बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

जनकपुरधाम– मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा धनुषामा एकजना पक्राउ परेका छन्।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित तीनकौरियामा मानसिक अवस्था ठिक नभएकी ३५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा भागवती मण्डललाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

शनिबार बिहान दुर्गा मन्दिरमा सुतिरहेकी ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय मण्डललाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *