बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेकपा एमाले संसदीय दलको बैठक,आजबाट शुरु भएको भेला भोलि सम्म चल्ने

सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

स‌सदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा जारी उक्त पक्षको कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने बताए । आजबाट शुरु भएको भेला भोलि सम्म चल्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *