आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

देश मियो बिनाको दाइँजस्तो

देश मियो बिनाको दाइँजस्तो

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपाली जनताले राजनीति परिवर्तनका लागि पटक पटक आन्दोलन गरे । जनताकै बलमा देशमा राजनीकि परिवर्तन त भए तर जनताले परिवर्तनवाट खासै केहि पाएनन् । जनताले राजनीतिक दलहरुलाई सहयोग गदै आएका छन । तर राजनीतिक दलहरुले जनताको भाग्य र भविश्य माथि खेलवाड गरे । यो नै दुख्खको कुरा हो । परिवर्तनका लागी हजारौं जनता शहीद भए । नेपाली जनताका छोरा छोरीहरु देशको मुहार फेर्न शहीद भएका हुन । कुनै नेताको ब्यक्तिगत जीवन सुधार्न शहीद भएका होइनन् । नेपाली जनताको बलमा राज्यव्यवस्था नै परिवर्तन भयो । संविधान सभाबाट संविधान बन्यो । अब त देशमा विकासको लहर आउला कि भन्ने बेलामा फेरि राजनीतिक दलहरु एक आपसमा लडेर राजनीतिक अस्थिरता ल्याउने खेलमा छन । सत्तामा पुगेका दलका नेताहरु आपसी मनमुटावमा छन । अहिले हरेक दलभित्र गुट, उपगुटको राजनीति चलिरहेको छ । सत्ता स्वार्थको राजनीतले देश अघि बढन सकेको छैन । ने...
मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन माधव नेपाल समूह सहमत

मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन माधव नेपाल समूह सहमत

राजनीति, समाचार
प्रदेश नम्बर एक सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध संसदमा दर्ता भएको अविश्वासको फिर्ता लिने सहमति भएको हो। योसँगै मुख्य मन्त्री राईको पद पनि जोखिएको छ। बुधबार मुख्यमन्त्री राईले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूहका नेताहरुले आफूहरु अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको जनाएका थिए। संसदीय दलको बैठकमा माधव नेपाल समूहबाट दुई जना सदस्य सहभागी भएका थिए। उनीहरुले शीर्ष नेताहरुबीच प्रदेश एक र तीन नम्बरमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा शीर्ष नेताहरुबीच सहमति भइसकेकाले आफूहरुले पनि प्रदेश एकमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराएको माधव नेपाल समूहका प्रदेश सभा सदस्य राजेन्द्र राईले जानकारी दिए। ‘आज मुख्यमन्त्रीले बोलाउनु भएको दलको बैठकमा हाम्रो समूहबाट दुई जना सदस्य तुलसीप्रसाद अधिकारी र लिलावल्भव न्यौपाने सहभागी हुनु भएको थियो,’ राईले ...
राजनीतिक स्थिरता नै मुलुकको हितमा

राजनीतिक स्थिरता नै मुलुकको हितमा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अव दलहरु मिलेर राजनीतिक गतिरोध टोडि मुलुकलाई निकास दिनु पर्ने आबश्यकता देखिएको छ । राजनीति एउटा गतिका साथ अघि बढनु पर्छ । नेपाली जनताले देशको बिकास र समृद्धि होस् भन्ने चाहेका छन । यो जनताको चाहाना दलहरुले पुरा गरिदिनु पर्छ । हिजो चुनावमा जनता संग गरेका बाचा कवुल दलहरुले पुरा गरिदिन सक्दैनन् भने जनताले दलहरु लाई आगामी निर्वाचन मार्फत उचित फैसला गर्ने छन । अहिले मुलुकमा बिघटित प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्था छ । तर, पनि संसद्ले उपयुक्त विजनेसअनुसार काम गर्न सकिरहेको छैन । अहिले देशमा जुन किसिमका राजनीतिक गतिविधि भैरहेका छन ती देखेर जनता निराश बन्न बाध्य छन । जनतालाई निराश बन्न दिनु हुदैन । यदि जनता निराश भए भने देशमा समस्या उत्पन्न हुन सक्छ । यो कुरा दलहरुले राम्रो संग बुझन जरुरी छ । नयाँ सरकार बन्ने हल्लासँगै मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ जाने हो की भन्ने ...
बेरोजगारी समस्या नै देशको लागी गम्भिर चुनौति

बेरोजगारी समस्या नै देशको लागी गम्भिर चुनौति

राजनीति, समाचार
डा.डिआर उपाध्याय, लामो समय देखि नै हाम्रो देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी गम्भिर चुनौतिको बिषय हो । यो चुनौतिलाई पार गर्न सवै एक हुनु पर्ने आबकश्यकता छ । हाम्रो देशमा जुन किसिमले देखिएको बेरोजगारी समस्या छ त्यो समाधान गर्नु पर्ने दायित्व सरकारको हो । देशमा दिगो शान्ति कायम हुन नसके बिकास र समृद्धि आउन सक्दैन । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार भएर सडकमा भौतारीन बाध्य छन । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो हाम्रो देशको यथार्थ हो । विदेश पलायन हुनु भनेको रहर होइन , बाध्यता हो । शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा गएका छन भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा युवतीहरुको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ ...
आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

राजनीति, समाचार
आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सरकारले दुईवटा वार्षिक प्रतिवेदन पेश गर्दैछ । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदनहरु र महान्यायधिवक्ताको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजे बोलाइएको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७ पनि पेश गर्ने सम्भावित कार्यसूचिमा उल्लेख गरिएको छ । ...
पुष्पकमल दाहाल,चिनियाँ राजदूत होउ यान्छी र माधव कुमार नेपालबीच भेटवार्ता

पुष्पकमल दाहाल,चिनियाँ राजदूत होउ यान्छी र माधव कुमार नेपालबीच भेटवार्ता

राजनीति, समाचार
 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमाले भित्रको अन्तर्विरोध उत्कर्षमा पुगेको समयमा वरिष्ठ नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका लागि खुमलटार पुगेका हुन् । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको स्रोतको भनाइ छ । नेकपा एमालेमा माधव नेपालहरुलाई अध्यक्ष ओलीले पेलिरहेको भन्दै केही समय अघि मात्र प्रचण्डले नेता नेपालले एमालेलाई कव्जा गर्ने वा विद्रोह गरेर आफूहरुबीच एकता हुने बताएका थिए । एमालेमा नेता नेपाल पक्षले प्रचण्डले भनेजस्तै कव्जा गर्ने अवस्था भने नबन्ने देखिएको छ । अध्यक्ष ओलीले नेता नेपाल समुहसँग छलफल र सरसल्लाह गर्ने भन्दा पनि पेलेरै अघि बढ्ने संकेत गरेका छन् । एमाले र माओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा...
राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणमा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने

राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणमा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने

राजनीति, समाचार
राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणको क्रममा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ । सोमवारदेखि हुने राष्ट्रपति भण्डारीको दुईदिने बंगलादेशको भ्रममा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने- ‘भ्रमणका क्रममा विभिन्न १३ वटा सम्झौतापत्रमा हस्ताक्षर गरिने छ । भ्रमणका सांस्कृतिक सम्बन्ध, पर्यटन, कृषी तथा पशुपंक्षी र विषादीको क्षेत्रमा सम्झौता गर्ने निर्णय भएको छ । रेलवे, रोड सडक, यातायात र बन्दरगाहलाई नेपालसँग जोड्ने विषयमा छलफलह हुने र बंगलादेशले नेपालमा विद्युत खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुनेछ ।’ राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमवार बंगलादेश प्रस्ताथ गर्नेछिन् । भने मंगलवार स्वदेश फर्किने कार्यक्रम रहेको छ । ...
एमाले भित्र वामदेव गौतमले खेल्नु पर्ने भूमिका

एमाले भित्र वामदेव गौतमले खेल्नु पर्ने भूमिका

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले भावनात्मकरुपमा मिलेर अघि बढनु पर्छ । एमालेका नेताहरू मिलेर जादा नै लोकतन्त्र बलियो र मजवुझ बनाउन सकिन्छ । अहिले नेकपाका नेताहरु सम्बन्ध विच्छेदको अवस्थामा होइन , सम्वन्ध बलियो बनाउने बाटो तर्फ अघि बढनु पर्छ । एमाले फुट्ने होइन, जुट्ने कसरतमा लाग्नु पर्छ । एमाले पार्टीभित्र समानान्तर गतिविधि चलिरहेका छन्, यो राम्रो कुरा होइन , यसले राम्रो सन्देश पनि दिदैन । यो जुँगाको लडाइँ हो । अब केपी शर्मा ओली , माधव–झलनाथ र बामदेव मिलेर जानु पर्छ । यो समयको माग पनि हो । अव एक आपसमा झै झगडा गरेर बस्ने बेला होइन । अव एमालेले चमत्कार गरेर देखाउनु पर्छ । अहिले पाटी भित्र जुन किसिमको गतिविधि भैरहेका छन ति गतिविधिले कतै पुग्न सकिँदैन। गलत राजनीति बाटोले राजनीति जोगिँदैन । हरेक कार्यकर्ता पार्टीप्रति प्रतिबद्ध छन । पार्टीप्रति उनीहरूको आस्था, व...
रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

राजनीति, समाचार
 अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका थिए । राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ । ...
एमाले माधव समूहले देशैभरका पार्टी कमिटी ब्यूँताउने

एमाले माधव समूहले देशैभरका पार्टी कमिटी ब्यूँताउने

राजनीति
नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्यूँताउने भएको छ।  समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको हो।  उपमहासचिव घनश्याम भुसालले पार्टीको धेरै कमिटीमा आफूहरूको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताएका हुन्।  ...