बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अपराध

फेसबुकमा महिला बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ

फेसबुकमा महिला बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ

अपराध, समाचार, समाज
सामाजिक सञ्जाल फेसबुकमा महिला बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको मोहन्याल गाउँपालिका–३ बस्ने वर्ष २७ को धन बहादुर शाही रहेका छन्। शाहीलाई बिहीबार काठमाडौंको कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जाल फेसबुकको आईडीमा महिलाको आकर्षक फोटो राखी विभिन्न व्यक्तिसँग म्यासेन्जरबाट कुराकानी गर्ने र माया जालमा पार्ने गरेका प्रहरीले जनाएको छ। त्यसपछि उनले अश्लिल फोटो पठाउने र रकम आईएमई गर्न लगाउने तथा रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी ब्ल्याकमेलिङ गरेर ठगी गर्ने गरेका थिए।पक्राउ परेका शाही उपर थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ...
क्यानडा पठाइदिने भनी २१ लाख ठगी गर्ने तीन पक्राउ

क्यानडा पठाइदिने भनी २१ लाख ठगी गर्ने तीन पक्राउ

अपराध, समाचार
काठमाडौं । प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धु्रब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज दिउँसो धापासीबाट पक्राउ गरेको हो महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी रु २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रारम्भिक रुपमा खड्कासँग रु २१ लाख ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । ...
गाई काटेकाे आराेपमा एक पक्राउ

गाई काटेकाे आराेपमा एक पक्राउ

अपराध, समाचार
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १३ चुनिखेलमा गाई काटेकाे आराेपमा एक व्यक्ति पक्राउ परेका छन्। शंखुवासभा भोटखोला गाउँपालिका–३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। बुढानिलकण्ठ नगरपालिका–११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरेका थिए। महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। ...
युवतीमाथि एसिड छ्याप्ने २ जना जेल चलान

युवतीमाथि एसिड छ्याप्ने २ जना जेल चलान

अपराध, समाचार
काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड छ्याप्ने २ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । ८ साउनमा सीतापाइलामा ओखल्ढुंगाकी युवती पवित्रा कार्कीलाई मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदले एसिड प्रहार गरेका थिए । उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहको इजालसले कार्कीमाथि एसिड हान्‍ने दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतले एसिड प्रहारबाट घाइते कार्कीको उपचारमा राहत कोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ । यसअघि एसिड प्रहार गर्नेहरूलाई कारागार पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो । ...
स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई अव कैद सजाय

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई अव कैद सजाय

अपराध, समाचार, समाज
काठमाडौं। विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । “कोरोना सकिए झै गरेर लापरवाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने। सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म...
घुस लिएको अभियोगमा लेखा अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा

घुस लिएको अभियोगमा लेखा अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा

अपराध, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६५ हजार घुस लिएको अभियोगमा इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेल विरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ । ...
लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेको अभियोगमा एक पक्राउ

लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेको अभियोगमा एक पक्राउ

अपराध, समाचार
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् । उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबाटेबाट पक्राउ गरिएको डीएसपी राजकुमार केसीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पाण्डेले चन्द्रागिरि–४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठ लगायतलाई लाइसेन्स बनाइदिन्छु भनेर प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ लिएको खुलेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी केसीले बताए । ...
ग्यापु अनलाइन व्यापारलाई ५० हजार जरिवाना

ग्यापु अनलाइन व्यापारलाई ५० हजार जरिवाना

अपराध, आर्थिक, समाचार
काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यापार कम्पनी ग्यापु मार्केट प्लेस प्रालिलाई जरिवाना गरेको छ। अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेको भन्दै विभागले आइतबार कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो। विभागका अनुसार अनलाइन व्यापारका लागि वाणिज्य विभागमा दर्ता हुनुपर्ने कानुनी प्रावधान रहेपनि उक्त कम्पनीले दर्ताबिनै कारोबार गरिरहेको भेटिएको हो। ‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० ९२० बमोजिम अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेकोले दफा ३८ (ट) को कसुरमा सोही ऐनको दफा २९ उपदफा १ को घ अनुसार कारबाही गएिको’ विभागले जनाएको छ। ...
सितापाइलामा युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्ति पक्राउ

सितापाइलामा युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्ति पक्राउ

अपराध, समाचार
युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो। उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्। बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए। पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा उनलाई तेजाब छ्यापि...
सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार

सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार

अपराध, समाचार
काठमाडौं । राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो । दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले जानकारी दिए । उनले एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । ...