काठमाडौं । संचारकर्मी राजेन्द्र लुईटेललाई सान डेको अवसरमा विशेष सम्मान प्रदान गरिएको छ ।
सान ईन्टरनेशनल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा उनलाई सान डे विशेष पत्रकारिता सम्मान प्रदान गरिएको हो । लामो समयदेखि संचार क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरुलाई आफ्नो वार्षिकोत्सवका अवसर पारेर प्रत्येक वर्ष प्रदान गरिदै आएको सान डे विशेष सम्मान यो पटक संचारकर्मी लुईटेललाई प्रदान गरिएको हो । झण्डै दुई दशकदेखि विभिन्न संचार क्षेत्रमा आवद्ध लुईटेललाई कलेजका प्रमुख डा.सुवाष घिमिरे तथा प्रमुख अतिथी वरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री भद्रा कुमारी घलेले संयूक्त रुपमा सम्मान गरेका थिए ।

Rajendra Luitel,Media Person

राष्ट्रखवर डटकम,तथ्यखबर डटकम,राष्ट्रपत्र डटकम,प्याजेन्ट नेपाल डटकम,ग्यालेक्सि दैनिक लगायत संचारमाध्यमका प्रमुख समेत रहेका संचारर्मी लुईटेल गिनिज बुक अफ वल्र्ड रेकर्डबाट मिडिया कोअर्डिनेटरको समेत प्रमाण पत्र प्राप्त गरेका छन । लुईटेलले विभिन्न संघ संस्थाबाट उत्कृष्ट संचारकर्मीको अवार्ड एवं अमेरिका बुक अफ रेकर्डस तथा युरेपियन रेकर्डस बुकबाट समेत संचारकर्मीको रुपमा अनर प्राप्त गरिसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here