आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपालमा २४३३ जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा २४३३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०५२ जना र एन्टिजन परिक्षण गर्दा ३८१ जना गरि जम्मा २४३३ जना नयाँ संक्रमित थपिएका हुन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २६ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ रहेको छ । नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.५ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ३८ हजार ३८४ रहेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *