नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको २४ सदस्यीय बोर्ड गठन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बोर्ड गठन गरिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरिएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
लामो समयसम्म एमालेको संसदीय बोर्ड नभएकोले आजको बैठकले २४ जना सदस्य रहनेगरी बोर्ड गठन गरिएको सांसद तामाङले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सांसदहरुको सदस्यहरु रहेका छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, संसदीय दलको प्रमुख सचेतक विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य रहेका छन् । त्यस्तै झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुविर महासेठ, नारदमुनी राना, मोहन बानिया, उपेन्द्र थापा, खेम लोह...






