको पक्षमा फैसला दिँदै दुई वर्षभित्र कानुन संशोधन तथा नयाँ कानुन बनाउन निर्देशन जारी गरेको थियो ।

तर यो विषय निकै विवादमा परेपछि त्यसलाई निर्णय गर्न जनमत संग्रह नै गर्न लागिएको हो ।

अदालतले फैसला गरे पनि जनमत संग्रहमा समलिंगी विवाहको विपक्षमा नतिजा आउने सर्वेक्षणहरुले देखाएको छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here