भ्यालेन्टाइन डे को रमझम नेपालमा पनि सुरुः डेढ करोडको गुलाफ आयात
काठमाडौं— २८, माघ ।
गुलाफलाई जिन्दगी, सुन्दरता र प्रेमको प्रतिक ठानिन्छ । जीवनको दर्शन हो गुलाव । पूर्वीय दर्शनमा प्रेम र प्रणय दिवसको सम्झना गर्नु परेमा श्रीकृष्ण र राधाको प्रेमलिला तथा त्यागलाई सम्झने गरिन्छ ।
तर पाश्चात्य दर्शनमा आधारित प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ मा प्रेमी–प्रेमिकाहरुले रातो गुलाब दिएर आफ्नो प्रेम प्रकट गर्दछन् । प्रत्येक वर्ष माग बढ्दै जाँदा विदेशवाट करोडौं रुपैंयाँ बराबरको गुलाफ आयात हुन थालेको छ ।
गुलावका फरक–फरक रंगले प्रेमका फरक–फरक आयामलाई दर्शाउँछ । रातो गुलाफ मायालुलाई प्रेम गर्छु भन्ने जनाउन, गुलाबी गुलाब रिसाएका प्रेमीलाई फकाउन, पँहेलो गुलाफ मित्रता, सेतो गुलाफ समवेदना जनाउन प्रयोग गरिन्छ ।
कवि रोबर्ट बर्नसले प्रेमिकालाई अंग्रेजी वर्षको जून महिनामा फुल्ने गुलाफसँग तुलना गरेका छन् । उनले लेखेका छन्–‘मेरी प्रेमिका जून महिनामा फुल्ने ताजा रात...









