बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मनोरन्जन

लोक दोहोरीका अभियन्ता राम प्रसाद खनालको ‘दुलहा दुलही’ सार्वजनिक भए संगै चर्चामा (भिडियो सहित)

लोक दोहोरीका अभियन्ता राम प्रसाद खनालको ‘दुलहा दुलही’ सार्वजनिक भए संगै चर्चामा (भिडियो सहित)

मनोरन्जन, समाचार
हालै अमेरिकाबाट केहि समयका लागी नेपाल आएका लोक दोहोरी गीतको बिकास र प्रर्बद्धनका अभियन्ता,अग्रज लोकदोहोरी गायक राम प्रसाद खनालको नयां गीत पन्चेबाजाको विशेष लोक दोहोरी एल्बम ‘दुलाहा दुलही’ सार्वजनिक भएको केहि दिनमा नै सर्वत्र रुचाईएको छ । अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिकाका केन्द्रिय अध्यक्ष समेत रहेका खनालको उक्त पन्चेवाजाको लोक दोहोरी गीत विशुद्ध मौलिक र बजारमा आएका पन्चेबाजा भन्दा पृथक र स्तरीय रहेको कारण सवैले रुचाएका हुन । लोक दोहोरी क्षेत्रका भिष्म पितामह भनेर चिनिने खनाल स्वयंको शव्द र आवाज रहेको गीतलाई चर्चित गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्यूजिक एरेन्ज रहेको गीतको भिडियोलाई शंकर बिसीले कोरियोग्राफी गरेका छन । बिसी तथा सर्जक खनालकै संयुक्त निर्देशनमा तयार भएको भिडियोमा करिश्मा ढकाल फिचरिङ्ग रहेकी छिन भने लोकप्रिय कलाकार किरण केसी र शिव...
सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

मनोरन्जन, समाचार
काठमाडौं : पाँचौं सुन्दरादेवी सन्देश म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । राजधानीको दरबारमार्ग स्थित जुनकुरी रोधी साझमा एक कार्यक्रमबीच अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक तथा प्रमाण–पत्र प्रदान गरिएको हो ।   अवार्डको अध्यक्ष किरण अधिकारीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका निर्देशक तथा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथी प्रकाश पारेका थिए । ‘आफ्नै पन, आफ्नै शान, स्रष्टा सर्जकलाई सम्मान, नेपाली सङ्गीतको विकासमा वेग्लै हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन गइरहेको अवार्डको पाँचौ संकरण नेपाल बाहिर थाइल्याण्डमा हुने समेत जानकारी गराइएको थियो । अवार्डमा राष्ट्रिय गीत, तामाङ सेलो, म्याहेन्दोमाया, आधुनिक, पप र लोकदोहोरी गरि ४० विधामा मनोनयन सार्वजनिक भएको छ । कार्यक्रममा वरिष्ठ हास्यकलाकार उत्तम के.सी. गीतकार भरत वम्जन, ...
गीतकार संघबाट गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत

गीतकार संघबाट गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत

मनोरन्जन, समाचार
काठमाडौं- गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको छ । गीतकार संघ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष ७नतसेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ । यस्तै वर्ष गीत पुरस्कारबाट हाङयुसग अज्ञात पुरस्कृत भएका छन् । गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भइको हो । सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरिएको थियो । यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार नगेन्द्र थापालाई नगद एक लाख र सम्मानपत्रले सम्मान गरियो । वर्ष पुस्तकबाट उर्मिला कोइराला र गौरभ गुरुङलाई नगद ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो । पुर्वराष्ट्रपति डा. रामवरण याद...
चर्चित गीत फेरी फेरी को म्यूजिक भिडियो पून:  निर्माण हुने, निर्देशन अमृत सुनुवारको

चर्चित गीत फेरी फेरी को म्यूजिक भिडियो पून: निर्माण हुने, निर्देशन अमृत सुनुवारको

मनोरन्जन, समाचार
बिगत ८/१० बर्ष अघि नै निक्लेर चर्चित भएको र जन जिब्रो मा झुन्डिन सफल भएको गायक कर्मा मोक्तान को गित ” फेरि फेरि तिमिले मलाइ कंही कतै नभेट्नु” को म्युजिक भिडियो पुनः बन्ने भएको छ । गायक कर्मा मोक्तान स्वयंले रि भोकल र नया अरेन्ज्मेन्ट गरेको यस गित लाई अहिलेका व्यस्त छायांकार तथा निर्देशक अमृत सुनुवार ले छांयाक्न तथा निर्देशन गर्दै छ्न । स्टोरी बेसमा तयार हुने म्युजिक भिडियोको लागि हाल कथा बस्तु पूरा तयार भै सकेको र मुख्य कलाकारहरु को छनौट पनि चांडै सम्पन्न हुने निर्देशक सुनुवार बतांउछ्न । कलाकारहरुको बारे प्रश्न गर्दा निर्देश्क सुनुवार ठट्यौली पारामा बतांउछ्न, “गम्भीर र जिवन्त अभिनय गर्ने कलाकारको खोजी मा छु सम्भवत डेब्यु कलाकार नै राख्छु होला महंगो र चर्चित कलाकार राख्न आंट छैन पैसा पनि छैन ” गायक कर्मा मोक्तान को नया गित ” पीडा ” को म्युजिक भिडियो पनि तयार भै सकेको छ र सो भिडियो लाई सुनुव...
‘मिस एण्ड मिसेस जनजाती’का प्रतियोगीले देखाए उत्कृष्ट प्रतिभा ,फिनाले आउदो २० गते

‘मिस एण्ड मिसेस जनजाती’का प्रतियोगीले देखाए उत्कृष्ट प्रतिभा ,फिनाले आउदो २० गते

मनोरन्जन, समाचार
राजधानीको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो  प्रतिभा पर्दशन गरेका थिए । चर्चित नायक सरोज खनालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, मौलीक तथा आफना पहिचान लगायतका प्रतिभा प्रर्दशन गरेका थिए । कोरियोगाफर केशव थापा, महिला स्पा व्यबसायी सुशिला थापा, कोरियोगाफर राधा ठाकुर तमु ह्योलाका उपाध्यक्षा हरि माया गुरुगं, मिसेस गुरुगं सुमना गुरुगं तथा गीतकार अशोक कुमार तामागंले निर्णायकको भूुमिका निर्वाह गरेका थिए ‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस के ईन्टरटेनमेन्टले “मिसेस ज...
योगेश र योङ्ग मिनिस्टरको ‘जन आक्रोश’ सार्वजनिक (भिडियो सहित)

योगेश र योङ्ग मिनिस्टरको ‘जन आक्रोश’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलिको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ । योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याएका हुन् ।  आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता÷दर्शकको माया पाउनेमा आफू आशावादी रहेको उनले बताए । ‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलिको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढदै गएको विकृति विसङ्गतीलाई उजागर गर्ने प्रयास हो’, योगेशले भने । भिडियो : https:...
गीतकार अशोक कुमारको शव्दमा अन्जु पन्तको ‘हजार गल्ति’ सार्वजनिक (भिडियो सहित)

गीतकार अशोक कुमारको शव्दमा अन्जु पन्तको ‘हजार गल्ति’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘हजार गल्ती’ सार्वजनिक भएको छ । गीतकार अशोक कुमार तामाङको शब्द रचना रहेको गीत सूर्य दयालुको सङ्गीत, रिकेश गुरुङको सङ्गीत संयोजन र प्रकाश केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा समिर तामाङ, शुसिला थापा र डिम्पी ठकुरीलाई फिचरिङ गरिएको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस : https://youtu.be/wkgBmD5nGGM...
पुष्पा भट्राई र सन्देश क्षेत्रीले जिते मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चलको उपाधि

पुष्पा भट्राई र सन्देश क्षेत्रीले जिते मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चलको उपाधि

मनोरन्जन, समाचार
पूर्वान्चलको दमक स्थित चित्र हलमा प्लानेट मल्टिमिडियाको आयोजना भएको ‘मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चल दोश्रो संस्करण को उपाधि पुष्पा भट्राई र सन्देश क्षेत्रीले जित्न सफल भएका छन् । यस्तै, प्रतियोगीतामा फस्ट रनरअपको उपाधी दिया राई र प्रबिन धिमालले हात पारे भने, सेकेण्ड रनर अपको उपाधी सैंजु लिम्बु र रोहन पुरीले जित्न सफल भए । उपाधी विजेताले उपाधीको साथै पेन्टागन ईन्टरनेशनल कलेज तथा जेसिआर टेक्निकल एण्ड हस्पिलिटी म्यानेजमेन्टले शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको थियो । सोनु श्रेष्ठ र निरुमा थापाको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगीतामा सन्देश राई, तपीना पौडेल, रचना सुब्वा, सूर्यमणी निरौला, रोजन परियारले निणार्यक मण्डलको भूमिका निर्वाह गरेका थिए । प्रतियोगीतामा रहेका प्रतियोगीहरुको मेकअ मोर्डन व्युटि पार्लरले गरेको थियो भने ड्रेस डिजाईन भूमिका बुटिक तथा फोटोग्राफी ड्रिम्स विडिगं स्ट...
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० हुदै

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० हुदै

मनोरन्जन, समाज
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा सहभागीताको लागि चलचित्रकर्मीहरुलाई आव्हान गरिएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यहि २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौंमा महोत्सवको आयोजना हुने बताउँदै चलचित्रकर्मीहरुलाई सहभागीताको लागि आव्हान गरेको हो । चलचित्र महोत्सवमा सहभागिता जनाउन इच्छुक फिल्मकर्मीहरुले २०१९ जुन १५ देखि अक्टोबर ३० सम्ममा आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलको तेश्रो संस्करण आयोजना हुन लागेको हो । यो वर्ष महोत्सवमा एनिमेसन र बृत्तचित्रको विधा पनि थपिएको छ । यस वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गरिएको हो । महोत्सवमा उत्कृष्ट हुन...
चर्चित गायिका सिन्धु मल्ल तथा अमित बरालको ‘पिरतीको जालमा’ पल शाह र वर्षा (भिडियो सहित)

चर्चित गायिका सिन्धु मल्ल तथा अमित बरालको ‘पिरतीको जालमा’ पल शाह र वर्षा (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं – नेपाली साँगितिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित बरालको आवाजमा रहेको गीत 'चैर मुसी चैर 'बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एटके एभरेष्ट मोसन पिक्चर्सको युट्यूब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो राष्ट्रिय नाचघरमा सम्पन्न मिस्टर एण्ड मिस एसईई आइकन सिजन ६ को ग्राण्ड फिनालेबाट समेत सार्वजनिक गरिएको थियो । https://www.youtube.com/watch?v=IIJXF9d9xrM&feature=youtu.be थुपै्र तिज गीत, लोकगीत तथा आधुनिक गीत गाएर निकै चर्चा कमाएकी गायिका सिन्धु मल्लको पछिल्लो गीतमा शब्द सुदाम थापा र नरेन्द्र राज रेग्मि तथा संगीत सुदाम थापाको रहेको छ। भने संगीत संयोजन केशब प्रकाशको रहेको छ । गीतको भिडियोलाई शिब बिकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा चर्चित नायक पल शाह र नायिका बर्षा सिबाकोटीको अभिनय रहेको छ ।...