शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

मनोरन्जन

चर्चित गायक प्रकाश सपूतको ‘नमस्कार’बोलको गीत सार्वजनिक (भिडियो सहित)

चर्चित गायक प्रकाश सपूतको ‘नमस्कार’बोलको गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं। लोकप्रिय गायक प्रकाश सपूत नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन्। उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘नमस्कार’बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा प्रकाशको शब्द, संगीत र स्वर छ। भिडियोमा प्रकाशकै मुख्य अभिनय छ। भिडियोलाई प्रकाशका भाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन्। भिडियोमा अनिल के. मानन्धरको छायाँकन, प्रविण भट्टको सम्पादन छ। प्रकाशले यो गीतलाई परिस्थितिको गीत भनेका छन्। उनी भन्छन् ‘कोरोना नआएको भए र लकडाउन नभएको भए यो गीत बन्ने नै थिएन्।’ प्रकाश गीतका शब्दहरुले जिवनप्रती सकारात्मक उर्जा प्रदान गर्दै हरेक समयमा, हामीसंग जे छ त्यसमै खुशी रहन प्रेरित गर्ने बताउँछन्। हेर्नुहोस् भिडियो : https://www.youtube.com/watch?v=1RAx6TBWSTg&feature=emb_logo ...
अभिविन्द र वर्षा अभिनित छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (भिडियो सहित)

अभिविन्द र वर्षा अभिनित छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं। सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक गरिएको छ। चलचित्र बिहीबार ‘द सेलिब्रेटी टाइम्स’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस छोटो चलचित्रमा शीर्ष भुमिकामा अभिविन्द खनिया र वर्षा भण्डारीको अभिनय हेर्न सकिन्छ। त्यस्तै अनिकेत अधिकारी र प्रख्यात घिमिरेले समेत यसमा अभिनय गरेका छन्। कोरोना भाइरस (कोभिड -१९)को संक्रमण रोक्न गरिएको लकडाउनका कारण एक मध्यमवर्गीय युवामा परेको आर्थिक समस्यालाई छोटो चलचित्रमार्फत देखाउन खोजिएको छ। चलचित्रले सहरमा डेरा गरी बस्ने अधिकांश युवाको अहिलेको समस्या बोलेको छ। ‘लक डाउन’लाई निमा शेर्पाले छायांकन तथा सम्पादन गरेका हुन। ...
गायक चिरञ्जीवी भण्डारीको नयां गीतको म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक (भिडियो)

गायक चिरञ्जीवी भण्डारीको नयां गीतको म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं– गायक चिरञ्जीवी भण्डारी नयां गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ बोलको उक्त गीतको म्युजिक भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् । दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो : https://youtu.be/8RmOKvd2ezs ...
गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाए चर्चित संगितकार सन्तोष श्रेष्ठले

गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाए चर्चित संगितकार सन्तोष श्रेष्ठले

मनोरन्जन, समाचार
दर्जनौ लोकप्रिय गीतमा संगीत भरेका संगीतकार एवम् गायक सन्तोष श्रेष्ठको नाम गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।  तिम्रो दिलमा चोट लाग्दा, तिमीले पराइ ठानेपछि लगायतका उनले सयौ गीतहरुमा संगीत भरेका छन् । दाङ्गको हापुरमा जन्मिएका सन्तोष लोक संगीतबाट संगीतकर्ममा लागेका थिए । सुगम संगीतको क्षेत्रमा अहिले उनी लोकप्रिय संगीतकारको रुपमा चिनिने गरेका छन् । उनले एउटै गीतलाई अन्तर्राष्ट्रिय ११ भाषामा संगीत गरेका कारण गिनीज बुक अफ द वल्र्ड रेकर्डमा नाम राख्न सफल भएको बताए । काठमाडौमा बसेर संगीत कर्मलाई नै व्यवसाय वनाएका श्रेष्ठले डिआर उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १२ भाषामा गीत रेकर्डिङ गरिएको थियो । विगत २० वर्षदेखि नेपाली गीत/संगीत क्षेत्रमा सक्रिय सन्तोष यो सफलताले आगामी दिनमा झनै संगीत कर्ममा ...
गायिका तथा संचारकर्मी अनिताको तीज गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक(भिडियो सहित)

गायिका तथा संचारकर्मी अनिताको तीज गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार उनको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिताले स्वर दिएकी छन् । यस गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् । दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका प्रिज्मा र प्रिन्सीले तीजको गीतमा भने पहिलो पटक अभिनय गरेका हुन् । गीत रिलीज पछि गायिका चलाउनेले आफुले भड्किलो गीत नगाएर नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनाएको बताईन् । ‘मैले यस गीतमा मौलिकता मर्न दिएकी छैन । गीतका शब्द तथा संगीत र भिडियो पनि मौलिक हिसाबको छ । यो गीतले तीज गीतको नाममा आइरहेका भड्किला गीत भन्दा फर...
करण न्यौपानेको लयशब्द तथा  सिर्जु र मन्डबीको स्वर मा तिज गीत ‘हाई मेरी पियारी’ सार्वजनिक (भिडियोसहित)

करण न्यौपानेको लयशब्द तथा सिर्जु र मन्डबीको स्वर मा तिज गीत ‘हाई मेरी पियारी’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गायिका तथा मोडेल सिर्जु अधिकारीको तिज गीत ‘हाई मेरी प्यारी’को भिडियो सार्वजनिक भएको छ । हिन्दु महिलाहरूको महान चाड तिज नजिकै आउने क्रममा तिज गीतहरू बजारमा आउने क्रममा पछिल्लो समय तिज गीत हरूमा विकृति बढिरहेको अवस्थाको समयमा यो गीतले त्यस्ता विकृति हटेको जस्तो महसुस गराउनुका साथै पुराना गीत संगीतको महत्व दर्शाउने प्रयत्न गरेको यो गीतमा देख्न सकिन्छ ।सर्जक करण न्यौपानेको उत्कृष्ट शब्द र लय सिर्जनामा रहेको गीतमा चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी र चर्चित गायिका मान्डबी त्रिपाठिको सुमधुर स्वर रहेके छ । त्यस्तै गीतको म्युजिक भिडियोमा मोडल रक्षा श्रेष्ठ, सिर्जु अधिकारी र भिम पौडेलको अभिनय रहेको छ । भिडियोको निर्देशन अशोक बिकले गरेका छन । गीत सिर्जु अधिकारीको अफिसियल च्यानल बाट सार्वजनिक भएको छ। हेर्नुहोस भिडियो : https://youtu.be/yvrPShmem5I ...
गायक तथा संगीतकार रमेश कडरिया तथा अनिता घिमिरेको स्वरमा ‘आफ्नो जमिन’ को भिडियो सार्वजनिक(भिडियो सहित)

गायक तथा संगीतकार रमेश कडरिया तथा अनिता घिमिरेको स्वरमा ‘आफ्नो जमिन’ को भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं – गायक तथा संगीतकार रमेश कडरिया तथा अनिता घिमिरेको स्वरमा 'आफ्नो जमिन' बोलको राष्ट्रिय गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।कडरिया इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको शव्द शिब पलांसको रहेको छ । गायक तथा संगितकार कडरियाकै संगित रहेको गीतको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन । भानुभक्त स्कूल परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोलाई सूर्य लामाले छायांकन तथा सम्पादन गरेका छन । भूवन लामाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा एसके गल्र्सको डान्स क्रु सहित युनिक कडेरिया, युनिका कडेरिया, लिदिया तामाङ्ग तथा आलिया तामाङ्ग फिचर्ड रहेका छन । दिया रिजालको मेकअप रहेको गीतको भिडियो कन्सेप्ट रमेश कडेरियाकै रहेको छ । https://www.youtube.com/watch?v=T19LDPdllyA&fbclid=IwAR1ytKdAJ8_SBsbtOhaWb8mr902OOO5vvvKRkhoTYOjJDm_f-hO4YmM8bo4 ...
चर्चित गायिका टिका प्रसाईंको ‘खुद्राखुद्री माया’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायिका टिका प्रसाईंको ‘खुद्राखुद्री माया’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । चर्चित गायिका टिका प्रसाईंको आवाजमा ‘खुद्राखुद्री माया’ बोलको गीत सार्वजनिक भएको छ । अविनाश राईको शब्द तथा संगीत रहेको उक्त गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा जाजी मगर र सागर राना मगरको नृत्य तथा अभिनय रहेको छ । अनुप चापागाईंको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । म्यूजिक आई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । https://www.youtube.com/watch?v=4bxjr6PjYXA&feature=emb_logo ...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
असार २३ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । केही समय अघि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको यो गीतको लिरिकल भिडियो डीआर म्युजिक क्रिएशन मार्फत सार्वजनिक गरिएको हो । ‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको हो । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत निर्देशन रहेको छ भने देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । एल्बममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । यो गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारी रेकर्ड गरिएको हो । डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्र...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
असार २३ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । केही समय अघि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको यो गीतको लिरिकल भिडियो डीआर म्युजिक क्रिएशन मार्फत सार्वजनिक गरिएको हो । ‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको हो । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत निर्देशन रहेको छ भने देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । एल्बममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । यो गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारी रेकर्ड गरिएको हो । डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद...