कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत
कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोन औषधिको ट्रायलको सुरुवाती नतिजाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वागत गरेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले डेक्सामेथासोन औषधिको करिब २ हजार बिरामीमा परीक्षण गरेका थिए । ट्रायलमा यो औषधि कैयौं बिरामीको ज्यान बचाउन सफल रहेको पाइयो ।
वैज्ञानिकहरुका अनुसार डेक्सामेथासोन पहिलो यस्तो औषधी हो जो कोरोना बिरामीको ज्यान बचाउन सफल भइरहेको छ । बेलायत सरकारले डेक्सामेथासोन औषधिबाट कोरोना बिरामीको उपचारको अनुमति दिएको छ । यो एक पुरानो र सस्तो औषधि हो । अनुसन्धान टिमका नेतृत्वकर्ता डा. मार्टिन ल्याण्ड्रेले भनेका छन् कि जहाँ पनि उचित हुन्छ अब ढिलाइ नगरी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई यो औषधि दिइनुपर्छ । तर, बिरामीले डाक्टरको सल्लाहबिना यो औषधि आफैं किनेर भने खानु हुँदैन ।
बीबीसीका अनुसार डेक्सामेथासोनबाट खासगरी भेन्टिल...









