साउन, काठमाडौंः सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहिबार जेलमुक्त भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले भने ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । उच्च अदालत पाटनले पनि २३ मंसिर २०७२ मा कोइरालाको सर्वस्वसहितको फैसलालाई सदर गरेको थियो । तर, सर्वोच्चले उनको कैद सजाय घटाएको हो । श्रीमती हत्या आरोपमा उनी ८ माघ २०६८ मा पक्राउ परेका थिए ।
