पाटेबाघको आक्रमणबाट एक जनाको गयो ज्यान
कात्तिक १६ काठमाडौं । बर्दियामा पाटेबाघको आक्रमबाट एक जनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको ज्यान गएको हो ।
घर नजिकैको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गएको हो । बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीं छाडेको र एउटा गोरुलाई बोकेर जंगलतर्फ लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली खटिसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए । यस्तै इलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली पनि खटिएको छ ।
नेपाल भारत सीमा नजिकको मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्...









