आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

वेभ सर्बरका संचालक सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोड ठगीको मुद्दा दायर हुने

वेभ सर्बरका संचालक सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोड ठगीको मुद्दा दायर हुने

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १५। नेपालमा विदेशी लगानी भित्र्याएर लगानीकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ परेका वेभ सर्वरका संचालकमाथि ३२ करोड मागदाबी सहित मुद्दा चल्ने भएको छ। काठमाडौं प्रहरी परिसरले अभियुक्त सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोडको मागदाबीसहित मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ। क्षेत्री ठगी गरेको अभियोगमा पक्राउ परे पनि उनका दाजुहरु सुमन क्षेत्री र शैलेन्द्र क्षेत्री फरार अझैसम्म फरार छन्। वेलायतका दिनेश विमलनाथनसँग नेपालको इन्टरनेट र आइटीमा लगानी गर्ने भन्दै १७ वर्ष अघि क्षेत्री दाजुभाइले साढे २ करोड रकम नेपाल भित्र्याएका थिए। क्षेत्री दाजुभाइले विमलनाथनलाई सेयरको नक्कली प्रमाणपत्र समेत दिएका थिए। उनीहरुले विमलनाथनसंगै मलेसियन नागरिक शशिधरणको ६ करोड रकम समेत नेपाल भित्र्याएका थिए। मलेसियन नागरिक समेत आफू ठगिए थाह पाएपछि प्रहरीमा पुगेका थिए। क्षेत्री दाजुभाइको मुद्दा उच...
गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैःटुँडिखेलमा विशेष कार्यक्रम, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैःटुँडिखेलमा विशेष कार्यक्रम, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

राजनीति, समाचार
काठमाडौं, पुस- १५। पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास रहेको छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग समेत सम्बन्धित रहेको जानकारहरुय बताउछन । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, स्याङ्जा, मनाङ, गोरखा, तनहुँ, कास्की, पर्वतलगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा त्यो समुदायमा यो पर्व मनाइने जनविश्वास रहेको पाईन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको पाईन्छ । यस पर्वको अवसरमा आज काठमाडौंको टुँडिखे...
एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लब नेपालको प्रतिनिधित्व गर्दै समावेश हुने

एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लब नेपालको प्रतिनिधित्व गर्दै समावेश हुने

खेलकुद, समाचार
काठमाडौं, पुस- १३ । जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो । मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो । एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महिना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो । एएफसीले निकालेको ड्र अनुसार नेपालको ‘ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो । यस समूहमा...
सुन सफा गरिदिने निहुँमा ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ

सुन सफा गरिदिने निहुँमा ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ

अपराध, समाचार, समाज
भोजपुर, पुस-१३ । भोजपुरमा ठगी गर्दै हिँड्ने ६ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ । (रासस)...
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको पिताको निधन

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको पिताको निधन

समाचार, समाज
काठमाडौं, पुस १३ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनयता अलि असहज महसुस गर्दैआएका राई गए राति शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए । विसं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्तपछि सामाजिक सेवामा संलग्न थिए । आदर्श र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए । पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै...
चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

अपराध, समाचार, समाज
चितवन, पुस- १३ । आज बिहान ७ः३० बजे चितवनको भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साइकलयात्री चौधरीलाई आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।...
नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

राजनीति, समाचार
काठमाडौं, पुस- १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । मंसिर २९ गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । बैठकमा अध्यक्षद्वयले सदस्यहरुले राखेको सुझाव राजनीतिक प्रतिवेदनमा समेट्ने आश्वासन दिएपछि प्रतिवेदन पारित भएको हो । यसअघि हिजो बसेको स्थायी बैठकमा अध्यक्षद्वको राजनीतिक प्रस्तावमा सहमति जुट्न सकेको थिएन ।...
इंग्लिस प्रिमियर लिग फुटबलमा एन्डरसनको दुई गोलमा वेस्ट ह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा एन्डरसनको दुई गोलमा वेस्ट ह्याम विजयी

खेलकुद, समाचार
काठमाडौं, पुस- १३ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ह्याम युनाईटेडले साउथ ह्याम्पटनमाथि जीत निकालेको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्ट ह्याम २–१ गोल अन्तरले विजयी भयो । वेष्ट ह्यामको लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे । साउथह्याम्प्टनका नाथन रेडठमण्डले एक गोल फर्काए । गएरातिको जितसँगै वेष्ट ह्याम युनाईटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ भने ४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा रहेका छन।...
बिग बासमा सन्दीपको लगातार उत्कृष्ट बलिङ, सर्वाधिक विकेट लिने सूचीमा

बिग बासमा सन्दीपको लगातार उत्कृष्ट बलिङ, सर्वाधिक विकेट लिने सूचीमा

खेलकुद, समाचार
काठमाडौं, पुस- १३ । नेपाली राष्ट्रिय टोलिका लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा जारी विश्वचर्चित बिग बास टी–२० क्रिकेट लिगमा चम्किरहेका छन् । मेलबर्न स्टारसँग आबद्ध रहेका लामिछाने बिग बासमा तीन खेलसम्म विकेटविहीन हुनुपरेको छैन । लामिछानेले बिहीबार भएको सिड्नी सिक्सरविरुद्धको खेलमा २ विकेट लिन सफल भए । लगातार ३ खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछाने स्थानीय मिडियामा पहिलो प्राथमिकताका साथ छाएका छन् । ३ खेल खेल्दा ७ विकेट लिन सफल इन्डियन प्रिमियर लिग आईपिएलपश्चात अस्ट्रेलियन बिग बास लिग खेल्ने सन्दीपको ठूलो सपना रहेको थियो । बिग बासमा आफूलाई प्रमाणित गर्नुपर्ने धारणा उनी राख्थे गर्दथे । अस्ट्रेलिया जानुअघि पनि लामिछानेले सपना पूरा गर्न जान लागेको जनाएका थिए । वास्तवमा लामिछानेले बिग बासमा खेल्ने सपना पूरा मात्र गरेनन्, आफ्नो टिमको प्रत्येक खेलमा विकेट लिँदै सर्वाधिक विकेट लिने ब...
माघ ११ गते बिराटनगरमा पूर्वान्चल फेशन शो हुने, राष्ट्रिय स्तरका कलाकारका प्रस्तुती रहने

माघ ११ गते बिराटनगरमा पूर्वान्चल फेशन शो हुने, राष्ट्रिय स्तरका कलाकारका प्रस्तुती रहने

मनोरन्जन, समाचार
देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा यो पटक फेशन पारखीहरुको हव बन्दै गएको पूर्वान्चलकै उत्कृष्ट तथा राष्ट्रिय स्तरका चर्चित मोडलहरु छनौट गरि बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो आयोजना हुन लागेको जानकारी प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । माघ ११ गते बिराटनगरको अतिथी सदनमा हुन लागेको उक्त शो का निमित्त मोडलहरुको छन...