शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सकिए लगत्तै प्रचण्ड र नेता नेपालको भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका छन् ।

आइतबार पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सकिए लगत्तै प्रचण्ड नेता नेपालसँगको भेटवार्ताका लागि उनको निवास कोटेश्वर पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भएको नेपालको सचिवालयले जनाएको छ ।

उनीहरुबीच समसामयिक राजनीतिक परिस्थिति र अब कसरी मिलेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा रहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक ठाउँमा रहेका प्रचण्ड–नेपाल समूहको २४ गते स्थायी समितिको बैठक बसेको थियो । सोही बैठकपछि वरिष्ठ नेता नेपालसहितका नेताहरु पेरिसडाँडाबाट विदा भएर एमालेतिर फर्किएका थिए ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी व्यूतिएपछि पनि माधव नेपाल झलनाथहरुसँग कुनै छलफल गरेका छैनन् भने आफू पक्षधर केन्द्रीय सदस्यहरुको बैठकले उक्त समूहका नेताहरुको जिम्मेवारी खोस्दै आफू पक्षधरलाई दिने काम गरेपछि एमालेमा विवाद उग्र बनेको छ ।

नेकपा भित्र माधव पक्षले कव्जा गर्ने नभए विद्रोह गरेर आफूहरु एक हुने दावी प्रचण्डले गरेका थिए । आइतबार माओवादीको स्थायी कमिटी बैठक जारी रहँदा नेता नेपाल पक्षका नेता भीम रावल पेरिसडाँडा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *