आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

हरेक पार्टीमा गुटबन्दी

हरेक पार्टीमा गुटबन्दी

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपालका हरेक राजनीतिक पार्टीहरु वैचारिक, सैद्धान्तिक तथा नीतिगतरुपमा अघि बढनु पर्छ । त्यसो भयो भने समस्या आउँदैन । पछिल्लो समयमा राजनीतिक दलका नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त भए । जसले गर्दा मुलुकको बिकास र समृद्धिमा अवरोध खडा भएको छ । नेकपा एमालेका नेताहरु आफ्नो निहित स्वार्थ पूरा गर्न गुट तथा उपगुटको राजनीति गतिविधि गरिरहेका छन । यस्ता गतिविधिले पार्टीलाई घाटा पुयाइरहेको छ । त्यसले पार्टीको एकतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खलल पु¥याउने काम गरेको छ । खै नेताहरुले कुरा बुझेको ? गुट, उपगुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको । हरेक राजनीतिक पार्टीहरुले गुटगत परिपाटीको अन्त्य गर्नु जरुरी छ । हरेक पार्टीहरु पार्टीको कार्यदिशा, नीति र सिद्धान्तका आधारमा चल्नु पर्छ । अहिले चलेका गुट तथा उपगुटहरू देश, जनता र पार्टीको हितभन्दा बिपरित छन । हामीले यो कुरा बुझन ...
हिजोका नेता र आजका नेता

हिजोका नेता र आजका नेता

राजनीति, समाचार
डा.डिआर उपाध्याय, देशका धेरै जसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ? नेकपा एमाले भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । नेकपा एमाले मिलेर जानु पर्छ भन्ने कुरा देशको हितमा छ । दल र तिनका नेताहरु फुटेर कसैलाई फाइदा छैन । राजनीति भनेको जनताको सेवा गर्ने चिज हो । पद,पैसा र शक्तिको दुरुपयोग गरेर राजनीति गनु हुदैन । यसले मुलुकलाई पछाडी लैजान्छ । अहिले जुन किसिमको राजनीति दृश्य देखिएको छ । त्यो जनतालाई मन परेको छैन । हामीले बुझेको राजनीति भनेको त समाजसेवा हो । राजनीतिक दलका नेताहरु बेइमानी भए । जनताको भबिश्य भन्दा पनि आफनो भबिश्य बनाउने तिर नेताहरु लागे । सवै भन्दा ठूलो समस्या यो हो । हाम्रो देशमा राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिन सम्म राम्रो सँग चप्पल लगाउन नसक्ने अधिकांश ती नेताहरुको ...
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय

राजनीति, समाचार
संसद्पुनर्स्थापनाको झन्डै डेढ महिनापछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै ५ पुसमा गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुनमा उल्टाइदिएपछि नयाँ सत्तासमीकरणको बहस शुरु भएको थियो । तर, अदालतको निर्णयको डेढ महिना तथा संसद् बैठक शुरु भएको एक महिनापछि कांग्रेसले शुक्रवार केन्द्रीय कार्यसमितिबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले ओलीको विकल्प खोज्न चाहेका प्रतिगमनविरुद्ध रहेका दलहरूलाई विकल्पका साथ निर्णय गरेर आउन पनि अपिल गरेको छ । कांग्रेसले अब आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रतिगमनविरुद्ध रहेका दलहरूलाई निर्णय गरेर विकल्पका साथ आउन पनि अपिल गरेको छ,’बैठकपछि का...
इतिहासबाट पाठ सिक्ने की ?

इतिहासबाट पाठ सिक्ने की ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यतिबेला नेपालको राजनीतिक अवस्था निकै जटिल बन्दै गएको छ । राजनीतिक दलहरु मिलेर जानु पर्नेमा झन धु्रविकरण बन्दै छन । यसले लोकतन्त्रलाई कमजोर बनाउने देखिन्छ । लोकतन्त्रवादी पक्षधरहरु एक भएर अघि बढदा मात्र प्राप्त उपलव्धिहरुको रक्षा हुन सक्छ । बिगतमा दलहरु एक आपसमा मिलेर जादा परिवर्तन सम्भव भयो । दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यो कुरामा बिचार पुयाउनु पर्छ । नेपाली जनताको त्याग बलिदान र सङ्घर्षका उपलब्धि जोगाउँदै रक्षा गर्नु पर्ने दायित्व र कर्तव्य सवै लोकतन्त्रवादी शक्तिहरुको हो । अहिले सम्म प्राप्त भएका उपलब्धिहरु गुम्न दिनु हुदैन । केहि तत्वहरु यी उपलव्धि गुमाउने खेलमा लागीरहेका छन । उनीहरुका सपना कुनै हालतमा पुरा हुन दिनु हुदैन । २००६ सालमा नेपालमा काँग्रेस र कम्युनिस्ट पार्टीहरूको जन्म भएको हो । स्थापनाकाल देखि नै यी पार्टीहरूले राणाशासन विरुद्ध ...
स्वार्थी नेताले देश वनाउन सक्दैनन्

स्वार्थी नेताले देश वनाउन सक्दैनन्

राजनीति, समाचार
डा.डिआर उपाध्याय, यो देशको उन्नति , प्रगति के कसरी गर्ने भन्ने चिन्तन मनन सवैको हुन जरुरी छ । सत्ता स्वार्थ र राजनीतिक दाउपेजले मुलुक अघि बढाउन सकिदैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि चलिरहेको छ त्यसमा जनता पूर्णरुपमा सन्तुष्टि छैनन् । देशको भाग्य र भविश्य निर्माणका लागी सवै जुटनु पर्ने बेला हो यो । पार्टी भित्रको आन्तरिक विवादले देश सोचे अनुसार अघि बढन नसकेको यथार्थ हो । संसद अवरुद्ध छ , जनताका समस्या उठाउने थलो नै अवरुद्ध हुदा जनसरोकारका बिषय ओझेलमा परेका छन । आज देश बिषम परिस्थितीवाट गुज्रिरहेको छ । जनताका समस्या दिन प्रतिदिन बढदै गएका छन । जनतालाई एक छाक खान समस्या भैरहेको छ । महंगीले आकाश छोएको छ । बजार भाउ छोइसक्नु छैन । देशमा पटक पटक राजनीतिक परिवर्तन त भयो तर जनताको जीवनमा परिवर्तन आउन सकेन । राजनीतिक परिर्वतनका लागी जनताको त्याग , तपस्या र वलिदानी भएको थियो । त्यो ...
प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु

प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु

राजनीति, समाचार
प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरे । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो । प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको खबर नागरिक दैनिकमा छ । अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ । नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ । जसपालाई आफ्नो पक्षमा ल्याउन ओली...
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने

राजनीति, समाचार
प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । आज बस्ने बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची छ। ...
माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि भेला

माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि भेला

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षका नेताहरुको भेला बोलाएको छ । सोमवार अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि उक्त पक्षले भेला बोलाएको होे । पार्टी विधान विपरित काम गरेको भन्दै पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले दुवै नेतालाई ६ महिना पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । त्यसैबारे छलफल गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । पार्टीबाट निलम्बनमा परेसँगै वरिष्ठ नेता नेपालले त्यसलाई स्वीकार नगर्ने बताएका छन् । आजको बैठकमा उक्त पक्षका स्थायी कमिटी सदस्य साथै सांसदहरुको समेत उपस्थिति रहने बताइएको छ । भेला कहा बस्छ भन्ने खुलाइएको छैन । ...
मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

राजनीति
सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । ‘अब पहिलेको जस्तो अवस्था रहेन,’ नेपाल समूहका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं ।’ नेपाल समूहका सांसदहरुले चैत ४ गते यता कानुनका जानकारहरुसँग १० जनाको उपस्थितिमा भएको दलको बैठकको वैधानिकता, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अहिलेको सरकारलाई आफ्नो समूहको समर्थन कायम राख्दा हुने जटिलताका विषयमा छलफल गरेका थिए । सांसद थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने पनि बताए । ‘दलक...
मुलुकको बर्तमान राजनीतिक अवस्था बारे केहि कुरा

मुलुकको बर्तमान राजनीतिक अवस्था बारे केहि कुरा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, यति बेला मुलुकको राजनीति तरंगित छ । अब के हुन्छ कसैलाई थाहा छैन । अब यहि सरकारले निरन्तरता पाउँछ की अर्को सरकार बन्छ केहि थाहा छैन । राजनीतिमा कतिखेर के हुन्छ कुनै ठेगान हुदैन । अब यही सरकार कायम हुन्छ या नयाँ सरकार बन्छ भन्ने कुरामा अनेक खालको बहस भने चलिरहेको छ । यति बेला मुलुकको राजनीतिक धु्रवीकरणमा बिभाजित छ । राजसपाले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे ओली सरकार नै कायम रहने देखिन्छ । यदि राजसपाले ओलीलाई साथ नदिएमा कांग्रेस, माओवादी केन्द्र र राजसपाको त्रिशङ्कु सरकार बन्ने अवस्था पनि छ । राजसपामा पनि केपी ओलीलाई साथ दिने की कांग्रेस, माओवादी केन्द्र संग मिलेर सरकार बनाउने भन्ने कुरामा बिवाद छ । खास गरी राजसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओलीको पक्षमा उभिएका छन् भने अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको बिपक्षम...