आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

‘कुइनेटो’ उत्कृष्ट चलचित्र

‘कुइनेटो’ उत्कृष्ट चलचित्र

मनोरन्जन, समाचार
काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म&nbs...
वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुल्यो

वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुल्यो

मनोरन्जन, समाचार
आज वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुलेको घोषणा गरेको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मन्च हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उ...
जनताको आयस्रोत भन्दा खर्च बढि

जनताको आयस्रोत भन्दा खर्च बढि

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय,  काठमाडौं। पटक–पटकको मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार भाउ छोइ नसक्नु छ । ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्दा त्यसको चौतर्फी असर सबै तिर देखिएको छ। सर्बसाधरण जनतालाई महँगीको भार थेक्न हम्मेहम्मे परेको छ। दैनिक उपभोग्य वस्तुमा पर्ने तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्यवस्तुको मूल्य बढेर दोब्बर भएको छ। यस्तो भए पछि जनता के खाएर बाँच्ने ? जनताको आयस्रोत भन्दा खर्च बढि हुदै गएको छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । रोजगार नपाएर युवाहरु सडकमा भौतारिरहेका छन । देशको अबस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ । जनताको जनजीविकाको सवालमा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । गरिव जनता महंगीका कारण बिहान बेलुकाको हात मुख जोर्न नसक्ने अबस्थामा पुगेका छन । देशमा काम गरेर खाने उचित बातावरण अझ...
साधना म्युजिक ‘रिवार्ड’को फारम खुला

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला

मनोरन्जन, समाचार
साधना म्युजिक ‘रिवार्ड’को फारम खुला गरिएको छ । नेपाली गीत सङ्गीतको विभिन्न विधामा हुने गरेको साधना म्युजिक अवार्ड अव परिमार्जीतसहित हुन लागेको ‘रिवार्ड’को फारम खुला गरिएको हो । लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा सक्रिय संस्था सामना म्युजिक क्रियशनले ‘रिवार्ड’को शुरुवात गर्न लागेको हो । गीत सङ्गीतका विभिन्न २१ विधामा स्रष्टा÷सर्जकलाई ‘रिवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोस्रो साधना म्युजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्युजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिनुभयो । नेपाली गीत सङ्गीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरूलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आ...
संचारकर्मी राजेन्द्र लुईटेललाई ‘सान डे’को अवसरमा विशेष सम्मान

संचारकर्मी राजेन्द्र लुईटेललाई ‘सान डे’को अवसरमा विशेष सम्मान

समाचार, समाज
काठमाडौं । संचारकर्मी राजेन्द्र लुईटेललाई सान डेको अवसरमा विशेष सम्मान प्रदान गरिएको छ ।सान ईन्टरनेशनल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा उनलाई सान डे विशेष पत्रकारिता सम्मान प्रदान गरिएको हो । लामो समयदेखि संचार क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरुलाई आफ्नो वार्षिकोत्सवका अवसर पारेर प्रत्येक वर्ष प्रदान गरिदै आएको सान डे विशेष सम्मान यो पटक संचारकर्मी लुईटेललाई प्रदान गरिएको हो । झण्डै दुई दशकदेखि विभिन्न संचार क्षेत्रमा आवद्ध लुईटेललाई कलेजका प्रमुख डा.सुवाष घिमिरे तथा प्रमुख अतिथी वरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री भद्रा कुमारी घलेले संयूक्त रुपमा सम्मान गरेका थिए । Rajendra Luitel,Media Person राष्ट्रखवर डटकम,तथ्यखबर डटकम,राष्ट्रपत्र डटकम,प्याजेन्ट नेपाल डटकम,ग्यालेक्सि दैनिक लगायत संचारमाध्यमका प्रमुख समेत रहेका संचारर्मी लुईटेल गिनिज बुक अफ वल्र्ड रेकर्डबाट मिडिया को...
विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा जलवायु परिवर्तन  बिचार गोष्ठी

विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा जलवायु परिवर्तन बिचार गोष्ठी

समाचार, समाज
विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धि बिचार गोष्टि सम्पन्न भएको छ। सगरमाथा दिवसको अवसरमा सगरमाथा कै आधार शिबिर ५३६४ मिटरको उचाईमा उक्त गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीमा सहभागी हुन Colorado state university, USA का वरिष्ठ वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joel Berger, University of Colorado Boulder, USA को वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joanna Lambert नेपाल आउनु भएको थियो। विश्व भर तीब्र गतिमा जलवायु परिवर्तनको असर देखिएको र त्यसको असर अविकसित राष्ट्र नेपाल जस्तो देशहरुलाई तीब्र गतिमा परि रहेको छ। ०.०२५% कार्वन उत्सर्जन गर्ने नेपाल अहिले चौथो पीडित राष्ट्रमा पर्दछ। जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर गर्ने विज्ञहरुको भनाई छ। कतिपय विज्ञहरुले पाच वर्ष भित्र सगरमाथा आधार शिबिर तालमा परिणत हुने प्रक्षेप...
बाटिका मन्टेश्वरीमा डिजी मेडिकलबाट स्वास्थ्य परिक्षण

बाटिका मन्टेश्वरीमा डिजी मेडिकलबाट स्वास्थ्य परिक्षण

शिक्षा, समाचार
काठमाडौं- कपन स्थित खरिबोटमा रहेको बाटिका मन्टेश्वरीमा स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको उक्त मन्टेश्वरीमा अध्ययनरत सा साना विद्यार्थीहरुका लागि स्वास्थ्य परिक्षण गरिएको हो । पुतलीसडकमा रहेको डिजी मेडिकल एण्ड हेल्थ केयरका मेडिकल डाईरेक्टर डा.निरन्जन श्रेष्ठ लगायत वरिष्ठ स्वास्थ्यकर्मीको टिमले करीब ४५ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै ल्याबको सुविधा समेत प्रदान गरेको थियो ।२०७२ सालमा स्थापना भएको उक्त मन्टेश्वरीले प्रत्येक वर्ष वरिष्ठ चिकित्सकहरुबाट वालवालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक औषधोपचारको समेत व्यबस्था गराउदै आएको छ । छोटो समयमा अभिभावक तथा वालवालिकाको रोजाईमा पर्न सफल बाटिका मन्टेश्वरीले सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गर्दै आएको छ । पूर्ण पारिवारीक वातावारणमा संचालित उक्त मन्टेश्वरीले वालवालिकाको ...
वरिष्ठ सौन्दर्यविद सुषमा महरा ‘महिला उधमी सम्मान’बाट सम्मानित

वरिष्ठ सौन्दर्यविद सुषमा महरा ‘महिला उधमी सम्मान’बाट सम्मानित

मनोरन्जन, समाचार
जेठ १४,काठमाडौं । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन”फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महरा महिला उधमी सम्मानबाट सम्मानित भएकी छिन । काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच महरालाई सम्मान गर्नु भएको हो। सम्मानित महराले संचालित फेसियल हाउस ले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन ,हेयर,व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ, जेल नेल आर्ट, पर्मामेन्ट मेकअप,पेयर सि...
‘एमटिआर’को स्वरमा ‘घरकी रानी’ सार्वजनिक(भिडियो)

‘एमटिआर’को स्वरमा ‘घरकी रानी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
मनोज ताम्राकार ‘एमटिआर’ को स्वरमा रहेको गीत ‘घरकी रानी…’ सार्वजनिक भएको छ । मनोजकै शब्द, सङ्गीत ओम सुनारको एरेञ्ज र साजन शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=51_cTb0ABGs ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा निशान एसकेको निर्देशन रहेको छ । दिपक गिरीको छायाँकन र प्रकाश एसको सम्पादन तथा कलर रहेको गीतको भिडियोमा रेश विसी, सञ्जु थलाङलाई फिचरिङ गरिएको छ । युवा पुस्तालाई लक्षित गरिएको गीतको भिडियो एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो । ...
बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन

बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन

अपराध, समाचार
-डा. डि आर उपाध्याय खनाल, काठमाडौं-  बलात्कारको ग्राफ दिन प्रति दिन उकालो लाग्दो छ । आधुनिक मानविय सभ्गतालाई यसले क्षतविक्षत पारिरहेको छ । प्रहरीका अनुसार ०५३/०५४ देखि २०७६/०७७ सम्म देशभर १४ हजार ६३८ महिला बलात्कृत भएका छन् । प्रत्येक वर्ष औषत २० प्रतिशतका दरले बलात्कारका घटना बढिरहेको छन् । २०७७ मंसिरमा महोत्तरी बर्दिबासकी ६ वर्षिया बालिकाको बलात्कार पछि हत्या जस्ता अनेकौं कालो धब्बा समय समयमा देखिने गरेका छन् । राजधानी काठकाण्डौको चाबहिल स्थित सेन्टलरेनसका शिक्षक यसै साता पक्राउ गरिए । उनीमाथि ११–१२ कक्षाकी छात्राहरुसँग यौन दुव्र्यवहार गर्ने गरेको आरोप कलेजका विद्यार्थीहरुले नै लगाएका छन् । राजधानीमै ८ वर्ष अघि सौन्दर्य प्रतियोगितामा सहभागी हँदा आफुलाई बेहोस बनाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरेर निरन्तर ५ महिना यौन शोषण गरेको भन्दै पिडित युवतीले भिडिया मार्फत हालै...