आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

मानबहादुर तामाङ्ग नेपाली काङ्ग्रेसको प्रतिनिधिसभा दुईको उपसभापतिमा मनोनीत

मानबहादुर तामाङ्ग नेपाली काङ्ग्रेसको प्रतिनिधिसभा दुईको उपसभापतिमा मनोनीत

राजनीति, समाचार
काठमाडौ:नयाँ युग नयाँ नेतृत्व पार्टी पुरानो मान्छे नयाँ बच्चै देखि नरम स्वभाव लगनशीलता अनि केही गरौ देश जनता र समाजको निम्ति केही न केही सोच लिइ रहने निरंकुशता शासन, बिकृती, बिसङ्गती बिरुद्ध लडाइँ लढदै आफुलाइ समाजमा उभ्याउन सफल सक्षम ब्यक्ती हुन । काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा न,१ स्थित कोट्याङ गाउमा जन्मिएका मान बहादुर तामाङ उनी अहिले मात्रै होइनन बाल्यकाल देखि नै चर्चामा आइ रहन्छ-तत्कालीन नेकपा एमालेको क्षेत्रीय अध्यक्ष समेत रहेको तामाङ गत स्थानीय चुनाब पश्चात् उनी नेपाली कङ्ग्रेसमा प्रबेश गरेका थिए । उनी नेकपा एमाले बाटै पार्टी बाट सन्यास लिने सोच गरिरहेका तामाङले कहिले पनि पद को पछि परेनन राजनितीमा उनी भन्द पछिका गोकुल बास्कोटा मन्त्री भै सकेका छन ,बास्कोटा त प्रतिनिधि पात्र मात्रै हुन तामाङ भन्द जुनिएर थुप्रै नेताहरुले पदको लागि उनलाइ पछि पारी सकेका छन , उनी भने द...
नेपाल -चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष

नेपाल -चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष

राजनीति, समाचार
काठमाडौं । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव। यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन्। राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेको स्मरण राष्ट्रपति भण्डारीले गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजक...
पर्साका सांसद प्रदिप यादवमा कोरोना संक्रमण

पर्साका सांसद प्रदिप यादवमा कोरोना संक्रमण

राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं। प्रतिनिधिसभाका सांसद प्रदिप यादवमा कोरोना संक्रमण देखिएको छ। पर्साबाट प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित जनता समाजवादी पार्टीका सांसद यादवले आफ्नो फेसबुकमाफर्त आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। उनले आफूले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको र वीरगञ्जस्थित आफ्नै घरमा आइसोलेशनमा बसेको बताएका छन्। यादव संक्रमित हुने पहिलो सांसद हुन्। यसअघि कर्णाली प्रदेशका सदस्य जीवनबहादुर शाही संक्रमित भएका थिए। उनी ठिक भएर अस्पतालबाट डिस्चार्ज भइकसकेका छन्। ...
तालिवानद्वारा तीन दिने युद्धविराम घोषणा

तालिवानद्वारा तीन दिने युद्धविराम घोषणा

अन्तराष्ट्रिय, राजनीति
एजेन्सी- तालिवानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ। मंगलबार नै दुई महिनाभन्दा बढी अवधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वको समय पारेर युद्धविरामको घोषणा गरेको हो। तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भने, ‘सबै मुजाहिद्दीन (तालिबानी लडाकू)लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ।’ यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताएका थिए। ...
सरकारले जनताका पिर मर्का बुझन सकेन : डा. डीआर उपाध्याय

सरकारले जनताका पिर मर्का बुझन सकेन : डा. डीआर उपाध्याय

राजनीति, समाचार
– डा. डीआर उपाध्याय कोरोना भाइरस (कोभिड-१९)को महामारीको रोकथाम र नियन्त्रण भन्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको छ । यो चार महिनाको अवधिमा मुलुकको अर्थतन्त्र कमजोर बन्न पुगेको छ । यस्तै पछिल्लो समय देशभर देखिएको बाढी पहिरोले आम जनतालाई थप आक्रान्त बनाएको छ । देश यस्तो परिस्थितिबाट गुज्रिरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने पार्टीभित्रको अन्तरद्वन्द्वममा फसेको छ । यसले आम जनमानसमा निराशा छाएको छ । सरकारले जनताका पिर मर्का बुझन सकेन । नेताहरु सत्ता कसरी जोगाउने भन्र्ने आन्तरिक झगडामा लागीरहेका छन् । सत्तारूढ दल नेकपाको आन्तरिक विवाद के को लागि हो ? यो बेमौसमी वाजा किन बजाइएको छ ? यति बेला सत्तारुढ दलको यो गतिविधि देखदा जनताको आशामा निराशा छाएको छ । नेकपा र तत्कालिन माओवादी एक भएर चुनाव लडदै आम जनतामाझ बाँडेका सपना,...
लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

राजनीति, समाचार
सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ। गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए। आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए। लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए। सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए। यद्यपि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए। सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ। सेमिनार र भेला भने...
नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित,अर्को बैठक साउन ६ गते

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित,अर्को बैठक साउन ६ गते

राजनीति, समाचार
काठमाडौं ,४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ । ...
नेकपाले आम कार्यकर्ताको चाहनामाथि बज्रपात गर्नुहुँदैन :डा. डीआर उपाध्याय

नेकपाले आम कार्यकर्ताको चाहनामाथि बज्रपात गर्नुहुँदैन :डा. डीआर उपाध्याय

राजनीति, समाचार
– डा. डीआर उपाध्याय अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गम्भीर सङ्कटम देखा परेको छ । विश्व नै कोराना कहरमाा रहेको नेपालमा पनि त्यसको कहरको मारमा पर्नुका साथै बाढी पहिरोले आम जनतालाई आक्रान्त बनाइरहेको वर्तमान अवस्थामा नेकपाका शीर्ष नेताहरू गम्भीर हुनुपर्नेमा, पार्टी जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा, आन्तरिकद्वन्द्वमा फसेको छ । अहिले देखिएको नेकपा भित्रको विवादले नेकपा मात्र होइन, मुलुकको राजनीतिक अभ्याससमेत सङ्कटमा पर्न सक्ने खतरा देखिएको छ । त्यसकारण अहिले सत्तारुढ नेकपाका शीर्ष नेताहरूले संयमता र लचकता प्रदर्शन गर्नुपर्ने जरुरी छ । किन भने यो सङ्कटबाट देश र पार्टीलाईं जोगाउनु पर्ने वर्तमान आबश्यकता देखिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको पार्टी अध्यक्ष र प्रध...
प्रदेश पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिका कर्णाली प्रदेशमा गाभिने निर्णय

प्रदेश पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिका कर्णाली प्रदेशमा गाभिने निर्णय

राजनीति, समाचार, समाज
काठमाडौं। प्रदेश नम्बर पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको छ। हालै सम्पन्न नगरसभाबाट कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको सोमबार सार्वजनिक गरिएको हो। राज्य पुनर्संरचनाअनुसार बाँकेलाई प्रदेश नम्बर ५ मा राख्नु नै गलत भएकाले नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामीलाई प्रदेश पाँचमा राखेर पहिलो गल्ति गरियो। अब राजधानी पनि उता रुपन्देही हुने भएपछि त्यो हाम्रो लागि अपायक हुन्छ। त्यसैले पनि हामीले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेका हौं।’ तर यसरी कुनै स्थानीय तहले कुनै प्रदेश छोड्ने र कुनै प्रदेशमा गाभिने निर्णय गर्न पाउने कानुनी अधिकार भने छैन। तर, प्रेसर क्रियट गर्न नगरपालिकाले यस्तो निर्णय गरेको उपमेयर चौधरीले बताइन्। त्यसो त बाँकेकै ...
भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री ओली

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्। भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन्। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई छ। उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हाे। अहिले खडा गरिएको अयोध्या होइन।’ प्रधानमन्त्रीले थपे, ‘अयोध्या भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी ...