बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

इरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को मृत्यु,मृतकको संख्या बढ्न सक्ने

इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ ।

यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ ।


इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिस्फोट ग्यास लिकका कारण भएको बताएको छ । टिभीमा प्रसारण गरिएको तस्बिरमा आकाशमा धुँवा उडिरहेको देखिएको छ । दमकलकर्मीलाई आगोमाथि नियन्त्रण पाउन निकै समय लागेको बताइन्छ ।

अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा धेरैजसो महिला रहेका छन् । यसअघि सेनाको क्याम्पमा पनि ठूलो बिस्फोट भएको थियो । यसको कारण पनि ग्यास लिक नै बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *