नेपाल जनस्वास्थ्य संघले गुमाउनु नहुने महासचिव उमेदवार कैलाश खाकि
नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिनुभएको हो । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य हुनुभएका श्रेष्ठ २० वर्षदेखी जनस्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरुवीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने, जनस्वास्थ्यकर्मीवीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताउनुभयो । बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘यूवा जनस्वास्थ्यकर्मीसँग सहकार्य र अग्रजको सल्लाह सुझाव लिएर संगठनको विकासमा लाग्ने छु ।’ जस्...







