बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अपराध

पासबिना यात्रु ओसार्ने दुई चालक पक्राउ

पासबिना यात्रु ओसार्ने दुई चालक पक्राउ

अपराध, समाचार
काठमाडौँ, २२ असार- नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग रु २५ हजार तथा तामाङले तीन यात्रुसँग रु ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । ...
महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट शुरु

महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट शुरु

अपराध, समाचार
काठमाडौं-नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ। काठमाडौँ महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु गरिएकाले आइतबार बानेश्वरबाट महाशाखाले सेवा दिन शुरु गरेको जानकारी दिएको हो । महाशाखाले हाल बैंकिङ कसुर, ठगी, वैदेशिक रोजगारी, साइबर अपराध, चोरी, डकैती, गुण्डागर्दी, वन्यजन्तु तथा बहुमूल्य काठको तस्करीलगायतका मुद्दामा अनुसन्धान तथा कारवाही गर्दै आएको छ । ...
जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या,बलात्कारपछि हत्या भएको हुनसक्ने

जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या,बलात्कारपछि हत्या भएको हुनसक्ने

अपराध, समाचार, समाज
जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या गरिएको छ। उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी एक ११ वर्षीय बालिकाको हत्या भएको हो। बालिकाको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटर पर दुधमती नदीमा फेला परेको छ। उनका दाजुका अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी ती बालिका बेपत्ता भएकी थिइन्। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ।  बालिका बेपत्ता भएकै दिनदेखि व्यापक खोजविन गर्दा उनी फेला परेकी थिइनन्। शुक्रबार बिहान सो क्षेत्रमा गन्ध फैलिएपछि किसानले हेर्दा दुधमती नदीमा कञ्चनको शव देख्दा प्रहरीलाई खबर गरेका थिए। बालिकाको शव नांगै अवस्थामा भेटिएकाले कसैले बलात्कार गरि हत्या गरेको हुुनसक्ने प्रहरीको भनाइ छ। ...
मोहम्मद अफताब आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ

मोहम्मद अफताब आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ

अपराध, समाचार
रौतहटको राजपुरमा बम बनाउनेक्रममा भएको विस्फोटमा परि भएको मृत्यु र घाइतेलाई इटाभट्टामा हालेर लागेको आरोपको मोहम्मद अफताब आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर नगरपालिका(६ का ३४ वर्षीय शेष सरोज भन्ने शेष सराज रहेका छन्। नेपाली कांग्रेसका तत्कालिन सांसद आलम हाल मुद्धा पुर्पक्षका लागि कारागारमा छन्। उनीपछि अर्का प्रतिवादीलाई प्रदेश(२ प्रहरीले गत महिना पक्राउ गरेको थियो। प्रहरीले २०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन भएको घटनामा अनुसन्धान गर्दै गत वर्ष आलमलाई पक्राउ गरेको थियो। आलमसहित ११ जनाविरुद्ध मुद्धा दर्ता भएकामा अझै ८ जना फरार छन्। आलमले भोलिपल्ट हुने निर्वाचनमा धाँधली गर्न स्थानीय इद्रिस शेखको गोठघरमा बम बनाइरहेको बेला विस्फोट भएको र त्यसपछि मृतक तथा घाइतेलाई नजिकैको इटाभट्टामा लगेर हालेर मारेको आरोप लागेको छ। त्यहाँ धेरै भारतीय भएकाले...
श्रीमानको हत्या गरेको आरोपमा २० वर्षीया श्रीमती पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा २० वर्षीया श्रीमती पक्राउ

अपराध, समाचार
रुकुमपूर्वमा श्रीमानको हत्या गरेको आरोपमा एकजना युवती पक्राउ परेकी छन् । सिस्ने गाउँपालिका वडानम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय बिछोड विकलाई २० वर्षीया श्रीमती रेश्माले दाउराले हान्दा मृत्यु भएको बताइएको छ । पारिवारिक विवादका कारण मंगलबार राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा मृत्यु भएको वडानम्बर २ का वडाध्यक्ष जीवन केसीले बताए । उनका अनुसार बुधबार बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए । घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको ...
नेपाली सेनाका दुई उच्चअधिकृत बर्खास्त

नेपाली सेनाका दुई उच्चअधिकृत बर्खास्त

अपराध, समाचार
नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ। बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको जंगी अड्डाले जनाएको छ। माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको छ। पद्दती र प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको सेनाले विज्ञप्तिमार्फत स्पष्ट पार...
लिभिङ टुगेदरमा बस्दै आएका एक जोडी पासोमा झुण्डिएको अवस्थामा फेला

लिभिङ टुगेदरमा बस्दै आएका एक जोडी पासोमा झुण्डिएको अवस्थामा फेला

अपराध, समाचार, समाज
काठमाडौँ- राजधानीको पेप्सिकोलामा बुधबार एक जोडी एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेका छन्। ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा कागेश्वरी नगरपालिका-६ पेप्सिकोलामा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको जानकारी देशसञ्चारलाई दिए। ...
दिन प्रतिदिन बलत्कार बढनुको प्रमुख कारण दण्डहिनता :डा. डीआर उपाध्याय

दिन प्रतिदिन बलत्कार बढनुको प्रमुख कारण दण्डहिनता :डा. डीआर उपाध्याय

अपराध, समाचार, स्वास्थ्य
डा. डीआर उपाध्याय देशको कुनै स्थानमा दुइ-तीन वर्षमा बलत्कारको एउटा मात्रै घटना हुँदा सारा देश स्तब्ध हुने गरेको कालखण्ड बितेको धेरै भएको छैन् । आज दैनिक सरदर ६ वटा बलत्कारका घटनाबारे सुन्दा पनि त्यसलाई त्यति स्तब्धकारी नमान्ने धेरेै सर्वसाधारण यस काल खण्डकासमेत छन् । आधुनिक मानविय सभ्यताको निधारमा दिनहुँ लाग्ने गरेको बलत्कारको कालो धब्बाले सामाजिक विकाश माथी नै बिभिन्न गम्भिर प्रश्न खडा गरेको छ । बलत्कारको विषालु नङले हाम्रो सभ्यतालाई कसरी चिथोरीरहेको छ त्यसका केही दृष्टान्त–मुलुकमा ‘लकडाउन’ भईरहँदा केवल कैलाली कञ्चनपुर जिल्लामा एक दर्जन भन्दा बढी बलत्कारका घटना भएका छन् । यसै वर्षको आरम्भ वैशाख २० गते कैलालीमा बलत्कारको आरोपमा पति तथा जेठाजु मात्रै पक्राउ परेनन् घटना मिलाउन पचास हजार रुपैयाँ लिने सामुदायिक वनका अध्यक्ष समेत पक्राउ गरिए । यस्तै बैशाख २६ गते कञ्चनपुर ५० रुपैयाँ दिएर ...
इरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को मृत्यु,मृतकको संख्या बढ्न सक्ने

इरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को मृत्यु,मृतकको संख्या बढ्न सक्ने

अन्तराष्ट्रिय, अपराध, समाचार
इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ । यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ । इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिस्फोट ग्यास लिकका कारण भएको बताएको छ । टिभीमा प्रसारण गरिएको तस्बिरमा आकाशमा धुँवा उडिरहेको देखिएको छ । दमकलकर्मीलाई आगोमाथि नियन्त्रण पाउन निकै समय लागेको बताइन्छ । अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा धेरैजसो महिला रहेका छन् । यसअघि सेनाको क्याम्पमा पनि ठूलो बिस्फोट भएको थियो । यसको कारण पनि ग्यास लिक नै बताइन्छ । ...
छाब्दी मन्दिरको शंख चोरी,भक्तजनलाई मन्दिरमा प्रवेश रोक

छाब्दी मन्दिरको शंख चोरी,भक्तजनलाई मन्दिरमा प्रवेश रोक

अपराध, समाचार, समाज
तनहुँ – धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए । मन्दिरको दुईवटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयबासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए । स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइए...