आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

‘तानसेन माथी’ मोडल रोहित र अफ्सनाको रोमान्स (भिडियो सहित)

काठमाडौँ :  मोडल रोहित तथा अफ्सना थापा अभिनित सुमुधुर गीत ‘तानसेन माथि’को बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाईलाईट्स नेपालबाट सार्वजनिक भएको गीतलाई रचनाकार मोहन थापाले रचना गरेका छन भने, ऐरन्ज रोशन कुवरको रहेको छ । गायक प्रकाश कुमार थापाको आवाजमा रहेको गीतको भिडियोलाई लोकप्रिय गायक, भिडियो तथा विज्ञापन निर्देशक कुमार न्यौपानेले निर्देशन गरेका छन ।

क्रियटिभ फादरले पोष्ट प्रडक्सन गरेको भिडियोलाई जय गिरीले सम्पादन तथा बिक्रम श्रेष्ठले छायांकन गरेका छन भने मेकअपमा राज मेकअप स्टुडियोका टेकराज पाण्डे रहेका थिए । दर्जनौ गीतमा मोडलिङ्ग गरेर चर्चा कमाईसकेका मोडल तथा सफल व्यबसायी रोहित अभिनित गीतको भिडियो तानसेनका रमणीय स्थान तथा पाल्पाको रानीमहलमा छायांकन गरिएको थियो ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *