बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

चर्चित गायिका सिन्धु मल्ल तथा अमित बरालको ‘पिरतीको जालमा’ पल शाह र वर्षा (भिडियो सहित)

काठमाडौं – नेपाली साँगितिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित बरालको आवाजमा रहेको गीत ‘चैर मुसी चैर ‘बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एटके एभरेष्ट मोसन पिक्चर्सको युट्यूब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो राष्ट्रिय नाचघरमा सम्पन्न मिस्टर एण्ड मिस एसईई आइकन सिजन ६ को ग्राण्ड फिनालेबाट समेत सार्वजनिक गरिएको थियो ।

थुपै्र तिज गीत, लोकगीत तथा आधुनिक गीत गाएर निकै चर्चा कमाएकी गायिका सिन्धु मल्लको पछिल्लो गीतमा शब्द सुदाम थापा र नरेन्द्र राज रेग्मि तथा संगीत सुदाम थापाको रहेको छ। भने संगीत संयोजन केशब प्रकाशको रहेको छ । गीतको भिडियोलाई शिब बिकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा चर्चित नायक पल शाह र नायिका बर्षा सिबाकोटीको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *