बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

गाई काटेकाे आराेपमा एक पक्राउ

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १३ चुनिखेलमा गाई काटेकाे आराेपमा एक व्यक्ति पक्राउ परेका छन्।

शंखुवासभा भोटखोला गाउँपालिका–३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

बुढानिलकण्ठ नगरपालिका–११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरेका थिए।

महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *