सञ्चारकर्मी राज लुइँटेलले ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड’ मा हात पारे
काठमाडौँ —चैत ३ ।
राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' मा सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायकसंगै एक कुशल कलाकार तथा मोडल राज लुइँटेलले 'आर्टिस्ट' विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएका छन।
नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।
‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईजिप्टका ...









