आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या,बलात्कारपछि हत्या भएको हुनसक्ने

जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या,बलात्कारपछि हत्या भएको हुनसक्ने

अपराध, समाचार, समाज
जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या गरिएको छ। उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी एक ११ वर्षीय बालिकाको हत्या भएको हो। बालिकाको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटर पर दुधमती नदीमा फेला परेको छ। उनका दाजुका अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी ती बालिका बेपत्ता भएकी थिइन्। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ।  बालिका बेपत्ता भएकै दिनदेखि व्यापक खोजविन गर्दा उनी फेला परेकी थिइनन्। शुक्रबार बिहान सो क्षेत्रमा गन्ध फैलिएपछि किसानले हेर्दा दुधमती नदीमा कञ्चनको शव देख्दा प्रहरीलाई खबर गरेका थिए। बालिकाको शव नांगै अवस्थामा भेटिएकाले कसैले बलात्कार गरि हत्या गरेको हुुनसक्ने प्रहरीको भनाइ छ। ...
कुवेतबाट आएको निगमको वाइडबडी जहाजमा चरा ठोक्कियो

कुवेतबाट आएको निगमको वाइडबडी जहाजमा चरा ठोक्कियो

समाचार, समाज
काठमाडौं, असार १९-नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । कुवेतबाट आएको ए ३३० कलसाइनको एयरबसमा बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको हो । जहाजमा चरा ठोकिँदा मानीवय क्षति नभएपनि जहाज ग्राउन्डेड भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए। निगमको इन्जिनियरिङ विभागले क्षतिबारे अध्ययन गरिरहेकाले मर्मत गरी पुनः उडान गर्न केही दिन लाग्ने उनले बताए ।नेपाल समाचारपत्रमा खबर छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले भने– ‘हामीले अहिले ३३० जहाजमार्फत विदेशबाट यात्रु ल्याइरहेका छौं । यो जहाज ग्राउन्डेड भएपछि उडान तालिका केही प्रभावित हुन्छ । तथापि, हामीसँग ३३० अर्को पनि जहाज भएको हुँदा उडान तालिका मिलाउन सकिन्छ । रियादलगायतका २÷३ उडान प्रभावित हुन सक्छ । ’ ...
लिभिङ टुगेदरमा बस्दै आएका एक जोडी पासोमा झुण्डिएको अवस्थामा फेला

लिभिङ टुगेदरमा बस्दै आएका एक जोडी पासोमा झुण्डिएको अवस्थामा फेला

अपराध, समाचार, समाज
काठमाडौँ- राजधानीको पेप्सिकोलामा बुधबार एक जोडी एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेका छन्। ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा कागेश्वरी नगरपालिका-६ पेप्सिकोलामा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको जानकारी देशसञ्चारलाई दिए। ...
रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी बाबुछोराको मृत्यु

रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी बाबुछोराको मृत्यु

समाचार, समाज
बुटवल–रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी बाबुछोराको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा नं ६ कलौनी शान्तिटोलमा भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको हो। कपिलवस्तुबाट बुटवलतर्फ आउंदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दिउसो २ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना वडा नं १ का ५० वर्षिय टेकबहादुर परियार र ३० वर्षिय सन्तोष परियारको मृत्यु भएको हो। मृतक दुवैजना बाबुछोरा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। सन्तोष कपिलवस्तुमा कार्यरत प्रहरी जवान रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो...
विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमितको संख्या एक करोड बढी, मृत्यु पाँच लाख चार हजार माथी

विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमितको संख्या एक करोड बढी, मृत्यु पाँच लाख चार हजार माथी

समाचार, समाज, स्वास्थ्य
विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित हुनेको संख्या एक करोडभन्दा बढी पुगेको छ। संक्रमित एक करोड १० लाखभन्दा बढी पुगेको जोन हपकिन्स युनिभर्सिटीले जनाएको छ। संक्रमितमध्ये पाँच लाख चार हजारभन्दा बढीको भने मृत्यु भइसकेको छ। कोरोना संक्रमण देखिएको ६ महिना बितिसक्दा पनि हालसम्म यो नियन्त्रणमा आउन सकेको छैन। अमेरिका, ब्राजिल, रुस र भारतमा यतिबेला तिव्र गतिमा कोरोना संक्रमित थपिरहेका छन्। यी राष्ट्रहरु हाल विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका राष्ट्र हुन्। हालसम्म कोरोनाबाट संक्रमित बनेका ५० लाखभन्दा बढी मानिस उपचारपछि स्वस्थ बनिसकेका छन् यद्यपी हालसम्म यसको औषधि र खोप बन्न सकेको छैन। विश्वभर सयभन्दा बढी खोप विकासको क्रममा रहेको डब्लूएचओले जनाएको छ। चीन, अमेरिका, बेलायत लगायतका मूलुकले कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गरिरहेका छन्। एकदेखि डेढवर्ष भित्र ...
जेसिआइ काठमाडौं लेडीको “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी अनलाईन तालिम”सम्पन्न

जेसिआइ काठमाडौं लेडीको “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी अनलाईन तालिम”सम्पन्न

समाचार, समाज, स्वास्थ्य
जेसिआइ काठमाडौं लेडीले प्रोजेक्ट साथि अन्तर्गत “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी तालिम” सम्पन्न गरेको छ। जेसिआइ नेपाल एसडीजी(SDG) कमिटि र जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिको सहयोगमा जेसिआइ काठमाडौं लेडीले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि जेसिआइ काठमाडौं लेडीका पुर्व अध्यक्ष डा. शुसिला मल्ल,विशिष्ट अतिथि नेपाल जेसिज २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शंकर रहनु भएको थियो। त्यसैगरि कार्यक्रममा अतिथिका रुपमा जेसिआइ नेपालका नेशनल एसडीजी संयोजक जेसिआइ सिनेटर आशिस शर्मा,जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिका संयोजक जेसी रुकमणि सिग्देल हुनु हुन्थ्यो। कार्यक्रमको सरुवातमा जेसिआइ काठमाडौं लेडीका निवर्तमान अध्यक्ष जेसी अर्चना मुनंकर्मी श्रेष्ठले जेसिज आस्था पाठ वाचन गर्नु भएको थियो। कार्यक्रममा जेस...
उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक

उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक

समाचार, समाज
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ। सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ। ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ। निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ। उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ। निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ। यस्तो छ सवारी पासको लागि आवेदनको ढाँचा ...
छाब्दी मन्दिरको शंख चोरी,भक्तजनलाई मन्दिरमा प्रवेश रोक

छाब्दी मन्दिरको शंख चोरी,भक्तजनलाई मन्दिरमा प्रवेश रोक

अपराध, समाचार, समाज
तनहुँ – धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए । मन्दिरको दुईवटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयबासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए । स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइए...
विद्यालयले अभिभावकलाई जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ:डा. डिआर उपाध्याय

विद्यालयले अभिभावकलाई जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ:डा. डिआर उपाध्याय

शिक्षा, समाचार, समाज
डा .डिआर उपाध्याय, कोरोना संक्रमणको बढ्दो महामारीका कारण धेरै क्षेत्रमा प्रभाव पारेको छ । सवै भन्दा महत्वपूर्ण कुरा के हो भने भविश्यका कर्णधार विद्यार्थीहरुको भविश्य अन्योलमा छ । शैक्षिक सत्र सुरु भइसक्दासमेत अधिकांश विद्यालयको पठनपाठन सुरु हुन सकेको अवस्था छैन । निजी विद्यालयहरूले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन । तर अनलाइनमार्फत पढाई भएता पनि खासै प्रभावकारी हुन सकेको देखिदैन । यो भनेको निजी विद्यालयहरूको शुल्क उठाउने खेलो मात्र हो । यतिखेर विद्यार्थी र अभिभावकहरू निकै चिन्तित अवस्थामा छन् । सरकारले पनि शैक्षिक क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्ने बिषयमा स्पष्ट कार्ययोजना बनाउन सकेको छैन । केही निजी विद्यालयहरुले लकडाउन अवधिको समेत अभिभावकलाई शुल्क तिर्न ताकेता गरिरहेका छन । जुन कारणले गर्दा यति खेर अभिभावकहरू चिन्तित बन्न पुगेका छन् । पढाउँदै नपढाइ विभिन्न शीर्षकमा अभिभावकल...
मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु

मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु

अपराध, समाचार, समाज
विराटनगर । पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पैदल यात्री महिला र मोटसाइकलमा सवार दुईजना पुरुषको मृत्यु भएको हो । झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो । त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका-२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गा...