बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

आज कार्तिक १५ गते शनिवारको राशिफल

आज कार्तिक १५ गते शनिवारको राशिफल

राशिफल, समाचार
मेष – भागदौड चलिरहनेछ । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । वस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ । बृष – सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन मिल्ने छ । शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ । मिथुन – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयाँ कार्य पनि बन्नेछ । ...
भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान ती महिलाको होम आइसोलेसनमै मृत्यु भएको हो । भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए । त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् । भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिए । रासस ...
पशुपति  मन्दिरको भण्डारीलाई साइबर अपराधको मुद्दा

पशुपति मन्दिरको भण्डारीलाई साइबर अपराधको मुद्दा

समाचार, समाज
सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष डा थापाको तस्बीरमा कालो पोथी काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए । कोषाध्यक्ष डा थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गरेका थिए । उजुरी दर्ता भएपछि परिसरले कात्तिक १२ गते भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो । भण्डारीलाई साइबर अपराधमा कात्तिक १६ गते अदालत पेश ...
मानव बस्ती नजिकै कोरोना संक्रमितको शव गाडेको भन्दै स्थानीयको विरोध

मानव बस्ती नजिकै कोरोना संक्रमितको शव गाडेको भन्दै स्थानीयको विरोध

समाचार
कात्तिक १४ काठमाडौं । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ । धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहवरमा कब्रस्तान सिल गरिएको हो । बिहीबार कोरोना संक्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेको थियो । त्यसपछि कोरोना संक्रमतिको शव मानव वस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । यससँगै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बिच छलफल गर्दा पनि कुनै निष्कर्ष नआए पछि अर्को निर्णय नभए सम्मका लागी कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता मुडभरीले बताए । मानव वस्ती सँगै जोडिएको कब्रस्तानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । स्थानीयले कब्रस्तानमा ताला समेत...
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मिसन जाने प्रहरी टोलीलाई बिदाइ

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मिसन जाने प्रहरी टोलीलाई बिदाइ

समाचार
कात्तिक १४ काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गर्नुभयो । बिदाइ समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका समूहका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक वधाइ तथा शुभकामना दिनुभयो ।परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपियु छनौट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वा...
पछिल्लो २४ घण्टामा  थप ३ हजार ५१७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना पुष्टि

समाचार
कात्तिक १४ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा देशभरमा थप ३ हाजर ५१७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १४ हजार ९८९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या पुगेको छ। ...
तिब्र गतिको स्कार्पियो धादिङमा पल्टियो

तिब्र गतिको स्कार्पियो धादिङमा पल्टियो

समाचार
कात्तिक १४ धादिङ । धादिङमा स्कार्पियो दुर्घटना हुँदा ५ घाइते भएका छन् भने २ को अवस्था गम्भीर बनेको छ ।प्रहरीका अनुसार बुटवलबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा १२ च ४४१० नम्बरको स्कार्पियो सडकबाट खोल्सामा खसेपछि यो विपत निम्तिएको हो । घटना धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा घटेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनाग्रस्त बा १२ च ४४१० नम्बरको स्कार्पियोमा सवार सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपि युवराज खड्काले जानकारी दिए ।घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ...
उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए १८८८ कोरोना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए १८८८ कोरोना संक्रमित

समाचार
कात्तिक १४ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये १ हजार १०७ जना पुरुष रहेका छन् भने ७८१ जना महिला रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० गरी जम्मा १६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार चार हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।२४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्...
७१ संक्रमित भेन्टिलेटरमा, ३०० को आईसीयूमा उपचार हुँदै

७१ संक्रमित भेन्टिलेटरमा, ३०० को आईसीयूमा उपचार हुँदै

समाचार
कात्तिक १४ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३ सय ७१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ ।मन्त्रालयको तथ्यांक अनुसार ७१ जना भेन्टिलेटरमा र ३०० जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९१ जना आईसीयूर ५५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४० जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आइसियु र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ५ आईसीयूमा, गण्डकी प्रदेशमा १५ आईसीयू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन् । ...
स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा लागू गरौं :डा.डिआर उपाध्याय

स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा लागू गरौं :डा.डिआर उपाध्याय

समाचार, स्वास्थ्य
कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ। कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा संक्रमणको जोखिम उच्च देखिएको छ । यो भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण र आधारभूत उपाय भनेकै सावधानी अपनाउनु हो। यसबाट बच्न सकिने उपाय भनेको सरसफाइमा ध्यान दिनु पर्छ । मास्क प्रयोग गर्न छोडनु हुदैन । हातले नाक, मुख र ऑखा छुनु हुदैन । बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुनु पर्छ । पोसिलो खानेकुरा खानु पर्छ । माछा, मासु राम्रोसँग पकाएर खानु पर्छ । भीडभाडमा सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गर्नु पर्छ । संक्रमित तथा रुघा...