शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाचार

टी-१० क्रिकेटमा लामिछानेको लगातार खराव प्रदर्शन

टी-१० क्रिकेटमा लामिछानेको लगातार खराव प्रदर्शन

खेलकुद, समाचार
यूएई, मंसिर १४ । यूएईमा जारी टी–१० लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले फेरिपनि लगातार आफ्नो दोस्रो खेलमा खराब प्रदर्शन गरेका छन् । लामिछानेको टोली केरला किंग्स हिजो भएको पाँचौ खेलमा नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । खेलमा केरलाले प्रस्तुत गरेको १०२ रनको लक्ष्य वारियर्सले ७ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्यायो । लामिछानेले समग्रमा २ ओभरमा ४७ रन खर्चिए । यसअघि चौथो खेलमा पनि उनले पञ्जावी लिजेन्ड्सविरुद्ध २ ओभरमा २८ रन खर्चिएका थिए । यो हारसँगै केरलाको अघिल्लो चरण प्रवेशको अंकगणीतीय सम्भावना बाँकी रहे पनि व्यवहारिक रुपमा भने निकै कमजोर देखिएको छ ।...
हट्यो जोर विजोर प्रणाली

हट्यो जोर विजोर प्रणाली

समाचार, समाज
१४ मंसिर, काठमाडौं । चौतर्फी विरोधपछि जोर विजोर प्रणाली हटेको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एसिया प्यासिफिक समिटका लागि भन्दै १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो । तर, पहिलो दिन नै यसको चर्को विरोध भयो ।  ट्राफिक प्रहरीले शुक्रबार सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा जोरविजोर हटाइएको बताएको छ । ...
जानकी मन्दिरको सौन्दर्यकरणको काम सुरु

जानकी मन्दिरको सौन्दर्यकरणको काम सुरु

समाचार, समाज
जनकपुर । जनकपुरस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जानकी मन्दिरको सौन्दर्यकरण सुरु गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहबीच हिन्दु बौद्ध परम्परा अनुसार मन्दिर सौन्दर्यकरणको शुभारम्भ गरेका हुन । प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत ८ करोड १५ लाखको लागतमा मन्दिरको सौन्दर्यकरणका लागि फ्लोर, गेट तथा ढल निकासको काम गर्ने गरिनेछ । यस्तै मन्दिरको गर्भ गृह र प्रांगणमा ग्रेनाइट बिच्छ्याउनुको साथै मुख्य ३ वटै द्वारमा व्यवस्थित द्वार निर्माण गरिनेछ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मन्दिरको सुन्दरता बढाउने कार्यका लागि चाहिने आवश्यक खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धता जनाए । निर्माणको ठेक्का काठमाडौस्थित प्रेरा जेभी रन्जनलाई दिइएको छ ।...
एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुनको लागि आङसाङ सुची र हुन सेन काठमाडौंमा

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुनको लागि आङसाङ सुची र हुन सेन काठमाडौंमा

समाचार, समाज
काठमाडौं । काठमाडौंमा यही मंसिर १४ देखि १७ गतेसम्म आयोजना हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु नेपाल आउने क्रम सुरु भईसकेको छ । यसै क्रममा म्यान्मारको राज्य परिषदकी सदस्य तथा विदेशमन्त्री आङसाङ सुची काठमाडौं आइपुगेकी छिन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । त्यसैगरी कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं उत्रिएका छन् । उनलाई पनि रक्षामन्त्री पोखरेलले स्वागत गरेका थिए । सम्मेलनमा आउने विशिष्ठ पाहुनाको सुरक्षालाई ध्यान दिइ उच्च सुरक्षा व्यवस्था मिलाइएको जनाईएको छ । यता विशिष्ठ अतिथिहरुको आगमनको व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको नियमित तालिका प्रभावित हुने भएको छ ।...
राजबिराजमा १३ वर्षीया बालिकाद्वारा शरीरमा आगो लगाई आत्महत्या

राजबिराजमा १३ वर्षीया बालिकाद्वारा शरीरमा आगो लगाई आत्महत्या

समाचार, समाज
राजविराज, मंसिर १३ । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी एक बालिकाको आज बिहान निधन भएको छ । निधन हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले जनाए । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन् । आगोबाट शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।...
घोराही उपमहानगरपालिका का वडाध्यक्षको मृत्यु

घोराही उपमहानगरपालिका का वडाध्यक्षको मृत्यु

राजनीति, समाचार
दाङ । दाङको घोराही उपमहानगरपालिका - १६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ । गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराती ३ बजे निधन भएको हो । २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा घोराही–१६ को वडाध्यक्ष पदमा निर्वाचित बुढा मगरको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विभिन्न रोगले ग्रसित बुढा मगरको उपचार यसअघि नेपाल, भारत र थाइल्याण्डमा समेत गरिएको थियो । बुढाको निधन प्रति प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुःख ब्यक्त गर्दै श्रद्धान्जली ब्यक्त गरेका छन् ।...
स्टेजमा नाच्दानाच्दै  बालिकाको मृत्यु , क्यामेरामा रेकर्ड भयो सबै घटना

स्टेजमा नाच्दानाच्दै बालिकाको मृत्यु , क्यामेरामा रेकर्ड भयो सबै घटना

अन्तराष्ट्रिय, समाचार
मुम्बइ। एउटा नृत्य प्रतियोगितामा जीतको उद्देश्यसहित स्टेजमा उत्रिएकी १३ वर्षकी बालिका नाच्दानाच्दै मृत्युसँग भने हार्न पुगिन । भारतीय जनता पार्टीले आयोजना गरेको उक्त प्रतियोगितामा ती बालिका चर्चित डान्सर सपना चौधरीको गीतमा नाच्नको लागि स्टेज चडेकी थिइन् । नृत्यकै क्रममा उनी अचानक स्टेजमा लढिन र उनको मृत्यु भयो । उनको मृत्यु भएको यो सबै घटना क्यामेरामा रेकर्ड भएको छ । त्यहाँ उपस्थित दर्शकले उनको नृत्यको भिडियो बनाइरहेका थिए । संयोगले उनको मृत्यु पनि भिडियोमा रेकर्ड रेकर्ड हुन पुगेको हो । अहिले भिडियो सामाजिक संजालमा जताततै भाइरल भइरहेको छ । भिडियोमा नृत्य गरिरहेकी बालिका एक्कासी रोकिन्छिन् । लगत्तै उनी जमिनमा ढल्छिन् । भारतीय मिडियाहरुले लेखेअनुसार सुरुमा त्यहाँ भएका दर्शकहरुले उनी बेहोस भएको सम्झेका थिए । उनलाई तत्काल अस्पताल लिएर गएकोमा डाक्टरले उनलाई मृत घोषित गरिदिए । ती बालिकाको ना...
दक्षको आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने

दक्षको आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर १२ । मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको छ । दक्ष इन्टरनेशनल प्रा।लि।को आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको हो । अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिनस यही मंसिर १५ गते हुँदैछ भने फाइन माघ १२मा राजधानीमा एक विशेष कार्यक्रमबीच गरिने आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए । प्रतियोगितामा प्रथम हुनेलाई एकलाखको पुरस्कार सहित विभिन्न गिफ्ट ह्यापर पनि रहेको उनले जनाए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यवसायिक मोडल बनाउन मिस ब्युटिफूल नेपाल र मिसेस ब्युटिफूल नेपाल आफुहरुले आयोजना गर्दै आएको आयोजक संस्था दक्ष इन्टरनेशनलकी प्रबन्ध निर्देशक दिपा थपलियाले बताइन ।...
सिजन मिडियाको आयोजनामा अन्तर  कलेज प्लस टू फुटसल प्रतियोगिता आयोजना हुदै

सिजन मिडियाको आयोजनामा अन्तर कलेज प्लस टू फुटसल प्रतियोगिता आयोजना हुदै

खेलकुद, समाचार
काठमाडौं, मंसिर १२ –विगत १० वर्षदेखि राजधानीमा निरन्तर रूपमा शिक्षा मनोरञ्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगिता फेशन सोलगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका १० जोड दुईमा अध्ययनरत विद्यार्थीहरूलाई मध्यनजर राख्दै अन्तर  कलेज प्लस टू फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।साे प्रतियोगितामा सहभागी जनाउनका लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरूको अाठ जनाको समूहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिएकी छन् । उक्त प्रतियोगितामा प्लस टूमा अध्ययनरत विद्यार्थीहरूले कलेजको परिचयपत्र तथा एक प्रति पासपोर्ट सार्इजको फोटो र रु. सात हजार रुपैयाँ तिरेर यहीँ अाउँदाे पुस २० गतेसम्म आफ्नो कलेजको फुटसल टीम दर्ता गर्न सक्ने जनाएकाे छ । प्रतियोगिताको उद्घाट...
राजधानीमा आजदेखि चारदिनसम्म लागू हुदै जोर बिजोर प्रणाली

राजधानीमा आजदेखि चारदिनसम्म लागू हुदै जोर बिजोर प्रणाली

समाचार
काठमाडौँ । सार्क शिखर सम्मेलन र बिम्स्टेक शिखर सम्मेलनको समयमाझै काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ जस अनुरुप आज बिजोर प्रणालीका गाडीहरुमात्र चल्न पाउने छन्। खाल्डाखुल्डि संगै सडकको दुरावस्था तथा जामका कारण सास्ती भौग्दै आएका राजधानीका यात्रुहरुले हैरानी खेप्नुपर्ने निश्चित देखिन्छ। एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ)को कार्यक्रमको लागि भनेर सरकारले यात्रुलाई दुःख दिने गरि जोर विजोर प्रणाली लागु गरिएकोमा सर्वसाधारणमा भने आक्रोस देखिन्छ । क्रिस्चीयन धर्मप्रचारक संस्था भनेर आरोप लाग्ने गरेको संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ) आयोजक रहेको कार्यक्रममका लागि सरकारले यस्तो प्रणाली लागु गर्नु सरकारको लाचारीपन रहेको बताउछन । एशिया प्याशिफिक समिट नाम दिइएको यस कार्यक्रमका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आ...