आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

असमझदारी मत्थर बनाउने—  ओली–प्रचण्ड छलफल

असमझदारी मत्थर बनाउने— ओली–प्रचण्ड छलफल

राजनीति, समाचार
काठमाडौं— २७, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला घटनाक्रम र पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेका छन् । उनीहरूबीच गत बिहीबार पनि पार्टी एकीकरणमा भइरहेको ढिलाइ र एकीकरण कार्यदलका काममा केन्द्रित रहेर छलफल भएको थियो । ‘दुई अध्यक्षबीच शनिबार छलफल भएको हो, उहाँहरू नियमित संवाद र छलफलमै हुनुहुन्छ, तर बाहिर जे चर्चा भए पनि कुनै पनि विषयमा असमझारी छैन,’ पार्टीका एक नेताले भने, ‘पार्टीका धारणाहरू पनि आधिकारिक रूपमा सार्वजनिक भइरहेकै छ ।’ शनिबारको भेटपछि भने दुवै अध्यक्षले असमझदारी मत्थर बनाउने समझदारी गरेका छन् । (नयाँ पत्रिका)...
अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीपको ३ विकेटसँगै मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश

अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीपको ३ विकेटसँगै मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं— २७, माघ । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नेपाली यूवा लेग स्पेनर सन्दीप लामिछानेको ३ विकेटसँगै उनको टोली मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबावमा रहेको मेलबर्नले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । उक्त इनिङ्समा म्याक्सवेलले ४३ बलमा ८२ रनको योगफल बनाएका थिए । जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट हात पारे । मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले सिड्नी सिक्सरविरुद्ध ३.४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चिएर ३ विकेट लिए । सन्दीले पहिलो ओभरमा सिक्सरका टोम कुरानलाई एलबिडब्लु धरापमा पारेका थिए भने द...
नेकपामा थप तरंग, दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा

नेकपामा थप तरंग, दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा

राजनीति, समाचार
काठमाडौं— २७, माघ । नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘चिप्लिएको’ टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका दाहाललाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका छन् । नेता भीम रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा औंल्याएका छन् । पोखरेलले दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै शनिबार फेसबुक पेजमा लामो स्टाटस (हेर्नुहोस् पृष्ठ २) लेखेका छन् । उनले पार्टी एकता घोषणा गर्दा गम्भीर छलफल र समीक्षा नभएको भन्दै सनक र उन्मादमा रमाउनेलाई पार्टी नेतृत्वमा ल्याउँदा दुर्भाग्य हुने भनी दाहालप्रति कटाक्ष गरेका हुन् । ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रह...
गजुरीबाट ३६० किलो चरेशसहित ३ भारतीय पक्राउ

गजुरीबाट ३६० किलो चरेशसहित ३ भारतीय पक्राउ

अपराध, समाचार, समाज
धादिङ— २७, माघ । आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा गजुरी प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश बरामद गरेको छ । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै वीरगंजतर्फ जानलागेको भारतीय कन्टेनरमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको तीन सय ६० किलो चरेशसहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरी टोलीले एसआर ५५ एम ९४८४ नम्बरको भारतीय नम्बरको कन्टेनर आइतबार बिहान गजुरी बजारमा रोकेर चेक गर्दा चरेश फेला परेको हो । बरामद गरिएको चरेश सँगै भारत उत्तर प्रदेशका ओमप्रकाश, मोतिहारी जिल्लाका गुलाफ खानलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । एकजनाको भने परिचय खुल्न सकेको छैन । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहानपक्राउ परेको लागुऔषध चरेस यो वर्षको अहिले सम्मकै सबैभन्दा ठुलो परिमाणको ह...
कांग्रेस सभापतिको उम्मेदवार बन्न तयार छुः युवा नेता गगन थापा

कांग्रेस सभापतिको उम्मेदवार बन्न तयार छुः युवा नेता गगन थापा

राजनीति, समाचार
गोरखा — २७, माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिए । ‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन”, उनले भने, “सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।” नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताए । “अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु”, उनले भने, “तर आगामी महाधिवेशनलाई जसर...
वाग्मती सरसफाइको ३०० औं सप्ताह सम्पन्न

वाग्मती सरसफाइको ३०० औं सप्ताह सम्पन्न

समाचार, समाज
काठमाडौं— २७, माघ । वाग्मती सरसफाइ अभियानले तीन सयौं सप्ताह पूरा गरेको छ । शनिबार यस अवसरमा शंखमूलमा आयोजित कार्यक्रममा सरकारका मन्त्री, सरकारी कर्मचारीका साथै नदी र सडक सरसफाइमा संलग्न अभियन्ताहरूको सहभागिता थियो । सहरी विकास मन्त्रालयले ‘स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ तीन सयौं हप्ता मनाएको छ । हालसम्म वाग्मतीबाट १२ हजार मेट्रिकटनभन्दा बढी फोहोर निकालिसकिएको सहरी विकास मन्त्रालयले जनाएको छ । नदी किनारमा हरियाली बढाउने उद्देश्यले दर्जनभन्दा बढी पार्क निर्माण गरिएको छ । नदी सरसफाइका लागि उपत्यकामा साढे ७ लाख स्वयंसेवी र २१ सयभन्दा बढी संघसंस्था परिचालित रहेको मन्त्रालयको तथ्यांक छ । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नदी फोहोर हुनुमा सर्वसाधारणकै कार्यशैली दोषी रहेको बताए । उनले भने, ‘वाग्मती र सबै नदीनालालाई हामीले फोहोर विसर्जन ...
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी  देशभर श्रीपञ्चमी मनाइदै

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी मनाइदै

शिक्षा, समाचार, समाज
काठमाडौं— २७, माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदै छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्तानामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्नाकला–साधनाका वस्तु कलम, कापी, कुची र वा...
चालीसजना प्रहरी अधिकारीको बढुवाका लागि सिफारिस

चालीसजना प्रहरी अधिकारीको बढुवाका लागि सिफारिस

समाचार, समाज
काठमाडौं— २७, माघ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम ९४० अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए। एसएसपी बढुवा सिफारिस हुनेमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकालछन्। यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष...
राष्ट्रपतिबाट वसन्त श्रवण

राष्ट्रपतिबाट वसन्त श्रवण

समाचार, समाज
काठमाडौं— २७, माघ । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूलपुरोहितबाट बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपतिलाई मुलपुरोहितले टीका तथा प्रसाद समेत प्रदान गरे । वसन्त श्रवणका निम्ति उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत हनुमानढोका् पुग्नुभएको थियो ।...
मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न फेस अफ दी नेशन, २०१९ को उपाधी  रिजा मिश्रको हातमा

मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न फेस अफ दी नेशन, २०१९ को उपाधी रिजा मिश्रको हातमा

मनोरन्जन, समाचार
काठमाडौं— २६, माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न क्रिएटिभ इनसाइड मिडियाको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजना रहेको फेस अफ दी नेशन, २०१९ को उपाधी विजेता रिजा मिश्रले ताजसंगै नगद रु, २५,०००/- प्राप्त गरिन । प्रतियोगितामा श्रुती श्रेष्ठ फर्स्ट रनर अप र अमित आले ले सेकेन्ड रनर अपको ताज पहिरिन सफल भए। उनीहरुले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । यस सौन्दर्य प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धीहरुलाई उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए । ऋषेश्वर श्रेष्ठले संचालन गर्नुभएको प्रतियोगिताको प्रमुख अतिथी नेपाल महिला च्याम्वरकी अध्यक्ष तथा साल्ट ट्रे...