आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

नेपाल एयर होस्टेस एकेडेमीका ५५ जना एयर होस्टेस दीक्षित

नेपाल एयर होस्टेस एकेडेमीका ५५ जना एयर होस्टेस दीक्षित

आर्थिक, समाचार
काठमाडौं । सात महिना पहिला एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकेडेमीमा भर्ना भएका ५५ जना एयर होस्टेस आज दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले जानकारी दिए । विमान परिचारिकालाई ग्ल्यामर तथा आर्कषक पेशा मानिन्छ । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको हुन्छ । त्यसैले यसको आकर्षण पनि बढ्दो छ । दीक्षान्त समारोहमा एकेडेमीका मुख्य प्रशिक्षक एवं नेपाल वायुसेवा निगमका सेवानिवृत्त वरिष्ठ एयर होस्टेस गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, व्यक्तित्व प्रशिक्षक रोजिन शाक्य तथा संस...
सुरेन्द्र बसेलको निर्देशनमा ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)

सुरेन्द्र बसेलको निर्देशनमा ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौँ, जेष्ठ १२ लामो समयदेखि नृत्य विधामा आफ्नो राम्रो स्थान बनाउदै निरन्तर यस् क्षेत्रमा कोरियोग्राफीसंगै म्युजिक भिडियोमा पनि सक्रि निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलले आफ्नै युट्युब च्यानल बसेल कृयशन मार्फत पहिलो प्रस्तुतिको रुपमा ‘एक तोलाको वाला’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेका छन । https://youtu.be/2-XJZ8f4Yew थुप्रै चर्चित टेलिसिरियल मेरी बास्सै, सक्किगो नि लगायत ,म्युजिक भिडियोमा अभिनय मार्फत आफ्नो ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेको लगायत मोडेल बिना राउत, बिकास नेपालीको रमाइलो अभिनय देख्न सकिन्छ । गायक भुवन थापा मगर र गायिका सिता पौडेलको सुमधुर आवाजले सजिएको गीतमा शब्द डि बी खनाल संगीत शंकर स्माईलीको रहेको छ भने एरेन्ज उदयराज पौडेल रहेको छ । ...
तामाङ भाषाको चलचित्रमा नायक सागर घिसिङको सफलता

तामाङ भाषाको चलचित्रमा नायक सागर घिसिङको सफलता

मनोरन्जन, समाचार
काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संसार सामु चिनाउने जमर्को गरेर अगाडी बढिरहेका घिसिङले तामाङ कल्चरका अलवा नेपाली लगाएत अन्य भाषा तथा कल्चरहरुलाई पनि असाध्यै माया गर्ने बताए छन् । घ्रान, हल्ला लासी लगायतका तामाङ चलचित्रहरुमा आफ्नो दमदार प्रस्तुती देखाईसकेका नायक तथा मोडल घिसिङकै अभिनयमा“त्यो रात, पिरोमा रैछ, मेरो रुप, च्याङ्वाले, कोही छ की” लगाएत दर्जनौं नेपाली भाषामा तैयार भएका भिडियोहरु एवं “ए विना ङा, फ्याफुल्ला माया, नेस...
‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण सम्पन्न

‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण सम्पन्न

मनोरन्जन, समाचार
एएनपी मिडिया हाउसद्वारा आयोजित ‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगितामा ‘टीन गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘सिनियर गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार मुख्य बिजेता घोषित भए । ‘टीन गर्ल्स’तर्फ सरिला तामाङ्गले उपाधि जितेकी छिन। तामाङ्गले विजेताको उपाधीसंगै ग्लोबल अनलाईन पे मार्फत संचालित डिजिटल भोटिङ्ग मार्फत सर्वाधिक भोट प्राप्त गरि पब्लिक चोईस अवार्ड समेत हात पारिन। त्यसैगरी सत्यकला राई फर्स्ट रनर अप र रश्मि चौधरी सेकेन्ड रनर अप घोषित भए। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ सुशान्त चौलागाईले शिर्ष उपाधी जितेका छन । त्यसैगरी अकेम्सन सुनुवार फष्ट रनर अप र शिसिर घिमिरे सेकेण्ड रनरअप घोषित भए भने सुप्रिम गुभाजु पब्लिक चोईस अवार्ड विजेता बन्न सफल भए। यस्तै ‘सिनियर गर्ल्स’तर्फ ईछिङ्ना लिम्बू विजयी भएकी छिन । प्रसंस्का ढकाल फर्स्ट...
‘द फ्लिक मोडल्स’ आयोजना हुँदै

‘द फ्लिक मोडल्स’ आयोजना हुँदै

मनोरन्जन, समाचार
‘द फ्लिक मोडल्स’ को अडिसन काठमाडौंको दरवारमार्गस्थित लाल दरवार लज एण्ड रेस्टुरेन्टमा शनिवार सम्पन्न भएको छ। “जिवनभरका लागि आफ्नो सपना साकार बनाउने अवसर” भन्ने मूल नाराका साथ शुरु गरिएको प्रतियोगिताको अडिसनमा १५ जना पुरुष मोडल र ३५ जना महिला मोडलहरुले भाग लिएका थिए । देशका कर्णधार मानिने युवाशक्तिको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकासको आवश्यकतालाई महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजका एक सजग र जिम्मेवार मोडलको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था फोकस फेशन हाउसले जनाएको छ। नेपालकै अग्रणी भोटिङ सर्भिस प्रदायक ग्लोबल अनलाईन पे संगको सहकार्यमा संचालित उक्त प्रतियोगिताको अडिसनमा तेन्जिङ छेतेन भुटिया, सिर्जना रेग्मी, सविता कार्की र प्रतियोगिताको अफिसियल कोरियोग्राफर जयनसुब...
‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला

‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला

मनोरन्जन, समाचार
 ‘मिस्टर एण्ड मिस नवलपरासी २०२२’ का लागि आवेदन खुल्ला गरिएको छ । पि प्रोडक्सनले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो । मिस्टर एण्ड मिस नवलपरासी प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ६ देखि २६ बर्ष उमेर समूहका प्रतिस्पर्धीहरुले ग्लोवल अनलाईन पे को वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगीताको ग्राण्ड अडिसन यहि जेष्ठ १४ गते शनिवार परासीस्थित सिद्धार्थ पार्क रेजेन्सीमा हुनेछ। प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नवलपरासी’, ‘मिस्टर एण्ड मिस टिन नवलपरासी’ र ‘मिस्टर एण्ड मिस लिटिल नवलपरासी’ गरी तीन मुख्य टाइटल रहनेछन् । आफू भित्रको रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा ...
दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई रुचाए जनताले

दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई रुचाए जनताले

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरु इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गदै जाने छन । अहिलेको स्थानीय चुनावको मत परिणामले राजनीतिक दल प्रति जनताको बिश्वास बिस्तारै घटदै गएको अनुमान लगाउन सकिन्छ । अब नेपालका राजनीतिक दलहरुले बिगतका गल्तिबाट पाठ सिकेर अघि बढनु पर्ने अबस्था देखिएको छ । यो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएको देखियो । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न सचेत गराएको छ । त्यसैले अब राजनीतिक दलका नेता सच्चिनु पर्ने देखिएको छ । काठमाडौं महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरले अगाडि छन । दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार शाह मतमा अघि देखिनु भनेको दलहरु...
एकै मन्चमा डिएस्ए स्टार र ट्यालेन्ट स्टार नेपालको फिनाले

एकै मन्चमा डिएस्ए स्टार र ट्यालेन्ट स्टार नेपालको फिनाले

मनोरन्जन, समाचार
रिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरमा ज्येष्ठ ७ गते डि एस् ए स्टार २०२२ सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । नेपाल बायु सेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख निर्णायकमा नेपाल शसस्त्र प्रहरी बलका डि आई जि कृष्ण भक्त ब्रम्हाचार्य हुनुहुन्थ्यो भने निर्णायकमा अभिनेता रोबिन पोखरेल, लायन प्रनिता बराल, सञ्चारकर्मी दशरथ सुनार, चलचित्र लेखक तथा निर्देशक जगादीश्वर थापा रहनु भएको थियो भने ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को निर्णायकको रुपमा वरिष्ठ अभिनेता शुशील पोखरेल, वरिष्ठ गीतकार बि.बि. थापा, चलचित्र छांयाकार निरज कंडेलको उपस्थीति रहेको थियो । कार्यक्रम लाई आर सी कोला ले प्रायोजन गरेको थियो कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका...
‘मिसेस ग्लोबल नेपाल–२०२२’ को ताज निता लिङ्देनले हात पारिन्

‘मिसेस ग्लोबल नेपाल–२०२२’ को ताज निता लिङ्देनले हात पारिन्

मनोरन्जन, समाचार
‘मिसेस ग्लोबल नेपाल’ को पाँचौं संस्करणको उपाधि ताप्लेजुङकी निता लिङ्देनले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा सम्पन्न विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा सन्तोषी क्षेत्री फस्ट रनर अप तथा मालती कार्की सेकेण्ड रनर अप हुन सफल भएका छन् । चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा झण्डै तीन साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा एक दर्जन प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो । जसमा निता लिङ्देन मोस्ट इन्टिलिजेन्ट, सन्तोषी क्षेत्री मोस्ट स्मार्ट, मालती कार्की मोस्ट कन्फिडेन्ट, मेक्सरी पुन मगर मोस्ट एट्रयाक्टीभ, रुपा शाही वेस्ट फोटोजेनिक, सरस्वती अधिकारी वेस्ट डिसीप्लीन, कोपिला लामा वेस्ट कम्प्लेक्सन, गोम...
मिस नोवेलकोे ताज केन्जललाई

मिस नोवेलकोे ताज केन्जललाई

मनोरन्जन, समाचार
काठमाडौं –मिस नोवेल नेपाल २०२२को ताज केन्जल योङहाङले जित्न सफल भएकी छन्, त्यस्तै गरी नोर्चेन लामाले फस्ट रनर अप एवं जेनिभा महर्जन सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा बुधबार राजधानीमा सम्पन्न प्रतियोगितामा किसोरीहरुले सुन्दरता सँगै बौद्धिकताको प्रस्तुतीकरण गरेका थिए । यस वर्षको वेस्ट फेसन कोरियोग्राफर उपाधि विजेता चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले कार्यक्रमको कोरियोग्राफी गरेकी थिइन, जसमा प्रतियोगीहरुले परिचयात्मक, वेस्ट ड्रेस, प्रश्नोत्तर लगायत विविध चरणहरु पार गर्दै क्राउनिङ चरण सम्म पुगेका थिए ।कार्यक्रममा प्रतियोगीहरुले विविध सवटाइटल अवार्डहरु पनि जित्न सफल भएका थिए । जसमा केन्जल योङहाङले वेस्ट क्याटवाक र वेस्ट ड्रेस, नोर्चेन लामा मोस्ट एट्रयाक्टीभ, जेनिभा महर्जन मोस्ट कन्फिडेन्ट, आराधना घले वेस्ट पर्सनालिटी, अस्मिता विश्वकर्मा वेस्ट फोटोजेनिक, ड...