आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

बरिष्ठ कलाकार त्रय भैरब थापा,मह जोडी र शकुन्तला शर्मालाई भुवन चैत्य बसुन्धरा फाउण्डेशनको पुरस्कार घोषणा

बरिष्ठ कलाकार त्रय भैरब थापा,मह जोडी र शकुन्तला शर्मालाई भुवन चैत्य बसुन्धरा फाउण्डेशनको पुरस्कार घोषणा

मनोरन्जन, समाचार
भुवन चैत्य बसुन्धरा फाउण्डेशनले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समय देखि कार्यरत विशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई हरिश भुवनचन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समय देखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहेएका विशिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) लाई र चेतनारायण बसुन्धरा भूसाल पुरस्कार ५ दशक भन्दा बढी समय देखि रंगमञ्च तथा चलचित्रमा कार्यरत विशिष्ट अभिनेत्री सकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीको रहेको छ। फाउण्डेशनकी अध्यक्ष वरिष्ठ कलाकार बसुन्धरा भुसालकाे अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे। अघिल्लो वर्षको तीनवटै पुरस्कार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन...
चर्चित संगितकार सन्तोष श्रेष्ठको स्वरमा ‘मायामा मालामाल’को भिडियो सार्वजनिक (भिडियो सहित)

चर्चित संगितकार सन्तोष श्रेष्ठको स्वरमा ‘मायामा मालामाल’को भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं– सफल संगीतकारको रुपमा चर्चा कमाएका संगीतकार सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्। सन्तोषलाई मीना कार्कीले स्वरमा साथ दिएकी छन्। डा. नवी अधिकारी (टाकिन्द्र)को शब्द रहेको गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन्। https://youtu.be/muaXKOzOpUU किशोर थापाको मिक्सिङ रहेको गीत ए–वान म्यूजिसियन स्टूडियोमा रेकर्ड भएको हो। म्यूजिक भिडियोको निर्देशन सन्तोष राजबहाकले गरेका छन्। भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठले अभिनय गरेका छन्। भिडियोमा उत्सव दाहालको छायांकन छ। ...
लोकप्रिय गायक रमेश श्रेष्ठ ‘मेलोडी’को “चौबन्दी”  सार्बजनिक(भिडियो सहित)

लोकप्रिय गायक रमेश श्रेष्ठ ‘मेलोडी’को “चौबन्दी” सार्बजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “चौबन्दी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सास्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “चौबन्दी” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । https://www.youtube.com/watch?v=SNald4VuFXU&feature=emb_logo बसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ अन्जु ढकालले छायांकनले गरेका छन् भने बिकाश खड्काले निर्देशन गरेका छन् । भिडियोमा बिकाश खड्का तथा अञ्जना तामाङलाइ फिचर्ड गरिएको छ । ...
गीत लेखेर विभिन्न १४ वटा विश्व रकेर्ड राखेका डा. डीआर उपाध्यायको अर्को विश्व रेकर्ड

गीत लेखेर विभिन्न १४ वटा विश्व रकेर्ड राखेका डा. डीआर उपाध्यायको अर्को विश्व रेकर्ड

मनोरन्जन, समाचार
उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायको आज अर्को विश्व रेकर्ड सार्वजनिक भएको छ । आधुनिक गीति एल्वम ‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो । गीत लेखेर यसअघि विभिन्न १४ वटा विश्व रकेर्ड राखेका उपाध्यायको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा सामाजिक दुरी कायम राख्दै पत्रकार भेटघाटबीच गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो । उक्त अवसरमा प्रमुख अतिथि मन्त्री रामेश्वर राय यादवले ‘उपाध्यायले गीत मार्फत धेरैवटा विश्व रकेर्ड कायम गर्नुभएको विषय सम्पूर्ण नेपालीकै लागि गौरवको कुरा हो’, भन्दै ‘उपाध्यायका अझ रेकर्डहरु कार्यम हुँदै जाउन’ भने । उपाध्यायले ‘म समाजका लागि गीत लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै आफूल...
चर्चित गायक आनन्द कार्कीको स्वर तथा माईकल चन्दको निर्देशनमा  ‘नेपाल भारत’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायक आनन्द कार्कीको स्वर तथा माईकल चन्दको निर्देशनमा ‘नेपाल भारत’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । चर्चित गायक आनन्द कार्कीको स्वर रहेको गीत ‘नेपाल भारत’ सार्वजनिक भएको छ । नयाँ गीत ‘ नेपाल भारत’ हाल नेपाल भारत वीच सिमा बिवादले देखिएको चिसिएको सम्बन्धलाई सुधार गर्नुपर्छ भन्ने सन्देश गीत मार्फत प्रस्तुत गरेका छन । ‘नेपाल र भारतबीच मित्रताको बर्षौं पुरानो सभ्यता भएको र गहिरो सामाजिक, सांस्कृतिक सम्बन्धमा निहित रहेकोले दुवै देशबीचको व्यापारिक सम्बन्धलाई मजबुत रुपमा अघि बढाउन आवश्यक देखिएकोले उक्त गीत तयार पारिएको ‘ जानकारी लोकप्रिय गायक कार्कीले बताए ।बुद्धिसागर दाहालको शव्द,भुपेन्द्र रायमाझीको एरेन्ज तथा संगीत रहेको गीतको भिडियोलाई चर्चित कोरियोग्राफर समेत रहेका म्यूजिक भिडियो निर्देशक माईकल चन्दले निर्देशन गरेका छन । बिरेन टिटुङ्ग तथा बिनोद याक्खाको छायांकन,राम सिंह भाटको सम्पादन रहेको भिडियोको कन्सेप्ट अनुज कार्कीको रहेको छ । वल्र्ड कभर मिडियाको पोष्ट प्रडक्सन रहे...
सामाजिक संजालमा कलाकारहरु आरोप प्रत्यारोपमा संलग्न देखिएको प्रति कलाकार संघको ध्यानाकर्षण

सामाजिक संजालमा कलाकारहरु आरोप प्रत्यारोपमा संलग्न देखिएको प्रति कलाकार संघको ध्यानाकर्षण

मनोरन्जन, समाचार
काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले एक प्रेस बिज्ञप्ति जारि गर्दै बर्तमान अबस्थामा सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धमा विभिन्न कुराहरु आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएको परिबेसमा नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण भएको जानकारी गराएको छ । संघका अध्यक्ष रविन्द्र खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । हेर्नुहोस प्रेस बिज्ञप्ति :                                              प्रेस विज्ञप्तीकेही दिन यता सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धमा विभिन्न कुराहरु आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आ...
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको चौथो संस्करणका लागि फिल्म दर्ता आव्हान

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको चौथो संस्करणका लागि फिल्म दर्ता आव्हान

मनोरन्जन, समाचार
नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणका लागि फिल्म दर्ता गर्ने समय खुल्ला गरिएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म हुने र त्यसका लागि आवेदन खुल्ला गरिएको आयोजकले जनाएको छ ।फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले यही २०२० जुलाई १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवदेन गर्न सकिने प्रतिष्ठान अध्यक्ष पाठकले विज्ञप्ति मार्फत् जनाएका छन् । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानक...
बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक  (भिडियो सहित)

बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ । लक्का जवानबाट चलचित्र निर्देशक समेत बनेका शिवहरिकै निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ । देवराज सापकोटा र नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । गीत मुखमा हान्नुजस्तो नामको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।भिडियो : https://www.youtube.com/watch?v=2IVV1Zd6gHM&feature=share&fbclid=IwAR1XgZOa2tVIExjJp66rH6l9vVWnCh_PQoddtoB6o-QKdiwQpS4-sldCQWY ...
सारिकाको स्वर तथा योगेश काजीको संगितमा ‘यो जुनीभरिलाई‘’ सार्वजनिक

सारिकाको स्वर तथा योगेश काजीको संगितमा ‘यो जुनीभरिलाई‘’ सार्वजनिक

मनोरन्जन, समाचार
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘यो जुनीभरिलाई…’ सार्वजनिक भएको छ । टंक कंडेलको शब्द, योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको गीत ‘यो जुनीभरिलाई…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । एचवीएन किस्मतको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोलाई लोकेश भाटले सम्पादन गरेका छन् । नायिका तथा मोडेल सारिका घिमिरे यतिवेला गीतमार्फत् पनि स्रोता/दर्शकको मन जित्न सफल भएकी छन् । उनका पछिल्लो समय सार्वजनिक भएका धेरै गीत स्रोता/दर्शकको अत्यधिक रोजाइमा पर्न सफल भएका छन् । ‘मेरा अन्य गीत जस्तै यो गीत ‘यो जुनीभरिलाई…’ पनि सबैले माया गरिदिनुहुने छ भन्ने आशा लिएकी छु’, सरिकाले भनिन् । https://www.youtube.com/watch?v=7zi6Of72UBk&feature=emb_logo ...
कलाकार किरण केसीले आज आफ्नो जन्मदिनमा वरिष्ठ पत्रकार डब्बु क्षेत्री वरिष्ठ कलाकार लक्ष्मी गिरीलाई नगद सहित सम्मान गर्ने

कलाकार किरण केसीले आज आफ्नो जन्मदिनमा वरिष्ठ पत्रकार डब्बु क्षेत्री वरिष्ठ कलाकार लक्ष्मी गिरीलाई नगद सहित सम्मान गर्ने

मनोरन्जन, समाचार
काठमाडौं– लोकप्रिय वरिष्ठ हाँस्यकलाकार किरण केसी आज असार १५ गतेदेखि आफ्नो जन्मदिन मनाउँदै छन। कृषकहरुको महत्वपूर्ण चाड समेत परेको दिन भएकोले जन्मदिनको साथमा दहि चिउरा भोजको आयोजना गरि कृषिको महत्व समेत दर्शाउदै आएका केसीले प्रत्येक वर्ष यस दिनलाई हांस्यव्यंङ्ग क्षेत्रको विकास र प्रवद्र्धनात्मक कार्यक्रम समेत गर्दै आईरहेका छन । आफ्नो जन्मदिनको दिन भव्य रुपमा कार्यक्रम आयोजना गर्दै हरेक वर्ष कलाकारिता क्षेत्रबाट लामो समय देखी योगदान गर्ने वरिष्ठ कलाकार तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निरन्तर कलम चलाउदै आएका एक जना पत्रकारलाई गरि वर्षमा दुईजना व्यक्तित्वहरुलाई नगद दश /दश हजार सहित सम्मान गर्दै आएका ख्याति प्राप्त हांस्य कलाकार केसीले यो पटक आफ्नो जन्मदिनमा लकडाउनका कारण सम्मान कार्यक्रमलाई मात्र निरन्तरता दिई अन्य कार्यक्रम नगरिने उनले बताए । केसीले यो पटकको जन्मदिनमा कलाकारिता क्ष...