आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

तिब्र गतिको स्कार्पियो धादिङमा पल्टियो

कात्तिक १४ धादिङ । धादिङमा स्कार्पियो दुर्घटना हुँदा ५ घाइते भएका छन् भने २ को अवस्था गम्भीर बनेको छ ।प्रहरीका अनुसार बुटवलबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा १२ च ४४१० नम्बरको स्कार्पियो सडकबाट खोल्सामा खसेपछि यो विपत निम्तिएको हो ।

घटना धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा घटेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनाग्रस्त बा १२ च ४४१० नम्बरको स्कार्पियोमा सवार सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपि युवराज खड्काले जानकारी दिए ।घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *