बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अपराध

रञ्जनको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता

रञ्जनको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता

अपराध, समाचार
काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको हो । प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका हुन् । सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने कानुनी व्यवस्थ...
सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त

अपराध, समाचार
साउन, काठमाडौंः सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहिबार जेलमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले भने ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । उच्च अदालत पाटनले पनि २३ मंसिर २०७२ मा कोइरालाको सर्वस्वसहितको फैसलालाई सदर गरेको थियो । तर, सर्वोच्चले उनको कैद सजाय घटाएको हो । श्रीमती हत्या आरोपमा उनी ८ माघ २०६८ मा पक्राउ परेका थिए । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता

अपराध, समाचार
आर्थिक वर्ष २०७६/०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता पाएको छ। अख्तियारको वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष ४ सय ४१ वटा मुद्दा दायर गरिएको थियो। जुन अघिल्लो आवको तुलनामा ९० वटा मुद्दा बढी हो। अख्तियारले भ्रष्टाचार आरोपमा दायरमध्ये ८४.८ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको हो। तर अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो दर निकै बढी भएको अख्तियारले जनाएको छ। अघिल्ला आवहरुमा ६०/७० प्रतिशतको हाराहारीमा रहने गरेका थिए। गत आवमा अख्तियारले २०६ वटा घुस लिएका, नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ८५ वटा, सार्वजनिक सम्पत्तिको हानि/नोक्सानीसम्बन्धी ७४ वटा, गैरकानुनी लाभहानिसम्बन्धी ३६ वटा, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ र अन्य विविध १० वटा गरी ४ सय ४१ वटा मुद्दा दायर गरेको थियो। ४ सय ४१ मुद्दामा कुल १ हजार १...
भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

अपराध, समाचार
काठमाडौं। आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार रहेका भारतीय नागरिक राजेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशखाको टोलीले उनलाई १३ वर्षपछि पक्राउ गरेको हो। महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएको जनाएको छ। प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालीन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरी हत्या गरेका थिए। रोहितका बुबा बासुदेवसँग गुप्ताले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि भान्जालाई अपहरण मुक्त नगरी हत्या गरेका थिए। भान्जाको हत्यापछि उनले बालकको शवलाई शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फालेर फरार रहेका थिए। सो घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो उनी हालपनि कारागारमै र...
बनारसमा केश मुण्डन गरिएका र नेपाली भनिएका व्यक्ति भारतीय नागरिक !

बनारसमा केश मुण्डन गरिएका र नेपाली भनिएका व्यक्ति भारतीय नागरिक !

अन्तराष्ट्रिय, अपराध, समाचार
काठमाडौं। गएको बिहीबार भारतमा केश मुण्डन गरिएका र नेपाली भनिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ। भारतीय प्रहरीको हवला दिँदै बीबीसी नेपाली सेवाले प्रकाशित गरेको समाचारमा केश मुण्डन गरिएका युवक भारतीय भएको जनाएको छ। गएको विहीबार एक युवककको जबरजस्ती केश मुण्डन गरिएको र ती व्यक्तिले नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाएको भिडियो भाइरल बनेको थियो। र ती युवक नेपाली रहेको र जबरजस्ती भारतीय एक धार्मिक संगठनले त्यस्तो गरेको बताइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपाल नै रहेको बताएको केही दिनपछि वाणरसीमा सो घटना भएको थियो। भारतीय प्रहरीले सो भिडियो बनाएको आरोपमा चारजनालाई शुक्रबार पक्राउ गरेको थियो। सो प्रकरणमा शनिबार थप दुईजना पक्राउ परेको बीबीसीले जनाएको छ। सो प्रकरणका मुख्य आरोपी भनिएका अरुण पाठक अझै फरार रहेको वाणरसी प्रहरीले जनाएको छ। नेपाली युवक भनिए...
बनारसमा नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारतले कारबाही थाल्यो

बनारसमा नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारतले कारबाही थाल्यो

अपराध, समाचार
काठमाडौँ, साउन ३ । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिएका हुन् । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो । मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिएको राजदूत आचार्यले बताए ।“नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र ज...
लेखा अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

लेखा अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

अपराध, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पाखरेललाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले दिएको निवेदनका आधारमा आयोगको इटहरिस्थित कार्यालयबाट खटिएको टोलीले पोखरेललाई उपमहानगर ६ वीपी चोकबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ । ...
बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि

बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि

अपराध, समाचार
बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन् । यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीन/तीन, हत्या– बोक्सी आरोप – घर निकाला – जातीय भेदभाव–तालाबन्दी एकएक, बन्दहड्ताल र आत्महत्या दुरुत्साहन दुई /दुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुव्र्यवहारसम्बन्धी पाँच घटना भएको इन्सेकले जनाएको छ । ...
बूढानिलकण्ठ कार दुर्घटनाका चालक पाँच लाख धरौटीमा रिहा

बूढानिलकण्ठ कार दुर्घटनाका चालक पाँच लाख धरौटीमा रिहा

अपराध, समाचार
काठमाडौं। गत मंसिरमा बुढानीलकण्ठमा भएको कार दुर्घटनाका चालक पृथ्वी मल्ललाई सर्वोच्च अदालतले पाँच लाख धरौटीमा रिहा गरेको छ। जिल्ला अदालत, र उच्च अदालतले काठमाडौंले सवारी ज्यान सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि मल्ल सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले मल्ललाई धरौटी माग गरी रिहा गर्ने आदेश दिएको हो। मदिरा सेवन गरी गाडी चलाएर दुघर्टना गरेको आरोपमा उनलाई १० बर्षको कैद सजाय माग गरिएको थियो। काठमाडौं जिल्ला अदालतले २०७६ पुस २३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्लाले थुनामा पठाएपछि मल्ल उच्च अदालत पाटन पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए। २८ मंसिरमा बुढानिलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लिला देवकोटाको मृत्यु भएको थियो। अत्यधिक मादक पदार्थ स...
पोलिमर नोट छपाई मुद्दामा तिलक रावल सहित प्रतिवादी सबैलाई सफाइ

पोलिमर नोट छपाई मुद्दामा तिलक रावल सहित प्रतिवादी सबैलाई सफाइ

अपराध, आर्थिक, समाचार
पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वगर्भनर डा. तिलक रावलसहित प्रतिवादी सबैलाई विशेष अदालतले मंगलबार सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्धय बालेन्द्र रुपाखेती तथा शान्ति सिंह थापाको इजलास प्रतिवादी तीनै जनालाई सफाई दिएको हो । १० रुपियाँको पोलिमर नोट छपाई गर्दा करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. रावलसहित तीन जनालाई प्रतिवादी बनाई २०७५ साल पुष ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले अख्तियारको दावी नपुग्ने उल्लेख गर्दै सबैलाई सफाई दिएको हो । ...