आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

गायिका तथा संचारकर्मी अनिताको तीज गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक(भिडियो सहित)

गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार उनको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिताले स्वर दिएकी छन् ।

यस गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् । दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका प्रिज्मा र प्रिन्सीले तीजको गीतमा भने पहिलो पटक अभिनय गरेका हुन् ।

गीत रिलीज पछि गायिका चलाउनेले आफुले भड्किलो गीत नगाएर नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनाएको बताईन् । ‘मैले यस गीतमा मौलिकता मर्न दिएकी छैन । गीतका शब्द तथा संगीत र भिडियो पनि मौलिक हिसाबको छ । यो गीतले तीज गीतको नाममा आइरहेका भड्किला गीत भन्दा फरक र तीजको वास्तविक मर्म झल्काउँछ । अडियो सँगै भिडियोमा पनि उत्तिकै मेहनत गरेका छौँ’, अनिताले भनिन् ।

केहि महिना अघि ‘विदेशको पिआर छ’ बोलको गीत हिट बनाएकी चलाउनेले ‘यस्तो बनोस् मेरो तीज’ गीत यस बर्षकै उत्कृष्ट हुनेमा विश्वास व्यक्त गरिन् । अनिता विगत पाँच बर्ष देखी मीडिया र संगीतमा आवद्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *