आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु

चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु

समाचार, समाज
काठमाडौँ – बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेको छन् । ‘बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ् लागेर मृत्यु भएको हो,’ भारतीले भने, ‘यस्तै ललितादेवी यादव खेतमा धान रोप्न जाँदा र केसी साह पनि खेतमा काम गर्न गएका बेला चट्याङ् लागेर मृत्यु भएको हो । ...
समाजसेवी तथा मिसेस तिज -२०७५ की बिजेता हेमा गुरुङ्गद्वारा श्रमीकलाई आर्थिक सहयोग

समाजसेवी तथा मिसेस तिज -२०७५ की बिजेता हेमा गुरुङ्गद्वारा श्रमीकलाई आर्थिक सहयोग

समाचार, समाज
मिस एण्ड मिसेस तिज नेपालकी बिजेता तथा समाजसेवी हेमा गुरुङ्गले दैनीक श्रम गरि जिविकोपार्जन गर्दै आएका र लकडाउनका कारण आय आर्जन गुमाएर अप्ठेरोमा परेका श्रमिक परिवारलाई नगद सहयोग गरेकी छिन । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेस तिज नेपाल २०७५ की बिजेता हेमाले यस अघि पनि केही विपदमा परेका असहायहरुलाई राहत तथा नगद सहयोग गर्दै आइरहेकी छिन । हाल लण्डनमा रहेर एक सामाजिक संस्थामा आवद्ध भई फुर्सदमा समाजसेवा सक्रिय रहदै आएकी हेमाले दक्ष ईन्टरनेशनलका प्रमुख तथा मेक अप आर्टिष्ट टेक राज पाण्डे मार्फत उनले हाल अप्ठेरामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेकी छिन । उपाधी विजेता पश्चात स्वदेशमै रहेर समाज सेवामा सक्रिय रहेको थिए तर हाल विदेशमा छु तर पनि अप्ठेरोमा परेकाहरुलाई आर्थिक लगायत विभिन्न तवरले सहयोगलाई निरन्तरता दिदै आएको समाजसेवी हेमाले बताइन । ...
पूर्वयुवराज्ञी हिमानी थाइल्याण्डबाट फर्किन्

पूर्वयुवराज्ञी हिमानी थाइल्याण्डबाट फर्किन्

राजनीति, समाचार, समाज
पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छन्। थाइल्याण्डमा रहेकी हिमानी मंगलबार अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए। नेपाल एअरलाइन्सको विमानमार्फत् हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि स्वदेश फर्किएका हुन्। ुपिसिआर परीक्षण गरेर आएको भन्ने छ, उनले भने यसबारे थप सिसिएमसीले हेर्छ। हिमानीका दुई छोरीहरू भने थाइल्याण्डमै छन्। छोराछोरी भेट्न तीन महिनाअघि थाइल्याण्ड गएकी हिमानी उतै रोकिएकी थिइन्। हिमानी स्वदेश फर्किएको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस सहयोगी फणिराज पाठकले बताए। उहाँहरु स्वदेश आउनुभएको छ, क्वारेन्टिन बस्ने र नबस्ने जानकारी भएनु उनले भने। ...
पहिलेको जस्तो लक डाउन हुदैन : ईश्वर पोखरेल ,उपप्रधान तथा रक्षामन्त्री

पहिलेको जस्तो लक डाउन हुदैन : ईश्वर पोखरेल ,उपप्रधान तथा रक्षामन्त्री

राजनीति, समाचार, समाज
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो । लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कल बाजी हुन थालेका छन् । सरकारी अधिकारी भने अब पहिले जस्तो लकडाउन नहुने बताउँछन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने जनाउँछन् । कतै कोरोना फैलिएर गए त्यो ठाउँ सिल गर्ने गरी अहिले काम भइरहेक...
मौसम पूर्वानुमान महाशाखाको बुलेटिन मनसुन देशैभर फैलिएकाले पूर्वतयारी अपनाउनु

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन मनसुन देशैभर फैलिएकाले पूर्वतयारी अपनाउनु

समाचार, समाज
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिएकाले पूर्वतयारी (वर्षा, बाढी, पहिरो तथा डुबानबाट बच्न) मा लाग्न आह्वान गरेको छ। महाशाखाका अनुसार यही जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको हो। ‘सामान्यतयाः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्छ। यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो,’ आइतबार साँझ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘आज (आइतबार) जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ। यससँगै मौसमी गतिविधि बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न हुन सम्बन्धित निकायलाई अनुरोध छ।’ योसँगै आज (सोमबार) देखि हिजो/अस्तिभन्दा वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका लागि महाशाखाले विशेष ब...
उच्च सतर्कता अपनाउदै व्यवसाय संचालन गरौं : उर्मिला श्रेष्ठ,अध्यक्ष  नेपाल महिला चेम्बर्स

उच्च सतर्कता अपनाउदै व्यवसाय संचालन गरौं : उर्मिला श्रेष्ठ,अध्यक्ष नेपाल महिला चेम्बर्स

आर्थिक, समाचार, समाज
काठमाण्डौं – नेपाल महिला चेम्बरले आईतबार भर्चुअल कार्यशालाको आयोजना गरेको छ । जारी लकडाउनका कारण महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रहेर महिला चेम्बरले उक्त कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा नेपाल महिला चेम्बर सम्बद्ध सदस्यहरुको सहभागीता रहेको थियो । साना तथा मझौला उद्योग तथा व्यापारको क्षेत्रमा सकृय उद्यमी महिलाहरुलाई लक्षित गरि आयोजित उक्त कार्यशालामा राष्ट्र«भर छरिएर रहेका शाखा संजालबाट करिब ५० जनाको सहभागीता रहेको थियो । ब्राण्डिङ्ग, अनलाईन बिजनेश प्रबद्र्धन र डिजिटल पेमेण्टको विषयमा केन्द्रित रहेको उक्त कार्यशालामा पैेलक प्रबिन, अदिती गोयल र अनमोल रतेरियाले प्रशिक्षण दिएका थिए । सो अवसरमा पैेलक प्रबिनले ब्राण्डिङ्गमा व्यक्तिगत र सांगठनिक (पर्सनल र अर्गनाईजेशन) गरि दुई कोणबाट कसरी प्रबद्र्धन गर्ने भन्ने बारेमा स्पष्ट पार्दै बद्लिदो ...
योग र ध्यानमा देखिने छ तत्कालै यि भिन्न अनुभव

योग र ध्यानमा देखिने छ तत्कालै यि भिन्न अनुभव

Featured, समाज, स्वास्थ्य
तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ । हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्वलाई हामीले भुल्दै गएका छौं । जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो । योगको सुत्रधार महर्षि पतञ्जलीलाई मानिन्छ। उनले योग अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौं शताब्दीअघि जन्मिएको मत पनि पाइन्छ । उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् । विज्ञहरू भन्छन्, योग ब्रह्...
बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि रौतहटमा बाढीको त्रास

बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि रौतहटमा बाढीको त्रास

समाचार, समाज
बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि नदी किनारका बस्तीमा बाढीको त्रास बढेको छ । असारको पहिलो हप्तामै आएको बाढीले रौतहटको बौद्धिमाई नगरपालिका ३ मा बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि आधा दर्जनभन्दा बढी गाउँमा त्रास देखिएको हो। तटबन्ध भत्किँदा बौद्धिमाई नगरपालिकाको इनरबारी, इनरबा र मटिअर्वा, परोहा नगरपालिकाको तेजापाकड, लौकाहा, डमार पोखरिया तथा राजपुर नगरपालिकाको राजपुर, अकोलवा, बैरियालगायतको गाउँ डुबानमा पर्ने खतरा रहेको परोहा नपाका मेयर शेख वकिलको भनाइ छ। बाढीले तटबन्ध भत्काउँदा जनधनको क्षति हुने खतरा रहनुका साथै स्थानीय सडक सञ्जाललाई पनि ध्वस्त बनाउने गरेको मेयर वकिलको भनाइ छ । कैयौँ गाउँका किसानको खेतको बालीनालीमा पनि बाढीले गम्भीर असर गर्ने गरेको छ। गत वर्षको बाढीले बकैया नदीको तटबन्ध कटहरिया, देवाही गोनाही, बौद्धिमाई नगरपालिकाको दर्जनौँ ठाउँमा भत्काएको थियो । गत वर्ष भत्काएको ठ...
प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

Featured, शिक्षा, समाचार, समाज
काठमाडौँ — प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या ९पीके० क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् । जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षाआर्जन गरेकी थिइन् । २००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेका थिए । त्यसपछ...
शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित,संक्रमितको ८६०५ संख्या पुग्यो

शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित,संक्रमितको ८६०५ संख्या पुग्यो

समाचार, समाज, स्वास्थ्य
शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्। गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्। शुक्रबारसम्म नेपालमा आठ हजार दुई सय ७४ कोरोनाका विरामी थिए। ...