आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

समानताका लागी जनता धेरै बर्ष देखि लडदै आए

समानताका लागी जनता धेरै बर्ष देखि लडदै आए

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अहिले नेपाली जनता नांगो आङ र भोको पेट लिएर बाँच्न बिवश छन । नेपाली जनताले यस्तो व्यवस्था चाहेका छन् जुन प्रयोगले संसदीय व्यवस्थामा विकृति नआओस् । अहिले देशमा जुन किसिमको विकृति छाएको छ , यसले लोकतन्त्रको धज्जि उडाएको छ । लोकतन्त्रमा जनताले बोल्न , लेख्न , सभा सम्मेलन गर्न पाउँछन । यो जनताको अधिकारको कुरा हो । नेपाली जनताले समानता चाहेका छन । समानताका लागी नेपाली जनता धेरै बर्ष देखि लडदै आएका छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले नेपालको राजनीति तरल बनेको छ । वर्तमान राजनीतिक अवस्था त्यति सहज ढंगले अघि बढन सकेको छैन । यो नै समस्याको बिषय हो । देशलाई कुनै पनि नेताले बन्दी बनाउनु हुदैन । अहिले जे देखिएको छ , त्यो राम्रो संकेत होइन । अहिले देशमा राजनीतिक दलहरु गुटउपगुटमा बिभाजित छन । यसले मुलुकमा संकट निम्त्याएको छ । जनताको मतलाई दल र तिनका नेताहरुले अपमान गरेका ...
समाजवाद र साम्यवादका कुरा

समाजवाद र साम्यवादका कुरा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अहिले हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । यो व्यवस्था आइसके पछि देशको बिकास र समृद्धिमा जाने लक्ष्य सरकारले सूरु देखि नै लिएको छ । तर कार्यान्वयनको कुरा भने हुन सकेको छैन । बिकास र समृद्धिमा जान समय लाग्ने होला । देश समाजवाद हुदै साम्यवाद सम्म पुग्ने जुन कुरा गरिएको छ त्यो यो तरिकाले पुग्न सकिदैन । आज कम्युनिष्टहरु जसरी साम्यवादीका कुरा गर्छन , ती सवै झुटका कुरा मात्र हुन । देश काल परिस्थिती अझै त्यस्तो बनिसकेको छैन । कम्युनिष्टहरुले चर्को कुरा गरेर मात्र देशमा साम्यवाद आउन सक्दैन । साम्यवाद ल्याउन सवै भन्दा पहिला कम्युनिष्टका नेताहरुले आफनो ब्यक्तिगत स्वार्थ त्याग्नु पर्छ । नेताहरुले ब्यक्तिगत स्वार्थ नत्यागे सम्म कसरी देशमा समाजवाद हुदै साम्यवाद आउछ ? झुटको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । जनताको पसिनामा पालिएकाहरुले नै जनताको ...
कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने:कांग्रेस नेता डा. कोइराला

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने:कांग्रेस नेता डा. कोइराला

राजनीति, समाचार
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बर्तमान संसद अनिर्णयको बन्दी बनेको भन्दै अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्।कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको पनि दावी गरे ।‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद पुनर्स्थापना भन्यौं। तर अहिले पुनर्स्थापित संसदले बिजनेश दिन सकेन। सभामुखको भूमिका पनि शंकास्पद रहन गयो’, डा कोइरालाले भने। कोइरालाले यो सरकार र संसदलाई राखिराख्नु पर्ने कुनै कारण नभएको बताए। गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन कोइरालाले आगामी महाधिवेशनमा सभापति बाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने पनि प्रष्ट पारे। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे र जीवन परियारले कांग्रेसको अहिल...
भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ: पर्यटन मन्त्री भानुभक्त ढकाल

भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ: पर्यटन मन्त्री भानुभक्त ढकाल

राजनीति, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए । उनले भने, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।” पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढ...
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती महारानीका श्रीमान ड्युक अफ एडिनबरा फिलिपको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती महारानीका श्रीमान ड्युक अफ एडिनबरा फिलिपको निधनप्रति दुःख व्यक्त

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती महारानीका श्रीमान ड्युक अफ एडिनबरा फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमार्फत प्रधानमन्त्रीले समवेदना प्रकट गरेका हुन्। ट्वीटरमा बोरिस जोन्सनलाई मेन्सन गर्दै ओलीले राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गर्दै नेपालले एक सच्चा मित्र गुमाएको उल्लेख गरेका छन्। राजकुमार निधनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो। यस्तै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवाले पनि राजकुमार निधनप्रति दुःख व्यक्त गरेका छन्। ...
सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता

सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपाल पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते सम्पन्न भएको छ । यो संगै आज देश भरीको मत गणना पनि सार्वजनिक भइरहेको छ । सञ्चार क्षेत्र भनेको समाजको एैना हो । जसरी हामी एैना अगाडी उभिएर आफनो अनुहार देख्छौ , त्यसै गरि समाजले पनि सञ्चार माध्यम मार्फत सवै कुरा देख्छन । त्यसैले सञ्चार क्षेत्र भनेको समाजको एैना भनेको हो । आज सञ्चार क्षेत्र किन बिश्वश्नीय र निष्पक्ष हुन सकिरहेको छैन । पत्रकारहरु सत्य तथ्य र निष्पक्ष हुनु पर्छ । आज पत्रकारहरु धेरै आलोचित बनिरहेका छन । कारण के हो भने पत्रकारहरुले आफनो मर्यादा बिर्सदै गएका छन । पत्रकारितामा आचार संहिता हुन्छ , त्यो आचार संहितालाई धेरै जसो पत्रकारहरुले उलंघन गरिरहेका छन । हाम्रो देशमा पत्रकारको नाम बेचेर ब्यालेकमेलिङ गर्नेहरुको पनि कुनै कमी छैन । यस्ता ब्यालेकमेलिङ गर्ने पत्रकारहरुले धेरै पैसा पनि कमाएका छन । पैसै कमाउनका लागी प...
कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल गर्दै

कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल गर्दै

राजनीति, समाचार
प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेका छन् । तर, देउवाले भने नयाँ सरकार गठनका लागि आवश्यक पर्ने संख्या नपुग्ने भन्दै खासै पहल थालेका थिएनन् । तर, देउवाले बिहीबारदेखि नयाँ सरकार गठनको कसरत थालेका हुन् । सोही कसरस्वरूप देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन् । कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूलाई बैठकका लागि बोलाएका हुन् । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आएका छन् । माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रस्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई ...
नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने

नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने

राजनीति, समाचार
 नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ । खनाल नेपाल समूह बागमती प्रदेशको स्थायी कमिटि बैठकबाट समानान्तर कमिटी घोषणा गर्ने पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठक विहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको खनाल नेपाल समूहले ओलीको कारबाहीका बाबजुद समानान्तर कमिटी घोषणा गर्दै आएको छ । दुई दिन अघि खनाल नेपाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो । यस्तै गण्डकी प्रदेशमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूहले समानान्तर कमिटीमा ...
फुटको राजनीतिले कम्युनिष्टहरुलाई नै घाटा

फुटको राजनीतिले कम्युनिष्टहरुलाई नै घाटा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, गत आम निर्वाचनमा कम्युनिस्टहरूको एकताका कारण कांग्रेस पराजित भएको हो । यो कुरा सवैलाई अवगत छ । अव आउँदो चुनावमा के हुन्छ भन्न सकिदैन । कम्युनिस्टहरूको राजनीतिक गतिविधि चुनाव सम्म यस्तै कायम रहने हो भने अव आउँदो चुनावमा कांग्रेस अगाडी आउने देखिन्छ । नेपाली काँग्रेसको लागी चुनाव अवसर हुने छ । प्रजातन्त्र पुनःस्थापना भए यता जति पनि आम निर्वाचन सम्पन्न भए अधिकाँश ती आम निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको थियो । नेपाली काँग्रेस लोकतान्त्रिक र पुरानो पार्टी हो । पटक पटक सरकारको नेतृत्व पनि गदै आयो तर जनताका अपेक्षाहरु भने सोचे बमोजिम पुरा गर्न सकेन । त्यस कारण देशमा कम्युनिष्टहरु फैलाए । जति कम्युनिस्ट पार्टीहरू फैलाए पनि एक आपसमा उनीहरु मिल्न नसकि विभाजन हुदै आएका छन । यसले गर्दा पनि नेपाली काँग्रेसलाई बेला बेलामा फाइदा हुने गरेको छ । यसपटक कम्युनिस्ट पार्टी मिलेर झ...
कांग्रेसले  प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्ररता लिने निर्णय

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्ररता लिने निर्णय

राजनीति, समाचार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटघाट भएको छ । आइतवार (आज) बिहान साढे ८ बजे ठाकुरलाई भेट्न पौडेल ठाकुरको निवास हात्तीवन पुगेका थिए । भेटघाटमा नयाँ सरकार गठनका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सरकार गठनका विषयमा मौन बनेको कांग्रेसले शुक्रवार प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्ररता लिने निर्णय गरेसँगै पौडेलले ठाकुरलाई भेटेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरलाई सरकार गठनका लागि साथ दिन आग्रह गरिरहेका छन् । तर कांग्रेसका अनिर्णयका कारण आफूहरुले थप निर्णय गर्न नपाएको भनिरहेको जसपाले कांग्रेसको शुक्रवारको निर्णयसँगै सरकार गठनका विषयमा नेताहरुसँग छलफललाई तीव्र बनाएको छ । ...