आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

गुल्मीमा जिप दुर्घटनामा पूर्व सासंद भण्डारीसहित दुईजनाको मृत्यु

गुल्मीमा जिप दुर्घटनामा पूर्व सासंद भण्डारीसहित दुईजनाको मृत्यु

समाचार, समाज
गुल्मी— चैत्र २७ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा पूर्व सासंदको मृत्युु भएको छ । मुसिकोट नगरपालिका १ पौदी अमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासि पूर्व सासंद रुद्रमणी भण्डारीको घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनामा मालिका गाउँपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ । विहिवार विहान मालिका गाउँपालिकावाट उक्त जिप वुटवलका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ । (इमेज खबर)...
३०० वर्ष पुरानो मध्यपुरथिमिको पोखरीमा भरियो पानी

३०० वर्ष पुरानो मध्यपुरथिमिको पोखरीमा भरियो पानी

समाचार, समाज
काठमाडौँ — चैत्र २७ । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मंसिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानकारूपमा परिणत हुँदै आएको थियो । तर, निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले लिएको संकल्प यतिखेर धमाधम पूरा हुन थालेका छन् । जसमध्ये नमुनाको काम हो, ‘निगु पुखुः’ अर्थात् दुई पोखरीको पुनर्जीवन । स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भूलिसकेका थिए । यो ठाउँको नाम नै दुई पोखरी भइसकेको थियो । तर, यस वर्षको बिष्का जात्रालाई लक्षित गरी नगरपालिकाले कम्तीमा एउटा पोखरीको पुनःनिर्माण गरी पानी भर्ने संकल्प लिएर गरेको काम सफल भएसँगै बुधबार बिहानबाट पानी भरेर पोखरीलाई पूर्णता दिएको...
जोरपाटीमा खुकुरी देखाएर मनि ट्रान्सफरको तीन लाख लुटियो

जोरपाटीमा खुकुरी देखाएर मनि ट्रान्सफरको तीन लाख लुटियो

अपराध, समाचार, समाज
साँखु— चैत्र २७ । जोरपाटीको चामुन्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको मंगलबार रु तीन लाख नगद लुटपाट भएको छ । मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको उक्त रकमसहित काउन्टरबाट करिब रु २० हजार लुटपाट भएको प्रहरीले जनाएको छ । पीडितले काठमाडौंको जोरपाटीस्थित नबिल बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर पुगेपछि सटर खोलेर सफा गर्नेक्रममा एक्कासि भित्र छिर्दै तीनजनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेको बताएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । प्रहरीले घटनाको थप अनुसन्धानका साथै लुटेराको खोजतलास जारी रहेको जनाएको छ । (रासस)...
‘मुद्दा मिलाउन’ भन्दै न्यायाधीशलाई ५ लाख

‘मुद्दा मिलाउन’ भन्दै न्यायाधीशलाई ५ लाख

अपराध, समाचार, समाज
राजविराज — चैत्र २७ । फलफूल व्यापारीले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामा ५ लाख जम्मा गरेको भौचरसहित न्यायपरिषद्मा उजुरी, बहुविवाहमा सफाइको आदेश दिलाउन लेनदेन भएको आरोप । मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् । राजविराजका फलफूल व्यापारी सागरकुमार साहले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको खातामा विभिन्न मितिमा हालेको रकमको भौचर । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकम...
हावाहुरी पीडितलाई समाज कल्याण गतिविधि नेपालद्वारा राहत वितरण

हावाहुरी पीडितलाई समाज कल्याण गतिविधि नेपालद्वारा राहत वितरण

समाचार, समाज
काठमाडौँ — चैत्र २७ । समाज कल्याण गतिविधि नेपालले सामाजिक उत्तरदायित्व/ कार्य अन्तर्गत बारा र पर्सा जिल्लाका हावाहुरीपीडितलाई राहत सामग्री वितरण गरेको छ । हावाहुरीसँगै आएको बिनासकारी आँधीका कारण बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतीलाई दृष्टिगत गर्दै समाज कल्याण गतिविधि नेपाललेले आफ्ना देश भित्र र बाहिर रहेका नेपाली सहयोगी मनहरुबाट राहत संकलन गर्दै प्रभावित क्षेत्रका पीडितलाई वितरण गरेको हो। संस्थाले बारा जिल्लाको फेटा १ भल्मुहिका पीडित ४० घरपरिवारलाई चामल, दाल, तेल, साबुन दन्त मन्जन, चप्पल, कपडा, विस्कुट, चाउचाउ, भाँडाकुडा, थाल–कचौरा लगायतका अन्य अत्यावश्यक सामग्री वितरण गरेको समाज कल्याण गतिविधि नेपालका अध्यक्ष गणेश महताराले जनाए । समाज कल्याण गतिविधि नेपालले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व/ कार्यलाई प्राथमिकतामा राखेर विभिन्न समयमा नेपालभित्र र बाहिर रहे...
पूर्वसांसद तथा उद्योगपति दिवाकर गोल्छाको निधन

पूर्वसांसद तथा उद्योगपति दिवाकर गोल्छाको निधन

समाचार, समाज
काठमाडौँ — चैत्र २७ । नेपालका प्रसिद्ध उद्योगपति तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नइमा गएराति गोल्छाको निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साता अघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । गोल्छा अर्गनाइजेसनको औद्योगिकरणमा पिता हुलासचन्द गोल्छाले उनलाई प्रेरित गरेका छन् । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् । हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेसनले चलाउँदै आएको छ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् । (ईमेज खबर)...
समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्रै रोजे कर्णाली

समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्रै रोजे कर्णाली

समाचार, समाज
वीरेन्द्रनगर —चैत्र २७ । कर्मचारी समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । ‘हामीकहाँ चिकित्सक दरबन्दी नै कम छ,’ उनले भने, ‘त्यहीमाथि बाहिरका यहाँ आउनै मान्दैनन् ।’ स्वास्थ्य सेवातर्फ कार्यरत कर्णालीका डाक्टर–कर्मचारीसहित ४० जनाले प्रदेश बाहिरका जिल्ला, स्थानीय तह र संघलाई रोजेका छन् । डाक्टर–कर्मचारी गरी ३३ जनाले कर्णालीलाई आफ्नो रोजाइमा पारेकामा १६ जना कर्णाली बाहिरका छन् । कतिपय डाक्टरले भने कर्णाली प्रदेश रोजे...
बझाङको विकट स्थान धुलीमा कसरी बसेका छन् प्रहरी !

बझाङको विकट स्थान धुलीमा कसरी बसेका छन् प्रहरी !

समाचार, समाज
काठमाडौँ — चैत्र २६ । बझाङ जिल्लाको धुलीमा २०३५ सालमा स्थापना भएको सीमा प्रहरी चौकी पहिलो पटक प्रमुख जिल्ला अधिकारीले निरीक्षण गरेका छन् । उक्त प्रहरी चौकी स्थापना भए यता उच्च सरकारी तहबाट गरिएको यो नै पहिलो निरीक्षण हो । कार्यालय स्थापना भएको ४० वर्षपछि पहिलो पटक निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी सुरेश नेपालीसहितको टोली हालै धुली पुगेको हो । जिल्लाकै दुर्गम मानिने साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी धुलीको यसअघि कसैले पनि निरीक्षण नगरेको सो कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक माहानन्द जोशीले बताए । प्रहरी चौकी धुली पुग्न सदरमुकाम चैनपुरबाट तीन दिन पैदल हिँड्नु पर्छ । सडक संजालसँग समेत नजोडिएको साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नेपालीले आफुलाई यहाँको समस्या देख्दा निकै दुःख लागेको बताए । प्रहरी कर्मचारीको बासस्थानदेखि न...
विप्लव समूह निकट अखिल (क्रान्तिकारी)की विद्यार्थी नेतृ पक्राउ

विप्लव समूह निकट अखिल (क्रान्तिकारी)की विद्यार्थी नेतृ पक्राउ

अपराध, समाचार, समाज
कास्की— चैत्र २६ नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीका एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज बिहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । स्याङ्जा स्थायी ठेगाना भएकी विद्यार्थी नेतृ नेपाली हाल फूलबारीमा बस्दै आएकी थिइन् । प्रहरीले गत हप्ता सोही विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस एकाइका अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो । यसअघि उक्त समूहका प्रदेश संयोजक किसानसिंह गुरुङ र कास्की प्रमुख रामकाजी गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको थियो । (रासस)...
आज बिहान सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

आज बिहान सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

समाचार, समाज
बैतडी— चैत्र २६ । सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ । (रासस)...