बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मनोरन्जन

पेजेन्ट नेपालको पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न

पेजेन्ट नेपालको पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
पेजेन्ट नेपालले आयोजना गरेको पिकनिक कार्यक्रम सम्पन्न भएको छ । बालाजु स्थित बालाजु बाईसधारा पार्कमा आयोजना भएको कार्यक्रममा देशका प्रतिष्ठित व्यापारी, नेपाल सरकारका उच्चतहका कर्मचारी, कलाकार, फेशन डिजाईनर वरिष्ठ संचारकर्मी, मोडल ,ईभेन्ट अर्गनाईजरहरुको उपस्थिती रहेको थियो । पेजेन्ट नेपालले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रायोजकको रुपमा सहयोग गर्ने सर्पोटर एवं कलाकर्मीहरुको जमघट गराउने उद्देश्य अनुसार यस किसिमको पिकनिक कार्यक्रम आयोजना गरिएको पेजेन्ट नेपाली प्रमुख तथा फेशन डिजाईनर ममथा बस्नेतले बताइन । कार्यक्रममा जुम्बा टोलीको आकर्षक जुम्बा डान्सले कार्यक्रम उल्लाहसपूर्ण रहेको थियोे भने बेलुन फुटाउने,घैटो फोड्ने म्यूजिकल चेयर तथा डान्स कम्पिटिसन जस्ता प्रतियोगीताका विजेताहरुले आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेका थिए । कार्यक्रममा सहभागी भएका सम्पूर्णले आफुले सोचेभन्दा निकै र...
‘तानसेन माथी’ मोडल रोहित र अफ्सनाको रोमान्स (भिडियो सहित)

‘तानसेन माथी’ मोडल रोहित र अफ्सनाको रोमान्स (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौँ :  मोडल रोहित तथा अफ्सना थापा अभिनित सुमुधुर गीत 'तानसेन माथि'को बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाईलाईट्स नेपालबाट सार्वजनिक भएको गीतलाई रचनाकार मोहन थापाले रचना गरेका छन भने, ऐरन्ज रोशन कुवरको रहेको छ । गायक प्रकाश कुमार थापाको आवाजमा रहेको गीतको भिडियोलाई लोकप्रिय गायक, भिडियो तथा विज्ञापन निर्देशक कुमार न्यौपानेले निर्देशन गरेका छन । क्रियटिभ फादरले पोष्ट प्रडक्सन गरेको भिडियोलाई जय गिरीले सम्पादन तथा बिक्रम श्रेष्ठले छायांकन गरेका छन भने मेकअपमा राज मेकअप स्टुडियोका टेकराज पाण्डे रहेका थिए । दर्जनौ गीतमा मोडलिङ्ग गरेर चर्चा कमाईसकेका मोडल तथा सफल व्यबसायी रोहित अभिनित गीतको भिडियो तानसेनका रमणीय स्थान तथा पाल्पाको रानीमहलमा छायांकन गरिएको थियो । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=m1wq5F9tUMs&feature=share&fbclid=IwAR2PKsGv1hI...
गायक रमेश श्रेष्ठ ‘मेलोडी’को “सुपरग्लु” सार्बजनिक (भिडियो सहित)

गायक रमेश श्रेष्ठ ‘मेलोडी’को “सुपरग्लु” सार्बजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौँ : स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नया गित “सुपरग्लु” को म्युजिक भिडियो सार्बजनिक भएको छ l दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको “सुपरग्लु” भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो l चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा चर्चित नायिका निता ढुंगाना नबिन राइ तथा बिशाल लामाको नृत्य तथा अभिनय देख्न सकिन्छ l भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=NBhh-f2vSk4...
यस बर्षको ‘मिस नेपाल वर्ल्ड–२०१९’ को उपाधी अनुष्का श्रेष्ठले जितिन

यस बर्षको ‘मिस नेपाल वर्ल्ड–२०१९’ को उपाधी अनुष्का श्रेष्ठले जितिन

मनोरन्जन, समाचार
यस बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।  नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रद...
उत्तम केसीलाई आँबुखैरेनी स्रष्टा समाजले ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने

उत्तम केसीलाई आँबुखैरेनी स्रष्टा समाजले ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने

मनोरन्जन, समाचार
काठमाडौं : आँबुखैरेनी स्रष्टा समाजले ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ कलाकार उत्तम केसीलाई प्रदान गर्ने भएको छ । समाजले यही २८ गते शनिबार आँबुखैरेनीमा एक विशेष समारोहका बीच यो पुरस्कार केसीलाई प्रदान गर्न लागेको हो । त्यस्तै आँबुखैरेनी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने आबुँखैरेनी वाङ्मय पुरस्कार २०७४ को लागि यज्ञशको गैर आख्यान कृति ‘भूइयाँ’ लाई प्रदान गर्ने भएको छ । दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने भएको छ ।...
सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियो सहित)

सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ । विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । अभिनयसँग सँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु स्रोता/दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन् । ‘हाम्रा अन्य गीत जस्तै ‘ऐसेलुको पात’ले पनि स्रोता/दर्शकको माया प...
श्रीपुरुषको श्रृजना सन्तोषको संगित र अञ्जुको आवाजमा ‘आज म तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

श्रीपुरुषको श्रृजना सन्तोषको संगित र अञ्जुको आवाजमा ‘आज म तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । वरिष्ठ गीतकार श्रीपुरुष ढकालको शब्द तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा  नयाँ गीत सार्वजनिक भएको छ । ‘आज म तिमीलाई’ बोलको सार्वजनिक गीतमा गायिका अन्जु पन्त र गायक रवि थापा मगरले स्वर भरेका छन् । सार्वजनिक गीतमा माया प्रेमको गहिराइमा पुगेर संयोगान्त भाव सहित एक अर्काप्रतिको समर्पण प्रस्तुत गरिएको छ । कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र मोडल सनम कठायतले अभिनय गरेका छन् । कवि प्रभास पछिल्लो समय निर्देशनमा व्यस्त देखिन्छन् । चलचित्रको औपचारिक अध्ययनपछि निर्देशनमा लागेका उनले केहि साता अघि मात्रै निर्देशन गरेको ‘हावाको झोका’बोलको गीत अहिले निक्कै लोकप्रिय बन्दै गएको छ । ‘आज म तिमीलाई’को म्यूजिक भिडियोमा मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।  म्यूजिक भिडियो : https://youtu.be/xvQzhJTc9i0  ...
हास्य ब्यंग्य सिरियल ‘कुरा मात्र भो’ शुक्रवारबाट प्रसारण हुँदै

हास्य ब्यंग्य सिरियल ‘कुरा मात्र भो’ शुक्रवारबाट प्रसारण हुँदै

मनोरन्जन, समाचार
बैशाख २४ – अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य ब्यंग्य सिरियल कुरा मात्र भो यहि शुक्रबारबाट प्रसारणमा आउने भएको छ । सिरियल हरेक शुक्रवार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारणमा आउन लागेको हो । कुरा मात्र भो को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच गत शुक्रवार सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । प्रसारणका लागि आवश्यक तयारी समेत पुरा भैसकेको उनले बताए । जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ । निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषय बस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए । साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त...
गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
देउडा भाकाका गीतबाट डेढ दशक देखि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका इन्दिरा भट्टराईको आवाजमा रहेको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायिका भट्टराईले यसअघि पनि धेरै गीतमा श्वर दिएकी छन् । आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ । महेश महराले छायाङ्कन गरेको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन् । तिलक फिल्म्सको पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो : https://youtu.be/wX4VmhuIcF4...
डी सिने अवार्डको ११औं संस्करण सम्पन्न, ३० बिधामा अवार्ड प्रदान उत्कृष्ट चलचित्र छक्का पञ्ज-३,

डी सिने अवार्डको ११औं संस्करण सम्पन्न, ३० बिधामा अवार्ड प्रदान उत्कृष्ट चलचित्र छक्का पञ्ज-३,

मनोरन्जन, समाचार
काठमाडौं, डी सिने अवार्डको ११औं संस्करण सम्पन्न भएको छ । शनिवार राजधानीमा एक विशेष समारोहकाबीच ११औं इएनआई छायाँछवि डी सिने अवार्ड –०७६ सम्पन्न भएको हो । अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्ज–३ले चुमेको छ । यही चलचत्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भएकी छन् । २०७५ सालमा सिनेमाघरमा आएका चलचित्रमध्ये करिव ९० वटा चलचित्र यो अवार्डमा सहभागी थिए । जसमध्येबाट प्रतिस्पर्धीमूलक विभिन्न ३० बिधामा यो अवार्ड प्रदान गरिएको थियो । अवार्ड सामारोहमा यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको थियो । साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान-०७६बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मूलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवम् अभिनय गर्दै आ...