बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पुष्पा भट्राई र सन्देश क्षेत्रीले जिते मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चलको उपाधि

पूर्वान्चलको दमक स्थित चित्र हलमा प्लानेट मल्टिमिडियाको आयोजना भएको ‘मिस्टर एन्ड मिस एसइइ आईकन पूर्वान्चल दोश्रो संस्करण को उपाधि पुष्पा भट्राई र सन्देश क्षेत्रीले जित्न सफल भएका छन् । यस्तै, प्रतियोगीतामा फस्ट रनरअपको उपाधी दिया राई र प्रबिन धिमालले हात पारे भने, सेकेण्ड रनर अपको उपाधी सैंजु लिम्बु र रोहन पुरीले जित्न सफल भए । उपाधी विजेताले उपाधीको साथै पेन्टागन ईन्टरनेशनल कलेज तथा जेसिआर टेक्निकल एण्ड हस्पिलिटी म्यानेजमेन्टले शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको थियो ।

सोनु श्रेष्ठ र निरुमा थापाको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगीतामा सन्देश राई, तपीना पौडेल, रचना सुब्वा, सूर्यमणी निरौला, रोजन परियारले निणार्यक मण्डलको भूमिका निर्वाह गरेका थिए । प्रतियोगीतामा रहेका प्रतियोगीहरुको मेकअ मोर्डन व्युटि पार्लरले गरेको थियो भने ड्रेस डिजाईन भूमिका बुटिक तथा फोटोग्राफी ड्रिम्स विडिगं स्टुडियोले गरेको थियो ।

 

एसइइ दिएर बसेका किशोर–किशोरीको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगीता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा प्लानेट मल्टिमिडियाका सिइओ मोनित मर्हजनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *