बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अपराध

राजस्व चुहावट गरेको आरोपमा सुनचाँदी व्यवसायी राजस्वको नियन्त्रणमा

राजस्व चुहावट गरेको आरोपमा सुनचाँदी व्यवसायी राजस्वको नियन्त्रणमा

अपराध, समाचार
बुटवल- राजस्व अनुसन्धान विभागले रुपन्देहीका एकजना सुनचाँदी व्यवसायीलाई सुन चोरीपैठारी गरी राजस्व चुहावट गरेको आरोपमा नियन्त्रणमा लिएको छ। भैरहवास्थित सोनी ज्वेलर्सका प्रोप्राइटर सुनिल सुनार र उनका सहयोगी अमित परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको विभागले जनाएको छ। विभागको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरु सवार रहेको साधनसहित नियन्त्रणमा लिएको हो। सुन चोरी पैठारीको आरोपमा उनीहरूको साथबाट ९९ लाख ५ हजार रूपैयाँ रकम तथा कागजात बरामद गरी अनुसन्धान अघि बढाएको विभागले जनाएको छ। विभागले उनीहरूका कारोबारका विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ। ...
पोर्न साइट बनाई नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने एक युवक पक्राउ

पोर्न साइट बनाई नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने एक युवक पक्राउ

अपराध, समाचार
काठमाडौं- पोर्न साइट बनाएर नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर अपराध ब्युरोले काठमाडौंको गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो। सुरजले ब्लुसंसार डटकम नामको पोर्न साइट खोलेर चितवनकी एक युवतीको अश्लील भिडियो अपलोड गरेको ब्युरोले जनाएको छ। विद्युतीय कारोबार ऐन २०६३ अनुसार सुरजविरुद्ध अदालतबाट ७ दिनको  म्याद थप भएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ। ...
अवैध मृगौला प्रत्यारोपणको आरोपको मेडिकल कलेज चिवतनद्वारा खन्डन

अवैध मृगौला प्रत्यारोपणको आरोपको मेडिकल कलेज चिवतनद्वारा खन्डन

अपराध, आर्थिक, समाचार
चितवन । पूरानो मेडिकल कलेज चितवनले अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपको खन्डन गरेको छ । मृगौला पीडित बिरामीको जीवन रक्षाका लागि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरि प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधार र विश्वास एबम् प्रत्यारोपण स्वीकृती समितीको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको जनाएको छ । कलेजले आज एक विज्ञप्ती जारी गर्दै जिम्मेवार चिकित्सिकहरू, प्रमुख सञ्चालन अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र एक जना अधिवक्तासमेतलाई मानव बेचविखन अनुसन्धान ब्यूरो काठमाडौंले सोधपुछ लागि उपस्थित गराई थप अनुसन्धान गरिरहेको पनि बताएको छ । कुनै पनि घटनाका विषयमा राज्यका अंगहरूले प्रश्न उठाएपछि त्यस सम्बन्धी जानकारी गराउनु, छानविनका लागि सहयोग गर्नुलाई यस स्वास्थ्य संस्थाले आफ्नो दायित्व सम्झेको छ । कलेजभन्दा बाहिर अंग ग्रहणकर्ताको परिवार वा दा...
भरतपुर मेडिकल कलेजबाट अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा चार जना डाक्टर पक्राउ

भरतपुर मेडिकल कलेजबाट अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा चार जना डाक्टर पक्राउ

अपराध, समाचार, स्वास्थ्य
प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका छन। प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ। सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ। सो मुद्दामा उनीहरु सम्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ। ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। ...
मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

अपराध, समाचार
जनकपुरधाम– मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा धनुषामा एकजना पक्राउ परेका छन्। धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित तीनकौरियामा मानसिक अवस्था ठिक नभएकी ३५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा भागवती मण्डललाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। शनिबार बिहान दुर्गा मन्दिरमा सुतिरहेकी ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय मण्डललाई पक्राउ गरेको हो। ...
३३ किलो सुन तस्करी प्रकरण: तस्करीका एक आरोपीलाई यूएईबाट काठमाडौँ ल्याइयो

३३ किलो सुन तस्करी प्रकरण: तस्करीका एक आरोपीलाई यूएईबाट काठमाडौँ ल्याइयो

अपराध, समाचार
काठमाडौँ – ३३ किलो सुन तस्करी प्रकरणमा यूएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि २०७५ माघमा यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौँ ल्याइएको नेपाल  प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए । शाहीका अनुसार काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए ।मोरङका चुडामणि उप्रेती ‘गोरे’को समूहमा रहेर उनले यूएईबाट नेपालमा सुन तस्करी गर्ने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो । खड्कालाई मोरङ लैजाने तयारी छ । ...
आत्महत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने

आत्महत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने

अपराध, समाचार
काठमाडौं । आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रोक लगाउन लागेको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने, साथै विभिन्न किसिमका मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’ ...
‘ज्योतिषी’ अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ

‘ज्योतिषी’ अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ

अपराध, समाचार
काठमाडौं । आफूलाई ज्योतिषी बनाउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै बुझिरहेको बताएका छन् । एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी यस अघि २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए । ...
आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे उज्जैनबाट पक्राउ

आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे उज्जैनबाट पक्राउ

अन्तराष्ट्रिय, अपराध, समाचार
भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानकारी दिएको छ । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको छ । विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए । यद्यपि, विकास महाकाल मन्दिर परिसरमा पुगेर आफू विकास दुबे हुँ भन्दै चिच्याएको पनि केहीले बताएका छन् । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास मध्यप्रदेशको हिरासतमा भएको जानकारी दिँदै उनलाई कसरी पक्राउ गरियो भन्नेबारे केही जानकारी दिनु ठिक नभएको बताए । प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो । उत्त...
कोरोना जितेर घर फर्किएका एक युवाले घर पुगेको २० मिनेटमै आत्महत्या गरे

कोरोना जितेर घर फर्किएका एक युवाले घर पुगेको २० मिनेटमै आत्महत्या गरे

अपराध, समाचार
काठमाडौं। कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडा सचिव मिलन काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार उनले घर पुगेको २० मिनेटमै आत्महत्या गरेका हुन् । यी युवा भारतबाट फर्किएका थिए । फर्किएलगत्तै परीक्षणमा उनी कोरोना संक्रमित पाइएपछि उनलाई लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसन सेन्टरमा राखेर उपचार गरिएको थियो । उपचारपछि उनी पूर्ण रुपमा निको भएपछि सोमबार उनलाई डिस्चार्ज गरिएको थियो । सोमबार डिस्चार्ज भएर उनी घर गएका थिए । घर पुगेको २० मिनेटमै उनले झुण्डिएर आत्महत्या गरे । उनले पारिवारिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनको घरमा कोही पनि थिएनन् । उनकी आमा र दाजु केही वर्षअघि बेपत्ता भएका थिए । उनका पिताले कान्छी बिहे गरी तराइतिर बद...