बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मनोरन्जन

‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले हात पार्न सफल

‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले हात पार्न सफल

मनोरन्जन, समाचार
काठमाडौको राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले जित्न सफल भएका छन् । ’मिस नेपाल एसइइ’ को उपाधि जितेकी पायल गुरुङले प्लस टुकोलागि छात्रवृति ३० हजार नगद र ट्रफी साथै मिस फेशन आइकन अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, प्रतियोगीतामा फस्ट रनरअप दिया राई बनिन् उनले मिस फ्रेन्डसीप सहित तीन उपाधी हात पारिन् र सेकेन्ड रनरअप आकृति सदाशंकरले मिस फोटोजेनिक उपाधि जित्न सफल भइन्। त्यसैगरि ‘मिस्टर नेपाल एसइइ’को उपाधिसँगै मिस्टर भ्युअर्स चोइस अवार्ड हात पार्नुका साथै सुवेदीले प्लस टु अध्ययनको लागि छात्रवृति, ३० हजार नगद पुरस्कार र ट्रफी हात पारेका छन् । यस्तै, ‘मिस्टर नेपाल एसइइ’ को फस्ट रनरअप संजिव घिमिरे र सेकेन्ड रनरअप अवेश उराव भएका छन् । एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगीता आयोजना गरिएको र एक महिनासम्म व्...
कलाकार संघ चुनाबः सह- कोषाध्यक्षमा पवित्रा आचार्यको उमेदवारी किन ?

कलाकार संघ चुनाबः सह- कोषाध्यक्षमा पवित्रा आचार्यको उमेदवारी किन ?

मनोरन्जन, समाचार
नेपाली कलाकारहरुलाई यतिबेला चुनाबी सरगर्मीले छोएको छ । यहि जेठ २५ गते सम्पन्न हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनको उमेदवारी दर्ता प्रक्रिया सकिँदैगर्दा नेतृत्वपङ्ग्तीका आकांक्षी कलाकारहरु आफ्नो पक्षमा मत माग्न लागिपरिरहेका छन् । यीनै भीडमा एक नाम हो, सह-कोषाध्यक्ष पदकी उमेद्वार पवित्रा आचार्य । एक दशक देखि चलचित्र कलाकारितामा सकृय पवित्रा अभिनयसँगै कोरियोग्राफीमा पनि व्यस्त छिन् । अभिनेत्रीसँगै कोरियोग्राफरको छबि बनाएकी पवित्राले उपस्थितीको छोटो समयमा फिल्म क्षेत्रभित्र आफुलाई धेरै अगाडी लगिन् । उनि पछिल्लो पटक 'मेला' नामको फिल्ममा देखा परिन् । 'मेला'मा उनकै कोरियोग्राफीमा बनेको एक गीतले त करोड बढि भ्यूज समेत पाएको छ । आफ्नो कलाकारिता क्षेत्रको अनुभवलाई अब कलाकारहरुकै छाता संगठनभित्र रहेर यसैको हक-हितमा खर्चिनकै लागी उमेदवारी दिएको उनको तर्क छ । यसअघिको कार्यकालमा कार्यसमिति स...
गायक एवं ईन्जिनियर विरेन्द्र श्रेष्ठ तथा अन्जु पन्तकोको  ‘पिरिमको बाढी’ सार्वजनिक(भिडियो सहित)

गायक एवं ईन्जिनियर विरेन्द्र श्रेष्ठ तथा अन्जु पन्तकोको ‘पिरिमको बाढी’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित गायिका अन्जु पन्तको तथा गायक एवं वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठ आवाज रहेको गीत ‘पिरिमको बाढी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र संगीत र नरेन्द्र बियोगीको संगीत संयोजन र श्यामश्वेत रशाईलीको मिक्सिङ रहेको गीत रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । https://youtu.be/meLoG4SMz-I भिडियोमा नायक दीलिप रायमाझी र नायिका केकी अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ । करिब २ दशकदेखि ईन्जिनियर पेशा संगसंगै सांगितिक क्षेत्रमा समेत सक्रिय रहेका गायक श्रेष्ठले यो गीत आफ्नो गायन यात्राकै सबैभन्दा महत्वकांक्षी भएको बताए ।  ...
अनिता तामाङ्गले जितिन ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ को उपाधि

अनिता तामाङ्गले जितिन ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ को उपाधि

मनोरन्जन, समाचार
शुक्रबार काठमाण्डौ जमल स्थित राष्ट्रिय नाच घरमा ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ सम्पन्न भएको छ। ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ को उपाधि अनिता तामाङ्गले जितेकी छिन्। कार्यक्रमको प्रमुख निर्णायकमा मोडल तथा नायक दिवश धिताल,शुशिला थापा ,सुजन रिमाल, नन्दा बस्याल , हेमन्त कुमार राई निर्णायक रहेका थिए । अनिता तमाङ्गले उपाधि सहित आकर्षक गिफ्ट प्राप्त गरेकी छिन। त्यस्तै उक्त प्रतियोगितामा फस्ट रनअप नन्दिता राज वैद्य र सेकेण्ड रनअपको उपाधि मलांक दाहालले जितेका छन्। मस्ट कन्फिडेन्स तर्फ अनिता तमाङ्ग, मस्ट स्टाइलिस मलांक दाहाल, मस्ट फोटोजेनिक प्रेरणा राई, मस्ट ट्यालेन्ट नन्दिता राज वैद्य, मस्ट चामिंग प्रेरणा राई र बेस्ट वल्क तर्फ बाट रिति राईले जितेकी छिन्। शिवानी रिजालले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर सपना राइको गरेकी थिन। विभिन्न कलाकारहरूको रोचक प्रस्तुतीले कार्यक्रममा...
चर्चित गायक खुमन अधिकारी र रमिला न्यौपानेको “बाडुल्की” को म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

चर्चित गायक खुमन अधिकारी र रमिला न्यौपानेको “बाडुल्की” को म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित गायक खुमन अधिकारी र रमिला न्यौपानेको आवाजमा रहेको गीत “बाडुल्की” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय सांगितिक जोडीको रुपमा ख्याती कमाएको खुमन र रमिलाको गीत लाई सिर्जना बावुराम बोहोराले रचना गरेका छन भने संगीत स्वयं खुमनकै रहको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको सो गीतमा मोडल अनु पराजुली र खुमन अधिकारीकै उत्कृष्ट अभिनय देख्न सकिन्छ। तिर्सना म्युजिक प्रालिको प्रस्तुतीमा तयार भएको उक्त भिडियो लाई राजेश घिमिरेले छायांकन गरेका हुन भने बिष्णु शर्माले सम्पादन गरेका छन । भिडियो हेर्नुहोस : https://youtu.be/XdQGQpC8VmI...
“ग्रेस एस ई इ सुपर स्टार–२०१९” को उपाधी प्रयुक्ता चन्दको पोल्टामा

“ग्रेस एस ई इ सुपर स्टार–२०१९” को उपाधी प्रयुक्ता चन्दको पोल्टामा

मनोरन्जन, समाचार
ग्रेस इभेन्ट्स र मोडल सङ्स नेपाल प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “ग्रेस सि सुपर स्टार नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी प्रयुक्ता चन्दले जित्न सफल भएकि छिन् । राष्ट्रिय नाच घर जमल काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर र छात्रवृति समेत प्राप्त गरेका छिन । मिख्याल सङ्मेन,मिग्मा शेर्पा क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए । मस्ट पपुलर तर्फ जेविस जोशी र अडियन्स च्वाइस् रन्जु सुन्चउरिले ताज अाफ्नो पोल्टामा हाल्न सफल भएको कुरा मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले जानकारि गराए । प्रतियोगिताको फोटो क्युपिड फोटो स्टुडियोका विन्द्र प्रजापति गरेका थिए । यस सौन्दर्य प्रतियोगिता मार्फत सि परीक्षा दिएर फुर्सदिलो भएर बसेका क्षमता र तिव्र इच्छा र चाहना हुदा हुँदै स्कुले जिवनमा व्यस्थ र पठन पाठनले सहभागी हुन नपाएका प्रतियो...
राजेश हमाल तथा सिलाष्मा अभिनित ‘ब्यर्थै रहेछ’को म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

राजेश हमाल तथा सिलाष्मा अभिनित ‘ब्यर्थै रहेछ’को म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
गायक उदय सोताङको सुमुधुर आवाज रहेको गीत ब्यर्थै रहेछको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गीतकार लोकराज अधिकारीको शब्द, लक्ष्मण शेषको सङ्गीत र योगेश काजीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अर्जुन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा राजेश हमाल र शिलाषमा हमाललाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।...
‘मिसेस जनजाती’को पहिलो अडिसन सम्पन्न, २५ प्रतियोगी छनौट १५ गतेबाट तालिम शुरु

‘मिसेस जनजाती’को पहिलो अडिसन सम्पन्न, २५ प्रतियोगी छनौट १५ गतेबाट तालिम शुरु

मनोरन्जन
काठमाडौ – मिसेस तामाङ र मिसेस गुरुङको सफल आयोजना गर्दै आईरहेको एस के ईन्टरटेनमेन्टले आयोजना गर्न लागेको जनजाती विवाहित महिला ल्िक्षत सौन्दर्य प्रतियोगीता मिसेस जनजातीको पहिलो अडिसन सनिबार चक्रपथ स्थित रोयल भेनुमा सम्पन्न भएको छ । उल्लेख्य मात्रामा सहभागीता जनाएका प्रतियोगीहरु मध्ये २५ जना उक्त अडिसनबाट छनौट भएका थिए । प्रथम नेपाल आइडल बुद्ध लामा, अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, मिसेस तामाङ २०१६ का बिजेता शान्ति तामाङ, जुम्बा प्रशिक्षक केशव थापा र मिसेस तामाङ्गकी बिजेता पाल्सङ तामाङको जुरी टिमबाट २५ जना प्रतिस्पर्धीहरुलाई छानीएको थियो । तामाङ्ग,गुरुङ्ग,नेवार, राई,लिम्बु,मगर,थारु लगायत जनजाती समुदाय क्षेत्रका बिवाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद...
‘मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि पुर्ण लिम्बु र सोना तामाङ्गले हात पारे

‘मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि पुर्ण लिम्बु र सोना तामाङ्गले हात पारे

मनोरन्जन, समाचार
काठमाडौं : काठमाडौंको ‘यल्लो पेगोडा होटेल’ मा ‘ मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ र ‘मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९ ‘ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । निणार्यकको रुपमा धिरज तन्डुकार , प्रिया रानी लामा , एन्जिला गौचर र अमित गिरी रहेका थिए। ‘मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि पुर्ण लिम्बु र सोना तामाङ्गले जितेका छन् । त्यस्तै ‘मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९’ को उपाधि तर्फ प्रभास स्यान्देन र रितिका भुजेलले जितेका छन्। उपाधी सहित बिजेताले सिल्भर क्राउन प्राप्त गरेका थिए । अन्य उपाधीमा फस्ट रनर अपमा मिलन बोगटी र गोमा गु््ङ्ग, सेकेण्ड रनर अपमा प्रज्वल मैनाली र ममता गोले रहेका थिए भने एसईई मोडलमा फस्ट रनर अपमा स्वस्तिक दाहाल र रोशनी राई थिए भने सेकेण्ड रनर अपमा आयुष्मा गिरीले हात पारे ।  बिजेताले विभिन्न गिफ्ट सहित अस्ट्रेलिया भ्रमणका लागी ट...
राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने

राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने

मनोरन्जन, समाचार
काठमाण्डौ : राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । निर्माण टिमले शनिबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो । समाजका विविध बिकृति मध्ये युवा पुस्ता आफैमा शिक्षित हुँदा हुँदै पनि कसरी दुर्ब्यसनिको शिकार भैरहेको छ भन्ने कुरा ‘अन्धकार’को मुख्य विषयबस्तु रहने निर्माण पक्षले जानकारी दिएको छ । सोमबारबाट मोफसलको इटहरी, झापा, धरान लगायतका स्थानमा छायांकन हुने ‘अन्धकार’लाई सागर पौडेलले खिच्ने छन् । सुर्य बुढाथोकीको लेखन, निर्देशन रहने ‘अन्धकार’मा राज श्रेष्ठ, ज्योति संग्रोला, सुभाष चन्द्र खरेल, मिना कोईराला, सुजन ढकाललगाएतको अभिनय रहने छ ।...