बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मनोरन्जन

अन्तराष्ट्रिय कोरियोग्राफर रोजिनलाई मलेसियामा इन्टरनेसनल एक्सीलेन्स अवार्ड

अन्तराष्ट्रिय कोरियोग्राफर रोजिनलाई मलेसियामा इन्टरनेसनल एक्सीलेन्स अवार्ड

मनोरन्जन, समाचार
गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य आउटस्टाडिङ इन्टरनेसनल कोरियोग्राफर एक्सीलेन्सी अवार्डबाट पुरस्कृत भएका छन् । फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई आफ्नो क्षेत्रमा लामो समयको निरन्तर सक्रियता र उपलब्धीको कदर सो अवार्ड प्रदान गरिएको हो । सो अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमा लामो समयदेखिको सक्रियता र महत्वपूर्ण उपलब्धी हासिल गरेका रोजिन सहित १६ जना नेपालीहरु इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९बाट सम्मानीत भएका हुन् । सबै अवार्ड विजेताहरुलाई सो कार्यक्रमका प्रमुख अतिथि मलेशियाका लागि नेपाली राजदूत उदय राज पाण्डेले पुरस्कृत गरेका थिए । सो कार्यक्रममा अवार्डका लागि मलेशिया पुगेका १६ जना नेपालीहरु विभिन्न १६ विधामा पुरस्कृत भएका थिए । सो कार्यक्...
‘द सुपर मम’को विषयमा मलाई बदनाम गर्न खोजियो – पूजना (भिडियोसहित)

‘द सुपर मम’को विषयमा मलाई बदनाम गर्न खोजियो – पूजना (भिडियोसहित)

मनोरन्जन, समाचार
जेठ ९ । गत बैशाख २९ गते राजधानीमा सम्पन्न ‘द सुपर मम’ टिम यतिखेर बिवादमा तानिएको छ । ‘द सुपर मम’को रिजल्ट गलत भएको र पूजना प्रधानले आफ्नो मनमानी गरेको भन्दै केहीदिन अगाडि रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक करुणा रिजाल र असन्तुष्ट प्रतियोगीहरु द्वारा जानकारी गराइएपछी ‘द सुपर मम’ बिबादमा तानिएको हो । यसै बिषयमा आफुलाई लागेको आरोपको खन्डन गर्दै नायिका पूजना प्रधानले आफु माथि लागेका सम्पूर्ण आरोप गलत रहेको भन्दै आफुलाई ईन्टेन्शनल्ली बदनाम गर्न फसाईएको बताएकी छन । उनले भनेकी छन्ः https://youtu.be/T9tGnFWS_IQ ‘मलाई ईन्टेन्शनल्ली बदनाम गर्न फसाईएको हो । बिगत केही दिन देखी मेरो बारेमा र द सुपर मम् को बारेमा एक पक्षिय रुपमा मिडियामा आइरहेका समाचार र मेरो सहकर्मी द सुपर मम् कि संयोजक करुणा रिजालले मेरो बारेमा दिनु भएको अभिब्यक्ती बारे मेरो गम्भिर ध्यानाकर्षण भए...
सिजन मिडियाको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९’ मलेसियामा सम्पन्न

सिजन मिडियाको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९’ मलेसियामा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, सिजन मिडिया स्थापनाको दश वर्ष पुगेको अवसरमा विविध क्षेत्रमा एक दशकभन्दा लामो समय योगदान गर्ने विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । मिडियाले आज मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरेको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया’ मा विविध क्षेत्रा नेपाली तथा विदेशीलाई सम्मान गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा रहेका नेपालीमा पनि उत्कृष्ट प्रतिभाहरु रहेको बताए । मलेसियामा रहेका नेपालीले देशका लागि चाहिएको समयमा उत्कृष्ट काम गर्दै आएको उनले औँल्याए । उनले भने, “भूकम्पपीडित र हावाहुरी पीडितका लागि सहयोग र क्रिकेट मैदान बनाउने काममा पनि यहाँका नेपालीले खुला मनले सहयोग गर्दै आउनुभएको छ ।” साहित्यकार तथा मेडम एम्बेसडर कल्पना रिजाल पाण्डेले प्रवासमा यस्ता कार्यक्रम गरेर प्रतिभाको खोजी गर्नु सकारात्मक काम भएको बताइन् । सम्...
मोटोपन भएका पुरुषलाई नौलो अवसर, मिस्टर प्लस साइजको दोस्रो अडिसन यहि जेस्ठ १८ गते

मोटोपन भएका पुरुषलाई नौलो अवसर, मिस्टर प्लस साइजको दोस्रो अडिसन यहि जेस्ठ १८ गते

मनोरन्जन, समाचार
काठमाडौं, बैशाख १७ - के तपाईं मोटोपनाका कारण निरास हुनुहुन्छ ? अब निरास नहुनूस, किनकी तपाईंलाई साथ दिन आउँदै छ 'मिस्टर प्लस साइज नेपाल’ । मिस्टर प्लस साइज नेपाल’ ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले आयोजना गर्दैछ । नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन गत जेठ ०४ गते सम्पन्न भएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यहि जेठ १८ गते शनिवार हुँदैछ । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजार स्थित कृषि बैंक मार्गमा रहेको ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै छ । अडिसन फारम अडिसनको दिनसम्म भर्न सकिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् ...
“मिसेस जनजाती–२०१९ ”को आवेदन खुल्ला ,अडिसन आगामी ज्येष्ठ ११ गते

“मिसेस जनजाती–२०१९ ”को आवेदन खुल्ला ,अडिसन आगामी ज्येष्ठ ११ गते

मनोरन्जन, समाचार
काठमाडौं । राजधानीमा एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा “मिसेस जनजाती–२०१९ सिजन १” सौन्दर्य प्रतियोगिता हुने भएको छ । जसको लागी आगामी जेष्ठको ११ गते शनिवार र २५ गते शनिवारका दिन १२ बजे देखि चक्रपथ स्थित अमेरिकन एम्वेसी संगै रहेको रोयल भेन्यूमा प्रतियोगीहरुका लागी अडिसन राखिएको छ । ‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस के ईन्टरटेनमेन्टले “मिसेस जनजाती–२०१९ सिजन -१” को आयोजना गर्न लागेको छ । आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी-जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दि...
सपनाको देशमा पदम विश्वकर्माले कोरे ऋणी र साहु बिनाको ‘तमसुक’

सपनाको देशमा पदम विश्वकर्माले कोरे ऋणी र साहु बिनाको ‘तमसुक’

मनोरन्जन, समाचार
करिब दुई दशक देखी अमेरिकामा रहदै नेपाली साहित्यलाई विश्वभर फैलाउने अभियानमा सकृय रहदै आएका साहित्यकार पदम विश्वकर्माको पहिलो कथासंग्रह तमसुकको लोकार्पण गरिएको छ । प्रज्ञा भवनमा आयोजित उक्त लोकार्पण कार्यक्रममाझ साहित्यकार माया ठकुरी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायतले तमसुकको लोकार्पण गरे । लोकार्पण कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, प्रा. डा. सुरेन्द्र केसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै बरिस्ठ साहित्यकार माया ठकुरीले साहित्यकार पदम विश्वकर्माको कृतिले समाजमा रहेको दोयद चरित्रलाई उजागर गर्नु निकै सुन्दर पक्ष रहेको बताईन् । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले विगतमा अनेसासको दुई कार्यकाल सफल नेत्रीत्व समालिसकेका साहित्यकार पदम विश्वकर्माको कृतित्व र ब्यक्तित्व निकै गौरवशाली रहेको चर्चा गरे । कथा संग्रहकी समिक्ष...
चर्चित कोरियोग्राफर अश्विनीलाई ‘हिरो अफ मधेस’ अवार्ड

चर्चित कोरियोग्राफर अश्विनीलाई ‘हिरो अफ मधेस’ अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं – मोडल तथा कोरियोग्राफर अश्विनी झाले ‘हिरो अफ मधेस’ अवार्ड प्राप्त गरेका छन् । मधेसी पत्रकार समाजले हालै राजधानीमा आयोजना गरेको ‘हन्ड्रेड हिरो अफ मधेस’ कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । पुर्व प्रधामन्त्री तथा नेकपाका अध्यक्ष पूष्प कमल दाहाल प्रचण्डको हातबाट अवार्ड प्राप्त गरेका थिए । नेपाल सरकार मन्त्री परिषदका पुर्व अध्यक्ष तथा पुर्व न्यायधिस खिलप्रसाद रेग्मी बिषेश अतिथि रहेको कार्यक्रममा झाले ‘कला तथा फेसन बिधा’बाट अवार्ड पाएका हुन् । अवार्डले आफुलाई अझ काम प्रति लगानशिल भएर लाग्न प्रेरणा मिलेको झाले बताए । राजनीति, युवा नेता, समाजसेवा, राजनीतिक नेता, स्थानिय संस्कृती लगायत करिब दर्जन बिधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा शास्त्रिय संगीत तर्फ गुरुदेव कामद, सितारमा कट्टल ९धुर्मुस०, कुन्जना घिमिरे (सुन्तली) महिला आयोगकी अध्यक्ष मोहना अंसारी, स्वतन्त्र सांसद ...
चर्चित कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई ‘मिष्टर भर्सटालिटी अफ द इयर’ अवार्ड

चर्चित कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई ‘मिष्टर भर्सटालिटी अफ द इयर’ अवार्ड

मनोरन्जन, समाचार
फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य हालै राजधानीमा आयोजना भएको नेसनल युथ लिड अवार्डस् २०१९ अन्तर्गत मिष्टर भर्सटालिटी अफ द इयर अवार्डबाट पुरस्कृत भएका छन् । फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई विभिन्न क्षेत्रमा उनको निरन्तर सक्रियता र उपलब्धीको कदर गर्दै मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड कार्यक्रमलाई ग्लोबल लिड नेटवर्कले राष्ट्रिय युवा परिषद् नेपालको सहकार्यमा आयोजना गरेको हो । यस्तै विधामा यस अघि अप्रिल ७ २०१८मा मलेसियाको क्वालालम्पुर अवस्थित द प्यालेस अफ गोल्डेन हर्सेस् नामक ह...
बहिरा छात्रा सुजल ‘मिस्टर एण्ड मिस एसईई २०१९’मा आफुलाई अब्वल सावित गर्दै

बहिरा छात्रा सुजल ‘मिस्टर एण्ड मिस एसईई २०१९’मा आफुलाई अब्वल सावित गर्दै

मनोरन्जन, समाचार
सुजल बम बहिरा हुन् । उनलाई अन्य मानिससँग कुरा गर्नका लागि साङ्केतिक भाषाको ज्ञान भएको व्यक्ति आवश्यक पर्छ या त दोभाषेको । त्यसो त उनी लेखेर पनि कुरा गर्न सकछिन् । विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी यि सुजल राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई अब्बल सावित गरिरहेकी छन् । उनी कान सुन्दिनन् र बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगित भन्दा कम छैनन् । फेसन ईरा काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल अपाङ्गता असक्षमता होइन भन्ने कुरालाई पुष्टि गर्ने प्रयासरत छिन् यतिवेला । सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन् । विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी भइरहने सुजल कान नसुने प...
यस वर्षको मिस ग्रेस काठमाडौँ सिजन-२’को ताज शशी प्रधानले हात पारिन।

यस वर्षको मिस ग्रेस काठमाडौँ सिजन-२’को ताज शशी प्रधानले हात पारिन।

मनोरन्जन, समाचार
‘यस वर्षको मिस ग्रेस काठमाडौँ सिजन-२’को ताज शशी प्रधानले जितेकी छन्। ग्रेस इभेन्ट्सद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शनिबार कालोपुल स्थित बेस्ट भेन्यूमा सम्पन्न फाइनल राउन्डबाट शशीलाई विजेता चुनिएको हो। त्यस्तै प्रतियोगिताको फर्स्ट रनरअप नेहा खड्गी तथा सेकेन्ड रनरअप मनिशा राजवंशी बनेकी छन्। विभिन्न १६ विधामा उत्कृष्ट हुनेलाई पनि प्रतियोगितामा छनोट गरिएको छ। जसअनुसार अर्गानाइजर च्वाइसमा सञ्जली घिसिङ, पब्लिक च्वाइसमा झर्ना श्रेष्ठ र भिवर्स च्वाइसमा राधिका राई परिन्। त्यस्तै मिस फोटोजेनिक शशी प्रधान, मिस इन्टरटेनर राधिका राई, मिस क्याटवाक अनु राई, बेस्ट ड्रेस झर्ना श्रेष्ठ, बेस्ट स्माइल सरिता मिक्छान र ब्युटीफुल हेयर लाक्पा डोमा शेर्पाले प्राप्त गरिन्। त्यस्तै, मिस पङ्चुअल आकृति गोले, मिस बब्ली सुनिता रुम्बा, मिस फ्रेन्डली मनिषा राजवंशी, मिस ट्यालेन्ट जेनिशा मगर, बेस्ट फिगर ईशा देवक...