शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेपालमा ३०४२ जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ३०४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०७९ जना र एन्टिजन परिक्षण गर्दा ९६३ जना गरि जम्मा ३०४२ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा २२४४ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २६ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ रहेको छ ।  

योसंगै नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.१ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ४० हजार ३०९ रहेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *